Monday, September 19, 2011

भारतीय राजदूतले शिष्टाचार सिकुन्

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले आफ्ना प्रधानमन्त्रीबाट पनि केही कुरा सिकुन्। मर्यादा, भद्रता र शालिनता कुटनीतिज्ञहरुले जान्नै पर्ने कुरा हो। (फोटो मिलान र शब्द स‍योजन कार्टुनिस्ट राजेश के सी)

Sunday, September 18, 2011

सुई लगाएको फर्सी

यो मिठाई, गुँदपाक, दुध, माछा-मासु काण्डपछि एक जनाले सुनाए - फर्सी किनेर फ्रिजमा हालेर राखेको रे। भोलिपल्ट काट्न खोज्दा त अलिक ठूलो देखियो, अनि जाँच्न भनेर अर्को दिन पनि राखेको, झन् ठूलो भयो रे र तीन दिनपछि कुह्यो रे, पक्का पनि फर्सी ठूलो बनाउने सुई दिएको हुनुपर्छ भन्दैछन्। साँच्चै भाको कुरा हो कि मान्छे विघ्नै शंकालु बनेर त्यस्तो देखेको हो कुन्नि...

Saturday, September 17, 2011

जे.डी. ले दुःख दिएपछि


'यो जग्गा बिक्रीमा छ भनेर' सम्पर्क गर्ने फोन नम्बरसहित विज्ञापन टाँसेको त खुब धेरै ठाउँमा देखेको हो। तर  पुतलीसडक चोक काठमाडौंमा 'यो जग्गा बिक्रिमा छैन, अनावश्यक कष्ट नगर्नुहोला' भनेको विज्ञापन पनि देखियो। जग्गाको भाउ साउ सोधेर कति दिक्क लगाइदिएका थिए होलान्, अनि यस्का छिमेकीले हो कि साहु आँफैले पनि जग्गा बिक्रीमा छैन भनेर पनि विज्ञापनै टाँस्न परो। कारोबारमा मन्दी भन्दै गरे पनि शहराँ जेडी (जग्गा दलाल) को जो बिगबिगी छ...

Thursday, September 15, 2011

पार्टीले कहाँबाट तिर्छ हेलिकप्टर भाडा ?

प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको काममा हेलिकप्टर चढी गोरखा गएको पैसा सरकारले नदिएर पार्टीले दिने भनेछन्। तर मलाई लागेको,  त्यो पैसा पार्टीले चाहिँ कहाँबाट दिन्छ भन्ने हो वा पार्टीलाई कसले पैसा दिन्छ भन्ने हो ?

सर्वाहाराको पार्टीमा लेबी तिर्ने कार्यकर्ता त कति पो छन् होलान् र। भएनै पनि सर्वहारा कार्यकर्ताले दिएको पैसा हेलिकोप्टरमा किन खर्च गर्ने ? भ्याट छल्ने व्यापारी, ढल मिसाएको गुँदपाक-मिठाइ बेच्नेले पार्टीलाई दिएको चन्दाबाट हेलिकोप्टर भाडा तिर्ने हो भने त तिनले घुमाइ फिराई हामीसँग त्यो पैसा उठाउँछन्..

Tuesday, September 13, 2011

पोखरामा 'बफेलो पेन्टिङ'


'बफेलो पेन्टिङ' पोखरा लेकसाइडमा देखेको। भैंसीको जीउमा जुम्रा धेरै पर्यो रे, भेटनरी डाक्टरले भैंसीलाई पहेंलो पेन्ट लाइदिनोहोस् जुम्राको भागाभाग मचिन्छ भनेसी आमा छोरा मिलेर भैंसीको जीउलाई क्यानभास बनाइराथे भने बोरालाई पेन्टिङ बुरुस...

Saturday, September 10, 2011

विदेशमा सभासद देख्नासाथ फर्काइदिम्न साथी हो !

