Sunday, February 19, 2012

गाउँ तब बजार बन्छ जब कोरियन इन्स्टिच्युट थपिन्छ

देशको विभिन्न जिल्लाका गाउँ/बजार घुम्दै गर्दा मैले फेला पारेको एउटा नयाँ तथ्य। नेपालको कुनै पनि ठाउँ बजार हो कि होइन भनेर जाँच्ने एउटा नयाँ मापक विकास भएको रहेछ। जुनकुनै गाउँ तब मात्र बजार/शहर बन्छ जब त्यहाँ कोरियन भाषा सिकाउने एउटा इन्स्टिच्युट पनि थपिन्छ।
अनि एउटा सहकारी पनि बजारमा खुल्नै पर्दोरहेछ।

(Nov 8,2011 को पोस्ट : गाउँमा पसल खुल्ने क्रम )
कामको सिलसिला, घुम्न वा घर मै जाँदा होस मलाई गाउँ नगई हुँदैन। गाउँ जाँदा पहिले भन्दा आजभोलि गाउँमा धेरै पसल खुलेको देखिन्छ। मैले गाउँघर डुल्दै गर्दा के क्रमले पसल खुल्छन् होला भनेर यसो विचार गरें अनि पत्ता लगाएको कुरा यही हो।

1) पहिलो पसल चुरोट र रक्सीको खुल्छ। जहाँ नुन, तेल, मसला र प्याज पनि पाइन्छ।
2) दोस्रो पसल भन्ने कि होटल भन्ने चाउमिन र सुकुटीको भाको खुल्छ। जहाँ चना र समोसा पनि हुन्छ।
3) तेस्रो पसल मासुको खुल्छ।
4) अनि चौथो पसल हुन्छ ब्युटी पार्लरको।
5) अनि ती सबै पसलमा मोबाइलको रिचार्ज कार्ड पाइन्छ भनेर लेखेको पनि हुन्छ।



No comments:

Post a Comment

Please leave your comment here