यी कुटनीतिक नियोगकाहरुलाई पनि काठमाडौं मात्र नेपाल लाग्दो रहेछ कि के हो? एक दिन कसैले काठमाडौं बन्द आव्हान गर्दा भिसा बन्दसम्मको ध्वाँस दिनेहरुले १५ दिनदेखि सुदुरपश्चिम बन्द छ, पूर्व पनि चार दिनदेखि बन्द छ। जेठ १४ सम्म अझ बढ्दै जाँदा कति कति दिन काँ काँ बन्द हुने हो। चुँइक्क क्यै बोलेका छैनन् त...
Thursday, May 10, 2012
Sunday, May 6, 2012
मिस नेपाल पनि मध्य रातमा
सप्पै महत्वपूर्ण घोषणा र सहमति मध्यरातमै गर्ने राजनीतिक नेताहरुको बानीबाट सिकेर होला मिस नेपाल आयोजकहरुले पनि यसपालीको मिस नेपालको घोषणा मध्यरातम मै गर्ने भएछन् । मिस नेपाल कार्यक्रम राती ८:३० बजे सुरु हुने भएपछि नतिजा त पक्कै मध्यरातमा मात्रै आउला।
Saturday, May 5, 2012
मन्त्री बन्न छाडेर संविधान
अबको तीन सात्रा भित्र दुई दुई वटा सरकार; अझ एउटा त एक वर्षभित्र चुनाव गराउने भनिएको र चुनाव हुने परिस्थिति नभए वर्षौं लम्बिने सरकार बन्ने सहमति भाको बेलामा देशका गिनेचुनेका नेताहरु मन्त्री बन्ने लाइनमा लाग्न छाडेर संविधान बनाउन तिर ध्यान देलान् र २०/२२ दिनभित्र संविधान बन्ला भनेर म जस्तै पत्याएर बस्नेहरु कति छौं होला?
Thursday, May 3, 2012
भारतीय राजदूत जी मन्त्रालय पनि भाग लगाइदिनुहोला
महामहिम भारतीय राजदूत जयन्त प्रसाद जी, सहमतिको सरकार र संविधान बनाउने दलहरुको बुधबारको शिर्षस्थ बैठकमा यहाँ सक्रीय हुनुहुन्थ्यो भन्ने समाचार विहीबारको कान्तिपुर दैनिकमा पढ्न पाइयो। अब कृपा गरेर यहाँले मन्त्रालय पनि भाग लगाइदिनुहोला नत्र फेरि कसलाई गृह, कसलाई अर्थ, कसलाई रक्षा भन्दै मन्त्रालयमै झगडा गरेर यिनीहरुले बाँकी २०/२२ दिन सकाइदिन्छन्। कस कसलाई कुन कुन मन्त्री/मन्त्रालय दिदाँ तपाइको हित हुन्छ त्यो तपाइलाई पनि थाहै छ र मह काढ्नेले हात चाट्छ भन्ने उखान हामीलाई पनि थाहा छ।
Wednesday, May 2, 2012
कसले फुक्यो नेताहरुको कान
चमत्कारिक रुपमा सहमतिको नजिक पुगेका भनेका दलहरु कतै संविधान जेठ १४ सम्म लेख्छन् कि जस्तो भाको थियो। फेरि नाटकीय रुपमा कताबाट सरकार फेर्ने राप आयो। दलहरु संविधान लेखन छाडेर सरकार फेर्ने र टिकाउने तिर केन्द्रीत हुन थाले झैं भाछ।
हात्तीवन रिसोर्टमा सात आठ प्रदेश र मिश्रीत शासकीय स्वरुपमा सहमत हुन तयार भनिएका प्रचण्ड कुनै अदृश्य शक्तिले गर्दा हो कि १० वा १४ प्रदेशतिरै र राष्ट्रपति प्रणालिमा फर्के।
अर्कातिर कुन अदृश्य शक्तिले गर्दा हो केपी ओली र रामचन्द्र पौडेलहरु संविधान छाडेर सरकार फेर्नतिर लागिरहेका छन्। कतै नेपालमा शान्ति पनि आउने भो संविधान पनि बन्ने भो भनेर अतालिएका कुनै अदृश्य शक्तिले माओवादी, काँग्रेस र एमालेलाई छुट्टाछुटै कान भरिदिएर ल्हासा जान कुतीको बाटो त देखाइरहेको छैन।
