Sunday, July 29, 2012

सुरुमै आश मार्दिने पुलिस

‎'कुनै दम्पतिको चार जना केटाकेटी मध्ये एक जनाले भान्सामा राखेको स्याउ चोरेर खाए त उसले नभनेसम्म त्यो कुरा पत्ता लगाउन सकिदैंन भने महानगरको कुनै निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला?' काठमाडौंमा अपराध हुन नदिने र भए नि पत्ता लाउने जिम्मा पाको महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकामा टाँसिएको यो सूचना देखेर प्रहरीमा उजुरी गर्न ग'का कोहीकोही उजुरी नै नगरी फर्केका छन् कि छैनन् होला ? सुरुमै अपराधी पत्ता लाग्ने आशा मार्दिने रछ पो पुलिसले। (Photo: Rabindra Singh Baniya)

Friday, July 27, 2012

तिर गलत ठाउँमा

हुन त उनीहरु एकदुईटा बोर्डिङमा तोडफोड र तिनका बस जलाएपछि अरुलाई तर्साएर चन्दा माग्ने सुरमा होलान् तर पनि यसो सोचेर ल्याउँदा यो ड्यास क्रान्तिकारी विद्यार्थीको तिर यसपटक ठीक ठाउँमा लागेन। उच्च माध्यमिक विद्यालयमाथि आक्रमणको साटो, अहिले तिनले भुपूहरुलाई घर, गाडी, कर्मचारी सुविधा दिने अध्यादेशविरुद्ध तिर सोझ्याएको भए निशाना ठीक ठाउँमा लाग्छहोला। आफू त सर्वजन हिताय वाला परियो, तिनकै भलाईका लागि भन्दिया हो...

Thursday, July 26, 2012

जोशीले किताब बेचेरै ३१ लाख कमाए रे

गोविन्दराज जोशीले सम्पति विबरण बुझाउँदा किताबबाट ३० लाख ८७ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको भन्यारहेछन्। यिनको कुरा पत्याउने हो भने त नेपाली भाषामा लेखेरै मात्र सबैभन्दा धेरै कमाउनेमा यिनै पर्नेरहेछन् कि के हो? अख्तियारले पनि हिसाब गर्न झ्याउ मानेर होला २ लाख रुपैयाँ सम्म किताब बेचेर कमाए होलान् भन्दिएछ। जोशीले किताब बेचेर धेरै कमाको भए २० हजार होला। दुई लाख पनि म त पत्याउँदिन।

Wednesday, July 25, 2012

नयाँ किनेको गाडी पुरानो परेछ

कति माइक्राँ हिड्ने आफ्नो मात्र कुरा गर्ने कहिलेकाहीँ गाडीवालाहरुको पनि कुरा गर्दिउँ न त। 'अफर' ला'को बेला सोरुममा गएर नयाँ हुन्डाईको I 20 भन्ने गाडी किनेछन् बिकु नारायण चौकामीले। दुई/तीन महिना चलाएपछि थाहा पाएछन्, गाडी त डेन्टिङ/पेन्टिङ गरेर नयाँ बनाएको रहेछ, आजको अँग्रेजी पत्रिका रिपब्लिकामा समाचार छ । संसारकै 'सोझा जाति' नेपाली; किन्न मात्र होइन बेच्ने पनि...

Tuesday, July 24, 2012

ट्राफिकको जरिवाना किन GLOBAL IME मा?

पुराना, ठूला अनि सरकारी थुप्रा बैंक हुँदाहुँदै पनि ट्राफिकले जरिवाना तिर्नलागि भक्तपुर जिल्लामा शाखै नभएको GLOBAL IME बैक किन छानेहोलान् भन्ने त लागिरहेकै थियो। आज बल्ल थाहा पाइयो। त्यो बैकका सञ्चालक, ट्राफिक जरिवानाको पैसा कहाँ जम्मा गर्ने भन्ने निर्णय गर्ने नेपाल राष्ट्र बैंकका अधिकारीका छोरीज्वाईं रहेछन् अनि बैंक सञ्चालक पनि निर्णय गर्ने पनि माउवादी निकट पनि हुन् रे।

भन्नेको सुरमा लाग्दा प्रचण्ड

अब भाको एउटा छोराले छाडेर हिडिगएँ। सरकारले उपहार दे'को गाडी र अनेक उपाए लगा'र ले'को लाजिम्पाटको घर नि छाडेर साधारण घरमा सर्ने हुनुभ'छ। केही गरे सुख छैन प्रचण्ड जी, कस्तो नुबझेको तपाईंले। तपाइले जापानी गाडी प्राडो सरकारलाई फिर्ता दिएर भारतीय स्कोर्पियो वा बोलेरो चढेर हिडें नि तपाईलाई अब फेरि विरोधीहरुले भन्नेछन् 'देख्यौ! भारतको अगाडि कतिसम्म नतमस्तक भने गाडी पनि भारतीय चढ्यो।'

