Tuesday, July 24, 2012

भन्नेको सुरमा लाग्दा प्रचण्ड

अब भाको एउटा छोराले छाडेर हिडिगएँ। सरकारले उपहार दे'को गाडी र अनेक उपाए लगा'र ले'को लाजिम्पाटको घर नि छाडेर साधारण घरमा सर्ने हुनुभ'छ। केही गरे सुख छैन प्रचण्ड जी, कस्तो नुबझेको तपाईंले। तपाइले जापानी गाडी प्राडो सरकारलाई फिर्ता दिएर भारतीय स्कोर्पियो वा बोलेरो चढेर हिडें नि तपाईलाई अब फेरि विरोधीहरुले भन्नेछन् 'देख्यौ! भारतको अगाडि कतिसम्म नतमस्तक भने गाडी पनि भारतीय चढ्यो।'
मान्छेका कुरा सुन्दा सुन्दै गधा बोकेर हिड्ने बाउछोराको कथा जस्तो हुन्छ यस्तो तालले।
यो कथा तपाइले सुनिसक्नुभएको होला। तर फेरि पनि यहाँ लेखिहालम् आखिर लोककथा पनि हो।


एक पल्ट बाबु छोरा आफ्नो गधालाई डोर्‍याउँदै बजारतिर जाँदै थिए। गधालाई रित्तै देखेर एक जना बटुवाले भनेछ, 'गधामाथि चढ्ने पो हो। किन दुई दुई जना भएर डोर्‍याउँदै हिंडेका होलान्।'


बटुवाको कुरा सुनेर बाबुले छोरालाई गधामाथि चढायो र आफू गधालाई डोर्‍याउँदै हिँड्न थाल्यो। एक छिन हिँडेपछि उनीहरूको फेरि अर्का मानिसलाई भेटे। उसले भनेछ, 'कस्तो केटो हो? बुढो बाबुलाई हिँडाएर आफू चाहिँ गधामाथि चढेको छ।'

अनि छोरा आफू ओर्लेर बाबुलाई गधामाथि चढाएर हिडेंछ। फेरि एकैछिनमा अर्को मानिससँग भेटेछ। त्यो मानिसले भनेछ, 'हतेरिका सानो केटालाई हिँडालेर बुढो बाबु गधामाथि चढिरहेको कस्तो मान्छे हो?'

बाबुले दिक्क मानेर छोरालाई पनि गधामा चढाएछ। दुबै जना गधामाथि चढेर बजारतिर जाँदै गर्दा अर्को बटुवाले देखेछ। एउटा गधामाथि दुई जना चढेको देखेर त्यो बटुवाले भनेछ, 'दुईदुई जना लाठे चढेर बिचरा गधालाई हेर त, कस्तो सास्ती दिएको। गधा त हिड्न पनि नसक्ने भइसकेको रहेछ। बरु अहिले गधालाई एकछिन बोक्नु नि।'

यो कुरा सुनेर बाबु छोरा गधाबाट ओर्ले र गधालाई पो बोक्न थालेछन्। त्यसपछि झन् बटुवाले के के भने होलान्। त्यसैले प्रचण्ड जी भन्नेले के के भन्दै जान्छन् तिनका सुरमा लागेर के भइएला हउ।




No comments:

Post a Comment

Please leave your comment here