(यो सामाग्री मेरो जिमेलमा पहिलोपटक नचिनेका मानिसले पठाएका थिए, त्यसपछि अरुले पनि पठाए। यी साँच्चै मानिसको जीवनमा परेरै लेखेको हो कि होइन भन्नेमा चाहिँ शंका छ।)
शेर्पिनी आमा र क्षेत्री बाउको कोखमा जन्मेर, पल्लो किरात हुदै सर्लाहीको लालबन्दीमा बाआमाले चलाएको टहरोको होटलमा भात बेच्न सहयोग गर्दै हुर्के म । नाईट बसको पछि लागेर पूर्वतिर ओहोरदोहोर गर्दागर्दै इटहरीमा होटेल गर्ने बान्तबा राई कि छोरी मन पर्यो र तिनीसँगै घरजम गरियो।
सुने अनुसार मेरा आमातिरका पुर्खा तिब्बत तिरबाट सय बर्ष जति अघि हिमाल काटेर नेपाल भित्रिएका हुन रे। बा तिरका भने कर्णाली तिरबाट ६-७ सय बर्ष पहिले भैसी चराउदै पूर्वतिर आएका हुन रे। मेरो शरीरमा यी दुबैको रगत छ र आफ्ना पुर्खा प्रति गर्व छ।
पढाई र रोजगारीको अवसरको खोजी गर्दै काठमाण्डौमा आएका हामी, मेरो एउटा सानो जागिर र बुढीको तरकारी पसलेको कमाईले यो महगो शहरमा दुःखले डेराको जिन्दगी बिताउदै छम।
अहिले संबिधान बनाउने र राज्य बाडने कुरा पत्रिकामा पढदा हाम्रा मनमा आएका केही कुरा यहाँहरुसँग सोध्न मन लाग्यो- हामी को हौ? आदिवासी र जनजाति छुट्टाउने आधारहरु के के हुन?
यदी मातृ भाषाको आधारमा भन्ने हो भने मेरो मातृ भाषा शेर्पा हो । मैले तोते बोली शेर्पा मै बोले। बिबाह पछि बान्तबा राई भाषा पनि सिकियो। हाम्रा केटाकेटी भने घरमा नेपाली बोल्छन र सस्तो अग्रेजी बोडिङमा पढ्छन।
यदी जीव बिज्ञानको आधारमा भन्ने हो भने म शेर्पिनी को छोरो र राईनीको बुढो हुम? म र मेरा बा कसरी आदिवासी होइनौ?
यदि खानपिनको आधारमा भन्ने हो भने मेरो घरमा पनि "सप्पै" चल्छ ।
यदि अनुहारकै आधारमा भन्ने हो भने मेरी आमालाई चिन्ने जति सबैले मेरो अनुहार आमाको जस्तै छ भन्छन। हाम्री छोरी पनि आफ्नै आमा जस्ती छ र हाम्रो छोरो मेरो शेर्पा मामा जस्तो।
यदि गरिबी र दुखको आधारमा भन्ने हो हामी सारा पुस्ताले दुई छाक जुटाउन जिबन भर संधर्ष गरिरहेका छौ। २०६३ को तराईको हुलदंगा ताका होटल बन्द गरेर बाआमा भोक भोकै मामाघर पुगेका थिए।
हैन कुनै बिदेशीको प्रोजेक्ट र गोरा साहेवले टिका लगाई दिएको आधारले भन्ने हो मलाई पनि टिका लगाई देउ भनेर कहाँ संपर्क गरौ ?
होईन भने, मेरो सालोले नयाँ संविधानमा राज्य पाउने, मेरा मामाका सन्तानले जागिर खान कोटा पाउने, मेरो लालबन्दीको घरधनी जमिन्दार झाले सेनामा आरक्षण पाउने र मेरा काठमाडौ बुद्दनगरका घरभेटी सुन व्यापारी तुलाधरका छोराले सरकारी छात्रबृतिमा कोटा पाउने। अनि म गरिब बाउको बच्चोले थर कै कारण बिभेद सहनु पर्ने? बलजफ्ती कागजमा लेख्दैमा हुन्च र?
हुन त गरिबका आशाका दिन गए कै हुन कि जस्तो लाग्छ। तै पनि मेरा पुर्खाको योगदान यो माटोका लागि कसैको भन्दा कमी छैन।
आई एल ओ को कुरा धाराले हामी गरीवलाई शासक हौ भनेको छ? के हो आदिबासी र जनजातिको परिभाषा? के हो यसको छुट्टाउने आधार? कसैले व्याख्या गरिदिनु भयो भने आभारी हुने थिए।
लोक बहादुर खडका
लालबन्दी सर्लाही
हाल बुद्दनगर काठमाडू

No comments:
Post a Comment
Please leave your comment here