अब फेरि सोसाइटीमा पर्नका लागि ओस्कार पाका फिलिमका सिडी किन्न जान परो। 'जमाना कहाँ पुगिसक्यो' भन्नेलाई जवाफ दिनुपर्नेछ - जमाना जहाँ पुगेको भनिए पनि संवादरहित व्ल्याक एन्ड व्हाइट फिल्म 'दी आर्टिस्ट'ले जित्यो त ओस्कार। आखिर हजुर्बा-हजुरआमाको पालो फर्किएन त...
Tuesday, February 28, 2012
Monday, February 27, 2012
बबरमहल विष्फोट
बबरमहल विष्फोटमा परी मृत्युहुनेहरु कोही कुनै राजनीतिक दलसँग सम्बन्धित नभएर त होला नि अहिलेसम्म कसैले उनीहरुलाई शहीद बनाउनुपर्छ र उनका आफन्तलाई १० लाख राहत स्वरुप उपलब्ध गराउनुपर्छ भनेर माग नगरेको। सरकार! तुरुन्त विष्फोटमा मारिनेका आफन्त र उपचाररत घाइतेहरुका लागि राहत, क्षतिपूर्तिको व्यवस्था गर।
पशुपतिनाथको डमीलाई भारततिर घुमाउने कि?
तिरुपति भगवानलाई हिजो खुलामञ्चमा दर्शन गर्ने वा गर्न नपाउने कतिले घराँ टेन्सन दिइसके होलान् अब असली तिरुपतिको दर्शन गर्न भारतै जान पर्यो भनेर। भगवान पनि भारतबाटै आयात गर्नेहरुले बरु हाम्रो पशुपतिनाथको डमीलाई नि भारततिर लगेर डुलाए हुने नि अलिक टुरिस्ट बढ्थे कि...
चोरलाई चौतारी, साधुलाई सुली
ई, हेल्मेट नलाइकन मोटरसाइकल चलाएका एमाले कार्यकर्तालाई पक्रिँदा माफी माग्न परो भनी राजिनामाको घोषणा गरेका दाङका ट्राफिक प्रहरीलाई पो कारबाही गर्ने परिपत्र गरे्छ त प्रहरी केन्द्रीय कार्यालयले। हुन त तिनै ट्राफिक प्रहरीलाई कारबाही नगरे कसरी पो चोरलाई चौतारी, साधुलाई सुली भन्ने हाम्रो उखान प्रमाणित हुन्थ्यो र....
Sunday, February 26, 2012
हिसाब बराबर
मोरङ पथरीबाट विदेश गएका जीतबहादुर दर्नालकी श्रीमती दीपक नेपालीले उडाइदिएछन्। विदेशबाट फर्किएर जीतबहादुरले आफ्नै श्रीमती भगाउने जारको श्रीमतीसँग बिहे गरेछन् । (गोरखापत्रको समाचार) बराबर, हिसाब बराबर भनेको त यस्तो पो हो।
Thursday, February 23, 2012
माग पश्चिमको बन्द पूर्वमा
मध्य र सुदर पश्चिमतिर खसान राज्यको माग गर्दै क्षेत्रीहरुले पूर्वाञ्चलमा तीन दिने बन्द गरिरहेका छन्। माग पश्चिमतिर... बन्द किन पूर्वमा गर्या भनेर एक जना क्षेत्रीलाई सोध्या, 'पश्चिममा क्षेत्री धेरै छन्, त्यता बन्दा गर्दा आफ्नैलाई दुःख हुन्छ त्यही भएर पूर्वतिर बन्द गर्या' रे। यस्तै चालले हो भने कुन दिन काठमाडौंमा नेवा राज्यको माग गर्दै कर्णाली महाकाली अञ्चल बन्द हुने हो यो देशमा...
Sunday, February 19, 2012
गाउँ तब बजार बन्छ जब कोरियन इन्स्टिच्युट थपिन्छ
देशको विभिन्न जिल्लाका गाउँ/बजार घुम्दै गर्दा मैले फेला पारेको एउटा नयाँ तथ्य। नेपालको कुनै पनि ठाउँ बजार हो कि होइन भनेर जाँच्ने एउटा नयाँ मापक विकास भएको रहेछ। जुनकुनै गाउँ तब मात्र बजार/शहर बन्छ जब त्यहाँ कोरियन भाषा सिकाउने एउटा इन्स्टिच्युट पनि थपिन्छ।
Saturday, February 18, 2012
को आदिवासी / कस्को राज्य ?
