Thursday, August 13, 2009

अस्पताल भन्ने किताब होला ?

बुबाको अपरेसनपछि चार रात लगातार शिक्षण हस्पिटलमा सुत्नु पर्यो। तर यसबीच एउटा ज्ञान चैं प्राप्त भयो, जन्म र मृत्यु, उन्मुक्त खुशी र अराध्य रोदन सबै देख्न पाइने जीवन्त स्थान भनेको हस्पिटल नै रहेछ।

जहाँ जीवनसँग जुध्न खोज्नेहरुको कथा सुन्न पाइन्छ। कसैले 'हस्पिटल' भन्ने पुस्तक लेखे त्यहाँका कथाहरु लेखेको भए म पढ्ने थिएँ।