मानिसहरु अस्पतालमा जन्मिन्छन्। बिरामी पर्दा बेलाबेलामा अस्पतालमा जान्छन् र मर्न वा मरेको घोषणा हुन पनि अस्पताल नै पुग्छन्। बेलाबेलामा अस्पतालले छुट्टि दिन्छ, त्यो बेलामा मानिसहरु के मात्र गर्दैनन्। केही वर्ष र महिना अस्पतालले छुट्टी दिनासाथ मानिसले बाहिर आएर उपद्रो गर्न सुरु गरिहाल्छ।
खान नहुने कुरा खान्छ, गर्न नहुने काम गर्छ, जान नहुने ठाउँमा जान्छ। अनि विरामी पर्छन् र फेरि अस्पताल हाजिर हुन्छ। मानिसहरु अनावश्यक धेरै खाएर विरामी पर्छन्। चाहे पेटलाई हानी गर्ने खाना हुन् वा दिमागलाई हानी गर्ने खाना होस् अथवा घुस नै किन नहोस्। अरु मानिसलाई दुःख दिने काम गर्छन्। अनि अनेक रोग देखा पर्छन् तब त फेरि अस्पताल नपुगी सुखै छैन। अस्पतालले केही समयका लागि बिदा दिएको कुरा मानिसले बिर्सन्छन् अनि दुःख पाउँछन्। अस्तपातल बसिन्जेल हतेरिका यस्तो म गर्दिन भनेर योजना बनाउँछन्। अब यस्तो यस्तो मात्र गर्छु भनेर योजना बनाउँछन्। जब अस्तपालले छुट्टी दिन्छ मानिसले ती सबै बिर्सन्छन् अनि फेरि अस्तपाल छिटै जाने काम गर्न थाल्छन्।
(अस्पतालले छुट्टी दिएका बेला यति भए पनि लेखीहालम्न त। के थाहा कुन दिन अस्पतालले बोलाउने हो। हुन त नेपालमा अहिले भएका धेरै हामी अस्पतालमा नजिन्मेका छम् तर पनि अस्पतालमा जन्मेकाहरु बढ्दैछन्।)
No comments:
Post a Comment
Please leave your comment here