त्यो अदृश्य शक्तिले प्रचण्डलाई प्रदेशको संख्यामा सम्झौता गरे तपाइको पार्टीको पकड जनजातीमा गुम्छ र तपाई राष्ट्रपति त के अर्को चुनावमा एमालेको संविधानसभाको जस्तो हविगत हुनसक्छ भनिएको हुनसक्छ। काँग्रेस-एमालेलाई अहिल्यै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याए माओवादी फुट्छ र अर्को चुनावमा तिमीहरुको बहुमत आउँछ भनेर त्यही अदृश्य शक्तिले कान भरेको हुनसक्छ र त्यो शक्ति आफू भने जनकपुरमा वम विष्फोट गराएर मख्ख परिरहेको हुनसक्छ।
Monday, April 30, 2012
बस्नेतले आत्मसमर्पण गरे, एमाले सरकारमा जाने भएछ
राष्ट्रिय सहमतिको त हुन्छ कि हुन्न तै पनि अब एमाले मिसिएको सरकार चाहिँ बन्ने भए जस्तो लाग्यो। युथफोर्स विराटनगरका नेता परशुराम बस्नेतले त्यसै अदालतसमक्ष आत्मसमर्पण गरेका हैनन् होला त। संयोग मात्रै होला र डनको आत्मसमर्पण? साह्रै मन शंकालु भएर हैरानै भो।
आँफैलाई बन्दी बनाइराख्ने
यी सुदुरपश्चिमबासीले शेर्पाहरुबाट केही सिक्नु नि। अखण्ड सुदुरपश्चिम चाहियो भन्दै आँफैलाई बन्दी बनार बसिराछन् शुक्रबारदेखि सुदुरपश्चिमेलीले। शेर्पाहरुले चाहिँ शेर्पा प्रदेश चाहियो भनेर कहिल्यै आफ्नो क्षेत्रमा बन्द गर्दैनन् बरु शिर्षस्थ नेताहरुको घर अगाडि धर्ना दिइरहेका छन्। आँफैलाई बन्दी गराउनु भन्दा त बरु नेताहरुको घर-गेट बन्द गराउनु नि सुदुरपश्चिमबासीले पनि।
Saturday, April 28, 2012
६०१ को साटो १००१
संविधान बनाउ बनाउ भनेर दबाब खुव दियाथ्यौ नि! बनाउने लागे त संविधान, अहिले ६०१ सभासद थिए, अब बन्ने संविधानमा हरेक प्रदेशमा करिब ५०/६० सांसद अनि केन्द्रमा ३८५ सांसद गराउँदा करिब एक हजार जति सांसद हुने भए। अब पालौं हामी जनता मिलेर ६०१ को साटो १००१ लाई ...
Friday, April 27, 2012
Wednesday, April 25, 2012
'लाइन'
केटाकेटीमा 'लाइन' लगाएरै गुरुहरुले राष्ट्रिय गान गाउन सिकाए
'लाइन' उभ्याएरै पिटी खेलाए
होमवर्क नगर्दा 'लाइन'मा राखेरै पिटे
अलि हुर्किएको के थिएँ साथीहरुले संगीलाई 'लाइन' मार्न सिकाए
एकै जनालाई धेरैले 'लाइन' मार्दा रहेछन्, त्यही 'लाइन'मा फसियो
सडक छेउमा 'लाइन' लागेरै पिसाब फेर्न सिकियो
'लाइन' बसेर फिलिमका टिकट किनियो
तन्नेरी भएपछि 'लाइन' लागेर फारम भरियो
पटक पटक घन्टौं 'लाइन'मा उभिएरै परीक्षा दिइयो
ढिलो-चाँडो 'लाइन' मिल्ने ठाउँमा जागिर पाइयो
तस्करको 'लाइन' मिल्ला र पैसा आउला भनेको
'लाइन' त ठूलाबडाले माथिबाटै मिलाएका हुनेरहेछन्
तस्करको 'लाइन' त मिल्यो तर आफ्नो मिलेन
तर पनि 'लाइन' बस्न छुटाइएन
पेट्रोलको 'लाइन'मा बसियो
फोनको नेटवर्क बिजी हुँदा 'लाइन' पाइएला नि भनेर ढुकियो
बिजुलीको 'लाइन' कुरेर बसियो
देशसँग दिक्दार भएपछि विदेशिनेको 'लाइन'मा लागियो