Monday, July 23, 2012

फिर्ता पठाउनुपर्ने अध्यादेश पठाउनु छैन

आँफू चाहिँ बहालवाला हुँदा 'मुस्ताङ' चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व भएका प्रधानमन्त्री, मन्त्रीहरुलाई प्राडो/पजेरो, घर, पिए सुविधा गरी एकै महिनामै ५० औं लाख राज्यबाट दिने कानून बनाइसके। एकदेखि तीन महिना मात्र मन्त्री भएकाले मात्र होइन एकपटक न्यायाधीश भएकाले नि त्यो सहुलियत पाउनेछन्। पूर्ण बजेट अध्यादेशबाट स्वीकृत गर्न सबै दलको सहमति चाहिन्छ भन्ने राष्ट्रपति रामवरण यादवलाई पनि पूर्वहरुलाई सुविधा दिने अध्यादेश पारित गर्न कसैको सहमति चाहिँदो रहेनछ। बारम्बार अध्यादेश ल्याउनु राम्रो होइन भन्ने राष्ट्रपतिले कम्तीमा भूतपूर्व पदाधिकारीलाई सुबिधा दिने अध्यादेश फिर्ता पठाइदिन सके बल्ल पो बोलेको कुरा गतिलो हुन्थ्यो।

Saturday, July 21, 2012

गोलीबाट मुक्का र कुर्चीमा झरेको पो

‎'पहिले गोली पो हान्ने हुम् त, अहिले मुक्का र कुर्ची मात्रै हानाहान गर्दा किन आत्तिएको' माओवादी अध्यक्ष प्रचण्ड र प्रम बाबुराम भट्टराईमाथि नै ठूला साना नेता/कार्यकर्ताको हात बजारियो रे नि भन्ने पत्रकारको प्रश्नमा विस्तारित बैठकमा सहभागी हुन आएका एक माओवादी कार्यकर्ताले दिएको जवाफ।

पूर्वहरु भिसा नलिइकन विदेश

अस्ति नै पूर्व नहुँदै मन्त्री लोकेन्द्र विष्ट भिसा नलिइकन जर्मनी उड्दा (युएई)को राजधानी अबुधाबीको एयरपोर्टमा एक दिन बसेका थिए। अहिले पूर्व राजा ज्ञानेन्द्र पनि दोहामा दुई दिन बस्ने योजना बनाएर फ्रान्स जाँदा पनि फेरि भिसा नलिइकन कतार पुगेछन्। के विघ्न ह्याउ बढेको हो नेपालीको... भिसा नलिइ/नलिइकन विदेश जान आँट भएका?

Friday, July 20, 2012

नेपालमा जहाँ रोड राम्रो त्यहाँ धेरै दुर्घटना

'साझा सवाल' मा देशमा सडक दुर्घटना किन बढेको भनेर कार्यक्रम गरेको। एकजना विश्लेषकले भने, 'हाम्रोमा जहाँ जहाँ पक्की र राम्रो रोड छ त्यहाँ त्यहाँ दुर्घटना धेरै भएको रेकर्ड मैले अनुसन्धानबाट पाएँ।' सरकारलाई यस्तो विश्लेषण सुनाउँदा रहेछन् र पो हाम्रो रोडको गति यस्तो हुँदोरहेछ।

Thursday, July 19, 2012

'हाइवे' नहेरे त सोसाइटीमा परिन्न जस्तो भो



कोही कोही साथीहरुले आफू पनि तीन सेकेन्ड देखिएको फिलिम भनेर यसले प्रचारका लागि यस्तो लेख्यो भनेर आरोप नि लगाउलान्। तर सत्य कुरा के भो भने, यो 'हाइवे' भन्ने फिलिमको यति साह्रै प्रचार गरे कि त्यो हेरिएन भने त 'सोसाइटी'मा नपरिएला पो भन्ने डर भो।

Tuesday, July 17, 2012

पार्टीको नाम विदेशी राखे हुन्छ?

मन थाम्नै नसकेर कार्टुनिस्ट राजेश केसीको कार्टुन उनको फेसबुक वालबाट चोरेर यता आफ्नो ब्लगमा ल्याइयो। कलेजको नाम पो विदेशी राख्यो भने विद्यार्थीले तोडफोड गर्दिन्छन्। पार्टीको नाम विदेशी राख्दा कसले तोडफोड गर्ने? पार्टीको नामहरु कि छ नेपाली Congress, नेपाल Communist पार्टी Marxist, Leninist, Maoist, मधेशी जनअधिकार Forum। 
त्यसैले कलेजको नाम हो विदेशी राख्न नपाइने पार्टीको नाम त विदेशी राख्न भइहाल्छ नि....