Tuesday, February 14, 2012

घरका प्रहरीले पक्डिहाल्छन्

मदिरा सेवन गरी गाडी चलाउनेलाई प्रहरीले पहिले पहिले त सुँघेरै एकदिन मामा घर लगेर छाडिदिन्थ्यो। आजभोलि चाहिँ ब्रेथलाइजरको प्रयोग गरेर रक्सी खाको नखाको पत्ता लगाउने गर्याछ। तर एक जना जड्याहाँलाई उनको प्रहरी साथीले भन्या रे, मदिरा सेबनपछि प्याजको एक टुक्रा चपाइदियो भने त्यो ब्रेथलाइजरले केही नाप्दैन रे। कस्तो पुलिस परेछ बा फसाउनलाई भन्या हो ? हो कि नाई....


जड्याहाँहरुले प्रहरीले थाहा नपाउने अन्य विधि पनि सुनाउछन्। कसैले भन्छन् चियापत्ती खायो भने पत्ता लगाउँदैन। कसैले भन्छन् पुदिनहराको ट्याबलेट खायो भने थाहा पाउँदैन। कसैले अम्बाको पात चपाए पनि थाहा नपाउने बताउँछन्। तर यी सबै कुरा झुटा हुन् जस्तो लाग्छ मलाई त। मान्छेहरुले आत्मसन्तुष्टिका लागि मात्र भए पनि यस्ता कुरा भन्छन्। प्रहरीले जे गरे पनि घरका प्रहरीले पक्डिहाल्छन् त। 

No comments:

Post a Comment

Please leave your comment here