Wednesday, May 2, 2012

कसले फुक्यो नेताहरुको कान


चमत्कारिक रुपमा सहमतिको नजिक पुगेका भनेका दलहरु कतै संविधान जेठ १४ सम्म लेख्छन् कि जस्तो भाको थियो। फेरि नाटकीय रुपमा कताबाट सरकार फेर्ने राप आयो। दलहरु संविधान लेखन छाडेर सरकार फेर्ने र टिकाउने तिर केन्द्रीत हुन थाले झैं भाछ।
हात्तीवन रिसोर्टमा सात आठ प्रदेश र मिश्रीत शासकीय स्वरुपमा सहमत हुन तयार भनिएका प्रचण्ड कुनै अदृश्य शक्तिले गर्दा हो कि १० वा १४ प्रदेशतिरै र राष्ट्रपति प्रणालिमा फर्के।
अर्कातिर कुन अदृश्य शक्तिले गर्दा हो केपी ओली र रामचन्द्र पौडेलहरु संविधान छाडेर सरकार फेर्नतिर लागिरहेका छन्। कतै नेपालमा शान्ति पनि आउने भो संविधान पनि बन्ने भो भनेर अतालिएका कुनै अदृश्य शक्तिले माओवादी, काँग्रेस र एमालेलाई छुट्टाछुटै कान भरिदिएर ल्हासा जान कुतीको बाटो त देखाइरहेको छैन।
त्यो अदृश्य शक्तिले प्रचण्डलाई प्रदेशको संख्यामा सम्झौता गरे तपाइको पार्टीको पकड जनजातीमा गुम्छ र तपाई राष्ट्रपति त के अर्को चुनावमा एमालेको संविधानसभाको जस्तो हविगत हुनसक्छ भनिएको हुनसक्छ। काँग्रेस-एमालेलाई अहिल्यै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याए माओवादी फुट्छ र अर्को चुनावमा तिमीहरुको बहुमत आउँछ भनेर त्यही अदृश्य शक्तिले कान भरेको हुनसक्छ र त्यो शक्ति आफू भने जनकपुरमा वम विष्फोट गराएर मख्ख परिरहेको हुनसक्छ।
  • 3 shares
    • Kiran Gyawali · Friends with Ujir Magar and 54 others
      few likes..
      22 hours ago · 
    • Banjade Ganesh Prasad दिपक सर्, हाम्रो देशका नेताहरु चिन्, भारत सँगको छलफलमा छन ति देशहरुको निर्ण्य बिना केहि हुँदैन भन्ने कुरा त हजुरलाई थाहा भएकै कुरा हो कुनै पनि इतिहास पनि यस्तै यस्तै भैराखेको कुरा जस्तो मलाई लाईरहछ ।
      22 hours ago · 
    • Yagya Shahi Malai pani testai lagdai thiyo, tapaile sahi tarikale rakhidinu bhayo!
      22 hours ago · 
    • Kedar Rimal · Friends with Kedar Sharma and 91 others
      Very true,Deepak sir,very true...................
      21 hours ago · 
    • Pramod Gautam ‎100% correct.
      21 hours ago via mobile · 
    • Sachchidanand Mishra बिशलेषण राम्रो छ तर के गर्ने जो सरकार आउँछ अदृश्य शक्तिलाई वोकेरै आउँछ।
      21 hours ago · 
    • Pratap Rana sathi ho aba sambidhan sabha hal ma sabai netahaur bhela bhayakao balama, sambidhan sabhako sabai dhoka band garnu par6 ra jabasaman sabai kura ma sahamati hundaina taba samma netaharulai pane pane dina hundaina balla sahamati hun6, yo kam pradhan senapati chatraman gurung lea garnu par6, hame sabailea bhannu par6.
      7 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here