Tuesday, September 27, 2011

साँच्चै किरा पर्ने भए

फोटो इकान्तिपुर
गतिलो शुद्ध कुरा खान पाएको भए पो गतिलो कुरा खेल्थ्यो र दिमागमा, अब काठमाडौंमा सँधै कुहेको कुरा खाइदै आएको रहेछ। अनि त्यस्तै कुरा खेल्छ मेरो दिमागमा त। '..र्कीले भन्दैमा गाउँको कोरेली भैंसी मर्छ र ?' भन्ने आहान खुब चल्थ्यो हाम्रो घरतिर। भ्रष्टाचारीलाई साँच्चै किरा पर्ने भए यी मध्ये धेरैको अनुहार कस्तो हुँदो हो भनेर सोचिरहेको छु म त...

गाउँकाले राहत लिन कहाँ जाने हो ?

मेरो घर नवलपरासीको पहाडी भेग डेढगाउँबाट फोन आयो, 'प्रधानमन्त्री हुने बितिकै बाबुराम भट्टराईले चामलमा ५ रुपैयाँ, चिनीमा ३ रुपैयाँ दालमा कति रुपैयाँ हो, राहत दिने भनेका थिए। तर गाउँका पसलमा भाउ घटेको छैन, सदरमुकाम जान एक/डेड दिन लाग्छ, अनि विकासे मलको भाउ पोहोर भन्दा किलैमा १०/१२ रुपैयाँ धेरै छ। त्यो राहत कहाँ कुन पसलमा पाइन हो बुझ्दिन परो' रे। 'राहतको घोषणा कागजमा र काठमाडौं तथा शहरकालाई मात्र त होइनहोला' भन्दैछन्।

मौसमविद‌लाई जमलमा पौडी खेलाउनुपर्ने

मंगलबारबाट काठमाडौंमा वर्षा रोकिन्छ भनेर पत्रिका/रेडियो/टिभीहरुमा कोट दिने को को थिए कुन्नि मौसमविद्हरु ? साँझ जमलमा ल्याएर पौडी खेल्न लगाउने पर्ने थियो। मौसमविद्लाई पत्याएर छाता नलिइकन बाहिर निस्कियो मुसो चुटाइ भो मेरो त....

Monday, September 26, 2011

दशैं सबैभन्दा नरमाइलो


"दशैंमा सबभन्दा नरमाइलो लाग्छ," विकासे डकुमेन्ट्री खिच्न  परार साल चितवनको माडी पुग्दा मुना गुरुङले भनेकी थिइन्। नौ वर्षदेखि जतन गरिराखेको एल्बमका फोटो हेर्दै गरेको उनको भावनात्क दृश्य डकुमेन्ट्रीका लागि राम्रो सट हुँदै थियो। अझ त्यसमा मुनाको आँखा रसाएको दृश्य थप्न पाए। अरुको भावनालाई विक्री गर्ने मेरो पत्रकार मन स्वार्थी हुँदै थियो। आँसु झार्ने आशाले मैले सोधेको थिएँ, "सबैभन्दा नरमाइलो कहिले लाग्छ?"

Saturday, September 24, 2011

भुकम्पपछि आएका मेसेज

गत साता आइतबार नेपाल, भारत सिमानामा भुकम्प गयो। त्यसको भोलिपल्ट बिहान दुईवटा मेसेज आएको थियो।
१) खासमा भुकम्पको केन्द्रबिन्दु ताप्लेजुङ घुन्सामा हो। तर वुद्ध जन्मस्थल आफ्नातिर पर्छ भनिरहेको, विभिन्न स्थानमा नेपालको सिमाना मिचिरहेको भारतले हुँदा हुँदा भुकम्पको केन्द्रबिन्दु पनि आफ्नैतिर भनिरहेको छ, यसको विरोधमा टायर बाल्ने कि ?
२) हाम्रो नेपालमा नेता देखि गुण्डासम्म जे पनि इंडियाले पठाउने! हुँदा हुँदा अब भूकम्प पनि इंडियाले नै पठायो। यसमा ठुलो षड्यन्त्र भएको देखिन्छ! यसको विरोधमा टायर बाल्ने कि ?
(तत्काल नबाली हालौं होला। सत्यतथ्य बुझ्दै गरौं न पहिले...)

