'राष्ट्रपतिको उम्मेदवार हुन कति उमेर चाहिने गराए कुन्नि?' एक जनाले सोधेका। पहिलो प्रत्यक्ष राष्ट्रपतिको उम्मेदवार हुन मन छ अरे हारेपनि। यसो सोचिरहेको, जो पनि उम्मेदवार हुन पाउने अवस्थामा कति लामो हुन्छ होला राष्ट्रपतिको मतपत्र। देशभरीमा मिनिममै पाँच सय जना त राष्ट्रपतिको उम्मेदवार हुन खोज्लान् नि।
Friday, May 18, 2012
Tuesday, May 15, 2012
फेसबुकमा मेरिज एनिभर्सरी विज्ञापन
मान्छेहरुलाई जन्मदिनको शुभकामनाले मात्र नपुगेर हो कि के हो कुन्नि आजभोलि फेसबुकमा श्रीमान्/श्रीमतीको बिहेको फोटो राखेर हाम्रो बिहे भएको यति वर्ष भयो भनेर लेख्ने चलन बढ्या जस्तो लाइराच। कुन दिन जुकरवर्गले फेसबुकको दाइने कुनामा बर्थडे सँगसँगै मेरिज एनिभर्सरी डे पनि राख्दिन्छन् भन्ने हाम्लाई लाइराछ...
कत्रा ढुङ्गा हुन् खानामा?
कत्रा ढुङ्गा हुन् खानामा? शहरमा मान्छेले चामलमा हाल्ने सेता ढुङ्गा र दालमा हाल्ने दालको रङ अनुसारको कालो/रातो ढुङ्गा- माटोको कारखाना नै खोलेर पनि व्यापार गर्छन् कि के हो? ...दाँत धन्नै भाँचिएन।
प्रदेशको राजधानीका लागि कति मारमुङ्ग्री पर्ने होला?
एउटा अस्पताल होस् कि विश्वविद्यालय वा रंगशाला नै किन नहोस् कुनै क्षेत्रमा पर्दा त यो र त्यो ठाउँमा भन्नेमा बिबाद गरी बन्द प्रदर्शन हडताल आयोजना गरेर दुई चार जनाले ज्यान फाल्ने हामीहरुलाई भोलिपर्सी साँच्चै राज्य बाँडेर दिए भने यो ठाउँमा र त्यो ठाउँमा राजधानी चाहियो भनेर कति जनाले ज्यान फालिन्छ होला ? आजभोलि वीरगञ्ज र विराटनगर मा त प्रादेशिक राजधानी चाहियो भनेर आन्दोलन हुन थालिसक्यो।
अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।
अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।
Sunday, May 13, 2012
सञ्चार माध्यममा विभत्स भिडियो र फोटो
जापानमा पोहोर आएको सामुन्द्रिक आँधीले २० हजार भन्दा धेरैको ज्यान गयो तर कुनै पनि जापानी मिडियाले एउटा पनि शव देखाएन रे। हाम्रोमा हिमपहिरोपछि सेती नदीमा आएको बाढीबाट मृत्यु हुनेको ३० जना जतिको शब भेटिएको छ। तर फेसबुक, वेवसाइट र टिभीमा शब देखाउनेकै होड छ।
प्राकृतिक विपद्मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।
प्राकृतिक विपद्मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।
उपप्रधानमन्त्री मण्डल
माओवादीका नारायणकाजी, मधेशी मोर्चाका गच्छदार र काँग्रेसका सिटौला उपप्रधानमन्त्री भइसके। अहिले घुर्क्याए नि एमाले सरकारमा गए भने उप प्रधानमन्त्री चार जनाको हुने पक्कै भो। अझ साना दलहरु पनि सरकारमा जाने भए भने पाँच जना उपप्रधानमन्त्री हुने भए। दलहरुले सहमतिको मन्त्रिमण्डल होइन उपप्रधानमन्त्रिमण्डल पो बनाउने सहमति गरेका रैछन् क्याहो ?
सजिलै पेट्रोल
अफिस आउनासाथ हानिदैं कोठाँ आएर साथीले सुरुमै पत्रिका मागे र राशीफल हेरे, किन हो भनेर सोधेको आज लाइनमा नबसी पेट्रोल पाए रे। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...
Thursday, May 10, 2012
काठमाडौं बाहिरको नेपाल हैन?
यी कुटनीतिक नियोगकाहरुलाई पनि काठमाडौं मात्र नेपाल लाग्दो रहेछ कि के हो? एक दिन कसैले काठमाडौं बन्द आव्हान गर्दा भिसा बन्दसम्मको ध्वाँस दिनेहरुले १५ दिनदेखि सुदुरपश्चिम बन्द छ, पूर्व पनि चार दिनदेखि बन्द छ। जेठ १४ सम्म अझ बढ्दै जाँदा कति कति दिन काँ काँ बन्द हुने हो। चुँइक्क क्यै बोलेका छैनन् त...
