Wednesday, November 25, 2009
सघीयताको रोग
काठमाडौ आएका माइलाबा राष्ट्रपति र प्रधानमन्त्रीको यात्राले गर्दा घन्टौ जाममा पर्दा हैरान भारैछन्। त्यसमाथि सघीयतामा गएपछि प्रदेशैपिच्छे मुख्यमन्त्री र गभर्नर हुँदा काठमाडौले मात्र भोगिरहेको यो रोग बाहिर पनि सर्ने त होइन भन्ने चिन्तामा छन्। कोही छ भिआइपीको यो साइरन बजाउने रोग सघीयता पछि काठमाडौ बाहिर सर्दैन भन्न सक्ने....
Saturday, October 24, 2009
पत्रकारको कारण
प्रधानमन्त्री माधव नेपाल घुम्न रुचाउने एमाले नेता प्रदीप नेपालसहितकालाई लिएर मुक्तिनाथ दर्शन र लोमाथाकां भ्रमणमा गएका छन्। सेनाको हेलिकोप्टर लिएर बिहान बिहान हिमाल अवलोकन गर्न कम रमाइलो हुन्छ र ? राज्यको सम्पत्तिमा घुम्न गए पनि काम त केही भन्नै परो ...अनि हामी पत्रकार सिमा अवलोकन भनेर भन्नेछम.. (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
माओवादीको चाला
होइन यी माओवादी नेताहरु पनि कार्यकर्तालाई चाहिँ प्रधानमन्त्री मन्त्री देखेकी कालो झण्डा देखाउन लगाउने। अनि आफूहरु चैं रातो कार्पेट ओछ्यार आज चियापान गराउने। बुझिनसक्नु छ राजनीति (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
नेताहरुको चियापान
गिरिजाबाबु चैं बिरामी भएर माओवादी चियापानमा गएनन् रे। प्रधानमन्त्री चैं एमाले नेताको रुपमा मात्र निम्ता आएर चियापमानमा गएनन् रे। माओवादीले भनेका कोहीकोही चाँहि विदेशबाट फोन आएर गएनन् रे। म चाहिँ खासमा निम्तो नआएर नगएको है। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
ब्लाइन्ड डेट
बिहान बिहान एक जना साथी रन्थनिदैं अफिस आइपुगेका छन्। फेसबुकमा राम्री केटीसँग च्याट गरेपछि हिजो ब्लाइन्ड डेटमा गएको रे। तेस्रो लिङ्गी पो परेछन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा.....)
मौसम परिवर्तन
एकजना मित्रले इनबक्समा पठाएका अनुभव : पहिले पहिले ज्वरो आए निको हुँदा मुखमा खटिरा आउँथे। तर आजभोलि ज्वरो निको हुँदा गुप्त अङ्गमा पो खटिरा आउने थाल्यो। कतै यो जलवायु परिवर्तनको असर त होइन। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
मन्त्रीले तलब दिएनन्
विचरा मन्त्रीहरुको घरमा कस्तो हैरान होला। संसद अवरुद्ध हुँदा तलब पाएका छैनन् रे। तिनको घर गृहस्थी कसरी चलिरहेको होला। आफ्नो त दुई दिन तलब ढिला भयो भने... सम्झदाँ नै रुनुपर्ने कारण धेरै छन्....
नेपाली पोशाक अनिवार्य
राम्रो समाचार आयो है, कांग्रेसको ट्रेड युनियनले हरेक कार्यक्रममा उपस्थित हुने आफ्ना कार्यकर्तालाई राष्ट्रिय पोशाकमा आउनुपर्ने र राष्ट्रिय झण्डा कार्यक्रममा राख्नुपर्ने निर्णय गरेछ।
नेताको दिल्ली दौड
कति दिल्ली जान लाग्या!सूर्यबहादुर, शेरबहादुर भर्खरै फर्किएर आएका छन्। अब झलनाथ जाने निर्णय एमालेले गरेछ। प्रचण्डलाई त तुरुन्त दिल्ली पठाउनु पर्ने निर्णय माओवादीले गरेकै छ। झलनाथ र प्रचण्डबीच को पहिले दिल्ली पुग्ने भन्ने कम्पिटिसन छ रे। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
एमालेको सहमति
एमालेभित्र बिबाद मिलाउन भोज श्रृखंला गर्ने सहमति भएछ। अस्ति सोल्टीमा युवा नेताले झलनाथ खनाल, माधव नेपाल र के पी ओलीलाई भोज दिए। आज केपीले माधव र झलनाथलाई बालकोट घरैमा भोज दिदैंछन्। त्यसपछि प्रधानमन्त्रीले बालुवाटारमा भोज दिने; अनि झलनाथले केपी र माध...वलाई घरमा भोज बोलाउने रे। नेपालीहरु नखाइकन त मिल्नै नसक्ने भए। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
Friday, August 14, 2009
Crowd to welcome Minister
Crowd of Nepali Congress workers or the paid people gather to welcome Foreign Minister Sujata Koirala at Tribhuwan Airport. It is shameful that party workers gather at the airport to welcome Minister on the high security zone.
They shout slogans at the VVIP reception area. It's laughing na..
They shout slogans at the VVIP reception area. It's laughing na..
Thursday, August 13, 2009
अस्पताल भन्ने किताब होला ?
बुबाको अपरेसनपछि चार रात लगातार शिक्षण हस्पिटलमा सुत्नु पर्यो। तर यसबीच एउटा ज्ञान चैं प्राप्त भयो, जन्म र मृत्यु, उन्मुक्त खुशी र अराध्य रोदन सबै देख्न पाइने जीवन्त स्थान भनेको हस्पिटल नै रहेछ।
जहाँ जीवनसँग जुध्न खोज्नेहरुको कथा सुन्न पाइन्छ। कसैले 'हस्पिटल' भन्ने पुस्तक लेखे त्यहाँका कथाहरु लेखेको भए म पढ्ने थिएँ।
Subscribe to:
Posts (Atom)