भट्टराईलाई भेट्न पाए दबाब दिनुहोला

राष्ट्रसंघमा भाग लिन गएका प्रधानमन्त्री बाबुराम भट्टराई अहिले अमेरिका न्यूयोर्कमा छन्। पहिले पहिले राजाहरु विदेश भ्रमणमा जाँदा त्यो बेलाको शाही नेपाल वायुसेवा निगमको बोइङ जहाज नै लिएर जान्थे। त्यसको कति भाडा अझै पनि वायु सेवा निगमले पाएको छैन। अरु पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु विदेश भ्रमणमा जाँदा जहाजको बिजनेस क्लासमा जान्थे, जसको भाडा सधारणतया इकोनोमी क्लासको भाडा भन्दा दोब्बर हुन्छ। तर यसपटक प्रधानमन्त्री भट्टराईले मितव्ययी यात्रा गर्ने भन्दै इकोनोमी क्लासमा यात्रा गरेका छन्।

Thursday, September 22, 2011

विपश्यना अनुभव

दशैं नजिकै आउँदै गर्दा पोहोर साल दशैंको सम्झना आयो। पोहोर दशैंमा विपश्यना शिविरमा जानका लागि नाम लेखाए पनि मेरो नाम प्रतिक्षासूचीमा थियो । महिनाका दुई चोटि हुने अरु बेलाका शिविरमा करिब सय जनामात्र सहभागी हुने भए पनि दशैंका बेला बिदा पर्ने भएकाले शिविरमा जान तीन सय ५० जतिले नाम टिपाएका थिए। शिवपुरीको फेदीमा रहेको शिविरस्थलमा एकपटकमा दुई सय ८० भन्दा धेरैले ध्यान गर्न नमिल्ने रहेछ। प्रतिक्षासूचीमा नाम भएकाले  विपश्यना जाने दिन मध्यान्ह १२ बज्नासाथ घरबाट ध्यान केन्द्रको सम्पर्क कार्यालय ज्योतिभवन कान्तिपथ लागेँ ।

Wednesday, September 21, 2011

लेदो पाइएको रियल जुसलाई के कारबाही भयो कुन्नि

जसरी आजभोलि खाद्य पदार्थमा मिसावट भएको समाचार, अखाद्य पदार्थ खाद्य पदार्थ मिसाएको समाचार आइरहेको छ त्यस्तै समाचार करिब ५/६ अगाडि पनि खुब आएको थियो, 'रियल जुसमा लेदो, लेउ के के पाइयो' भन्ने। आजभोलि रियल जुसमा मिसावट भएको समाचार पढ्न, सुन्न, हेर्न पाइएको छैन। तर रियल जुसमा लेदो-लेउ पाइएकोमा कारबाही चाहिँ के भयो भन्ने पनि सुन्न जान्न पाइएको छैन।

योगाले फिजियोथेरापीको व्यवसाय बढायो

केही गतिलो काम त गर्न थाल्यो कि केटाहरुले के के सुनाउँछन् सुनाउँछन्, योगामा जान थालेको साता दश दिन जति भा'छ। घुँडो खुस्क्याएर फिजियोथेरापीमा गइरेहको एउटा साथीले आज सुनायो - वुझिस् फिजियोथेरापी गर्न आउने धेरै त योगामा गलत तरिकाले जिउ मर्काउने र तास खेल्दा ढाड सड्काउने हुँदारहेछन् नि, दशैमा तास खेल्दाको र योगाको गलत आशनले फिजियोथेरापीको बजार बढ्यारहेछ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

एम्बुलेन्समा रक्तचन्दन तक्सरी गर्नेलाई..


मान्छेको मनमा 'हरि' नभएपछि के गर्ने ? एम्बुलेन्समा रक्तचन्दन हालेर तस्करी गर्नेले अरु के विधि छोडेका होलान् र तस्करी गर्नका लागि यो देशमा। के अब विरामी राखेको हरेक एम्बुलेन्स प्रहरीले चेक गर्ने ? रक्तचन्दन तस्करीलाई कति सँजाय हुन्छ कुन्नि तर एम्बुलेन्सलाई बिना अवरोध चल्ने वातावरण बनाउनका लागि पनि तस्करीमा एम्बुलेन्सको प्रयोग गर्नेलाई नेपालमा भएको मध्ये सबैभन्दा ठूलो सँजाय हुनुपर्छ/होस्...

Tuesday, September 20, 2011

कुहेको कुरा खानेको बुद्धि पनि त्यस्तै त होला

पानी, मिठाई, दुध, मसला, तेल, गुँदपाक के के मा हो मिसावटको कुरा आइराथ्यो हिजोसम्म आज के मा मिसावटको समाचार आयो कुन्नि ? राष्ट्रपति 'राम' वरण, प्रधानमन्त्री बाबु 'राम', प्रतिपक्षी नेता 'राम' चन्द्र, कस्तो 'राम' राज्य भयो हो यो ? कलियुगमै भए पनि 'राम' हरुले हरामलाई जित्लान् नि, नभए त यस्ता मिसावट भाको चिजले हामी मानिसलाई पनि मिस्कट जस्तो बनाइदिन्छ होला ...

'सरकारले भुकम्प किन रोक्न सकेन'

सभासदलाई उडाएको कि साँच्चै भनेको हो ? Kiran Nepal को स्टाटसको एक लाइनले खुब हँसायो आज, सभासदहरुले आजको संसदमा भने रे 'यो सरकारले भुकम्प किन रोक्न सकेन'। (सभासदहरु छन् र हाँस्न पाइएको छ। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)