Sunday, May 6, 2012
मिस नेपाल पनि मध्य रातमा
सप्पै महत्वपूर्ण घोषणा र सहमति मध्यरातमै गर्ने राजनीतिक नेताहरुको बानीबाट सिकेर होला मिस नेपाल आयोजकहरुले पनि यसपालीको मिस नेपालको घोषणा मध्यरातम मै गर्ने भएछन् । मिस नेपाल कार्यक्रम राती ८:३० बजे सुरु हुने भएपछि नतिजा त पक्कै मध्यरातमा मात्रै आउला।
Saturday, May 5, 2012
मन्त्री बन्न छाडेर संविधान
अबको तीन सात्रा भित्र दुई दुई वटा सरकार; अझ एउटा त एक वर्षभित्र चुनाव गराउने भनिएको र चुनाव हुने परिस्थिति नभए वर्षौं लम्बिने सरकार बन्ने सहमति भाको बेलामा देशका गिनेचुनेका नेताहरु मन्त्री बन्ने लाइनमा लाग्न छाडेर संविधान बनाउन तिर ध्यान देलान् र २०/२२ दिनभित्र संविधान बन्ला भनेर म जस्तै पत्याएर बस्नेहरु कति छौं होला?
Thursday, May 3, 2012
भारतीय राजदूत जी मन्त्रालय पनि भाग लगाइदिनुहोला
महामहिम भारतीय राजदूत जयन्त प्रसाद जी, सहमतिको सरकार र संविधान बनाउने दलहरुको बुधबारको शिर्षस्थ बैठकमा यहाँ सक्रीय हुनुहुन्थ्यो भन्ने समाचार विहीबारको कान्तिपुर दैनिकमा पढ्न पाइयो। अब कृपा गरेर यहाँले मन्त्रालय पनि भाग लगाइदिनुहोला नत्र फेरि कसलाई गृह, कसलाई अर्थ, कसलाई रक्षा भन्दै मन्त्रालयमै झगडा गरेर यिनीहरुले बाँकी २०/२२ दिन सकाइदिन्छन्। कस कसलाई कुन कुन मन्त्री/मन्त्रालय दिदाँ तपाइको हित हुन्छ त्यो तपाइलाई पनि थाहै छ र मह काढ्नेले हात चाट्छ भन्ने उखान हामीलाई पनि थाहा छ।
Wednesday, May 2, 2012
कसले फुक्यो नेताहरुको कान
चमत्कारिक रुपमा सहमतिको नजिक पुगेका भनेका दलहरु कतै संविधान जेठ १४ सम्म लेख्छन् कि जस्तो भाको थियो। फेरि नाटकीय रुपमा कताबाट सरकार फेर्ने राप आयो। दलहरु संविधान लेखन छाडेर सरकार फेर्ने र टिकाउने तिर केन्द्रीत हुन थाले झैं भाछ।
हात्तीवन रिसोर्टमा सात आठ प्रदेश र मिश्रीत शासकीय स्वरुपमा सहमत हुन तयार भनिएका प्रचण्ड कुनै अदृश्य शक्तिले गर्दा हो कि १० वा १४ प्रदेशतिरै र राष्ट्रपति प्रणालिमा फर्के।
अर्कातिर कुन अदृश्य शक्तिले गर्दा हो केपी ओली र रामचन्द्र पौडेलहरु संविधान छाडेर सरकार फेर्नतिर लागिरहेका छन्। कतै नेपालमा शान्ति पनि आउने भो संविधान पनि बन्ने भो भनेर अतालिएका कुनै अदृश्य शक्तिले माओवादी, काँग्रेस र एमालेलाई छुट्टाछुटै कान भरिदिएर ल्हासा जान कुतीको बाटो त देखाइरहेको छैन।
त्यो अदृश्य शक्तिले प्रचण्डलाई प्रदेशको संख्यामा सम्झौता गरे तपाइको पार्टीको पकड जनजातीमा गुम्छ र तपाई राष्ट्रपति त के अर्को चुनावमा एमालेको संविधानसभाको जस्तो हविगत हुनसक्छ भनिएको हुनसक्छ। काँग्रेस-एमालेलाई अहिल्यै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याए माओवादी फुट्छ र अर्को चुनावमा तिमीहरुको बहुमत आउँछ भनेर त्यही अदृश्य शक्तिले कान भरेको हुनसक्छ र त्यो शक्ति आफू भने जनकपुरमा वम विष्फोट गराएर मख्ख परिरहेको हुनसक्छ।
Subscribe to:
Posts (Atom)