त्यो लाइनमा पनि 'लाइन' मिलाउनेहरु 'लाइन' मिचेरै अगाडि बढे
'लाइन'मा बस्दै गर्दा पालो आयो
एयरपोर्टमा 'लाइन' लागेरै जहाज चढियो
अब त 'लाइन' बस्न पर्दैन भनेर सोचियो
त्यसैले एयरहोस्टेजलाई 'लाइन' मार्न जाँगर चलाइएन
तर यता आएदेखि पनि 'लाइन'ले छाडेको छैन
बस चढ्न होस् कि पाउरोटी किन्न
'लाइन' मै बस्ने गरेको छु
उता झैं 'लाइन'मा ठेलम् ठेल धेरै छैन
तर पनि 'लाइन' मै बित्ने भो साला आधा जिन्दगी
'लाइन' उभ्याएरै पिटी खेलाए
होमवर्क नगर्दा 'लाइन'मा राखेरै पिटे
अलि हुर्किएको के थिएँ साथीहरुले संगीलाई 'लाइन' मार्न सिकाए
एकै जनालाई धेरैले 'लाइन' मार्दा रहेछन्, त्यही 'लाइन'मा फसियो
सडक छेउमा 'लाइन' लागेरै पिसाब फेर्न सिकियो
'लाइन' बसेर फिलिमका टिकट किनियो
तन्नेरी भएपछि 'लाइन' लागेर फारम भरियो
पटक पटक घन्टौं 'लाइन'मा उभिएरै परीक्षा दिइयो
ढिलो-चाँडो 'लाइन' मिल्ने ठाउँमा जागिर पाइयो
तस्करको 'लाइन' मिल्ला र पैसा आउला भनेको
'लाइन' त ठूलाबडाले माथिबाटै मिलाएका हुनेरहेछन्
तस्करको 'लाइन' त मिल्यो तर आफ्नो मिलेन
तर पनि 'लाइन' बस्न छुटाइएन
पेट्रोलको 'लाइन'मा बसियो
फोनको नेटवर्क बिजी हुँदा 'लाइन' पाइएला नि भनेर ढुकियो
बिजुलीको 'लाइन' कुरेर बसियो
देशसँग दिक्दार भएपछि विदेशिनेको 'लाइन'मा लागियो
त्यो लाइनमा पनि 'लाइन' मिलाउनेहरु 'लाइन' मिचेरै अगाडि बढे
'लाइन'मा बस्दै गर्दा पालो आयो
एयरपोर्टमा 'लाइन' लागेरै जहाज चढियो
अब त 'लाइन' बस्न पर्दैन भनेर सोचियो
त्यसैले एयरहोस्टेजलाई 'लाइन' मार्न जाँगर चलाइएन
तर यता आएदेखि पनि 'लाइन'ले छाडेको छैन
बस चढ्न होस् कि पाउरोटी किन्न
'लाइन' मै बस्ने गरेको छु
उता झैं 'लाइन'मा ठेलम् ठेल धेरै छैन
तर पनि 'लाइन' मै बित्ने भो साला आधा जिन्दगी
अक्षय तृतीया
अक्षय तृतीया दिन गाउँतिर जौको सातु र सर्वत (दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी वा मिस्री मिलाएको) बाँड्ने चलन थ्यो। शहरमा त्यो त देख्न पाइएन तर अक्षय तृतीयाका दिन सुन-हिरा जोड्न पर्छ भन्दै एउटा गहना पसलले पत्रिकाभर बिज्ञापन देको पढ्न पाइयाछ। अब १०/१५ वर्षपछिकाले अक्षय तृतीया भनेको गहना किन्नै पर्ने दिन हो भनेर बुझ्छन होला। उपभोक्ताबादको जमानामा सामान बेच्ने बहाना हुन् हरेक धार्मिक तिथी, के को सातु के को सर्वत....
ट्याक्सीको भाउ
'मिटरको भर पर्नै सकिदैंन बरु मोलमोलाई गरौं भनेर ट्याक्सी ड्राइभरलाई भनेपछि चालकको जवाफ: तपाइले भनेको ठिकै हो तर पेट्रोलको भाउ बढ्या बेलाँ ट्याक्सीको भाउ समायोजन पनि गरिदिदैंनन्, पेट्रोल बेलाँ नि दिन्नन् अनि जस्तो पार्टीहरुको राजनीति छ, त्यस्तै छ ट्याक्सीका मिटर पनि, सद्दे त पाउन त मुश्किल।
Subscribe to:
Posts (Atom)