(यो सामाग्री मेरो जिमेलमा पहिलोपटक नचिनेका मानिसले पठाएका थिए, त्यसपछि अरुले पनि पठाए। यी साँच्चै मानिसको जीवनमा परेरै लेखेको हो कि होइन भन्नेमा चाहिँ शंका छ।)
शेर्पिनी आमा र क्षेत्री बाउको कोखमा जन्मेर, पल्लो किरात हुदै सर्लाहीको लालबन्दीमा बाआमाले चलाएको टहरोको होटलमा भात बेच्न सहयोग गर्दै हुर्के म । नाईट बसको पछि लागेर पूर्वतिर ओहोरदोहोर गर्दागर्दै इटहरीमा होटेल गर्ने बान्तबा राई कि छोरी मन पर्यो र तिनीसँगै घरजम गरियो।
सुने अनुसार मेरा आमातिरका पुर्खा तिब्बत तिरबाट सय बर्ष जति अघि हिमाल काटेर नेपाल भित्रिएका हुन रे। बा तिरका भने कर्णाली तिरबाट ६-७ सय बर्ष पहिले भैसी चराउदै पूर्वतिर आएका हुन रे। मेरो शरीरमा यी दुबैको रगत छ र आफ्ना पुर्खा प्रति गर्व छ।
शेर्पिनी आमा र क्षेत्री बाउको कोखमा जन्मेर, पल्लो किरात हुदै सर्लाहीको लालबन्दीमा बाआमाले चलाएको टहरोको होटलमा भात बेच्न सहयोग गर्दै हुर्के म । नाईट बसको पछि लागेर पूर्वतिर ओहोरदोहोर गर्दागर्दै इटहरीमा होटेल गर्ने बान्तबा राई कि छोरी मन पर्यो र तिनीसँगै घरजम गरियो।
सुने अनुसार मेरा आमातिरका पुर्खा तिब्बत तिरबाट सय बर्ष जति अघि हिमाल काटेर नेपाल भित्रिएका हुन रे। बा तिरका भने कर्णाली तिरबाट ६-७ सय बर्ष पहिले भैसी चराउदै पूर्वतिर आएका हुन रे। मेरो शरीरमा यी दुबैको रगत छ र आफ्ना पुर्खा प्रति गर्व छ।
Tuesday, February 14, 2012
घरका प्रहरीले पक्डिहाल्छन्
मदिरा सेवन गरी गाडी चलाउनेलाई प्रहरीले पहिले पहिले त सुँघेरै एकदिन मामा घर लगेर छाडिदिन्थ्यो। आजभोलि चाहिँ ब्रेथलाइजरको प्रयोग गरेर रक्सी खाको नखाको पत्ता लगाउने गर्याछ। तर एक जना जड्याहाँलाई उनको प्रहरी साथीले भन्या रे, मदिरा सेबनपछि प्याजको एक टुक्रा चपाइदियो भने त्यो ब्रेथलाइजरले केही नाप्दैन रे। कस्तो पुलिस परेछ बा फसाउनलाई भन्या हो ? हो कि नाई....
यहाँ कसको विश्वास
'मन्त्री जेल कुरिरहेका छन् (त्यो बेलामा चिरन्जिवी वाग्ले पछि जेपी गुप्ता पनि) , आइजीपी भ्रष्टाचार मुद्दा खेपिरहेका छन्, सभासद् अपहरण गरिरहेका छन्' प्रधानमन्त्री बाबुराम भट्टराई नै देशमा कसैले कसैलाई विश्वासै गर्न नसक्नेगरी विकृत बन्दै गएको बताएका बेलामा के को भ्यालेन्टाइन् डे ? यहाँ कसको विश्वास...
Wednesday, February 8, 2012
भ्यालेन्टाइन डे थाहा होला नि
हिजो साँझ बाटो हिँड्दै गर्दा सुनेको संवाद : 'श्रीपञ्चमी कहिले थियो र ?' छोरीले आमालाई सोधिन्। आमाले फर्काइन्, 'तँलाई श्रीपञ्चमीको के चासो, भ्यालेन्टाइन डे थाहा होला नि।'
धन्न बाउ त्यहाँ थिएनन् होला नभए तँलाई शहीद दीवस कहिले भन्ने पनि थाहा छैन भनेर छोरीलाई भन्दा हुन्।
धन्न बाउ त्यहाँ थिएनन् होला नभए तँलाई शहीद दीवस कहिले भन्ने पनि थाहा छैन भनेर छोरीलाई भन्दा हुन्।
Subscribe to:
Posts (Atom)