अस्ति नै विभिन्न जिल्लामा जस्तै देश बाहिर पनि सभासद पुगे त्यहाँका नेपालीहरु मिलेर ती सभासदलाई 'तुरुन्त देश फर्किहाल्नुहोस र संविधान बनाइहाल्नुहोस्' भनेर दबाब दिने अभियान चलाउने कुरा भाथ्यो। तर विदेशबाट दबाब पाएका कारण कोही सभासद अहिलेसम्म फर्केर आए झैं मानेको छैन। कहिँ पढ्न पनि पाइएको छैन।

Thursday, September 8, 2011

भन्ने निषेधित गर्ने चाहिँ खुलमखुल्ला


पोखराबाट जोमसोम उड्नु अगाडि विमानस्थलका भित्ताहरु यताउति हेर्दै थिएँ। पर्यटन बोर्डले प्रकाशन गरेका विभिन्न भावका नेपाल चित्रण गर्ने पोस्टरहरुसँगै यात्रु प्रतिक्षालयको एउटा खम्बामा मुस्ताङमा प्लास्टिक झोला प्रतिवन्धको सूचना पनि थियो।

पेशागत संस्थामा गैर पेशाकर्मीको बाहुल्यता

१७२ जना सदस्य रहेको फोटो पत्रकारहरुको संस्थामा फोटो पत्रकारभन्दा अरु धेरै भए भन्दै ३० जना साँच्चैका फोटो पत्रकारले अधिवेशन वहिष्कार गरेछन्। नेपालमा धेरैजसो यस्ता 'प्रोफेसनल' संस्थामा त्यस काममा लागिरहेका भन्दा अरुको बाहुल्यता हुन्छ।

Sunday, September 4, 2011

देश बिग्रिएको नेता धेरै बोलेर हो, नबोलेर हैन

हुन त आफ्नै वर्ग (पत्रकार) विरोधी कुरा पर्‍यो। तर पनि सल्लाह मान्ने‌ भए बाबुरामजीले यो एउटा एउटा पत्रिका, टिभी, रेडियोमा अन्तरवार्ता दिदैं हिड्नु भन्दा हरेक १५/२० दिन जतिमा करिब ३० जना सम्म अलिक बुझेका पत्रकार भेला पारेर व्यवस्थित पत्रकार सम्मेलन गरे राम्रो हुन्छ। नेपाल बिग्रिएको नेता धेरै बोलेर हो, नबोलेर हैन....

Saturday, September 3, 2011

प्रमले कुन शहिदलाई सम्मान गरेर काम सुरु गर्ने

हुन त बाबुराम भट्टराईको केही नकरात्मक कुरा गर्यो कि पिटाइ खाइहालिन्छ कि भन्ने डर छ आजभोलि सोसाइटीमा। 'कसैलाई केही गर्नै नदिने, आफूले केही नगर्ने - खाली नकरात्मक टिप्पणी मात्र गर्ने' भन्ने जस्तो आरोप लागिहाल्छ। तै पनि देखेको कुरा लेख्न खसखस लागिहाल्छ।

अरु काम राम्रै गरे पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुने वितिकै शहिदप्रति सम्मान व्यक्त गर्ने नाममा फर्पिङ पुगेर नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेको चित्त बुझेको छैन। प्रधानमन्त्री हुनासाथ शहिदलाई सम्मान गरेर काम सुरु गर्ने परम्परा अनुसार उनी फर्पिङ गएका हुन्। पुष्पलाल के देशका शहिद हुन् ? कि बाबुराम भट्टराई कम्युनिस्टका मात्र प्रधानमन्त्री हुन् ?

बधाईका विज्ञापन

पत्रिकाहरुमा आएका बधाई हेर्दा त बाबुराम भट्टराई कि गोरखाका कि म्यानपावर र ठेकदारका कि उद्योगपति र व्यापारीका मात्र प्रधानमन्त्री हुन् कि जस्तो लाग्न थाल्यो। गोरखाका विभिन्न संस्थाले मात्र बधाई भन्दै देको विज्ञापनका लागि करोड रुपैयाँ खर्च गरे झैं मान्याछु। बाबुराम जीले पत्रिकाँ दिने विज्ञापनको साटो बरु एउटा बैंक खाता दिएर त्यो रकम त्यसमा जम्मा गर त्यसलाई म जनहितकारी काममा खर्च गर्छु भने हुने। पत्रिका साहुहरु भने मेरो यो प्रस्तावसित खुब रिसाउलान्...

Thursday, September 1, 2011

मिस नेपालको विरोध/प्रायोजन दुबै हुन छाड्यो

माओवादी परिवर्तन भाछैन भन्नेलाई त गोपीक्याँच नै भन्न पर्छ। उहिले उहिले मिस नेपाल हुँदा कति विरोध गर्थे माओवादीले ? अहिलेको संविधानसभा हल भित्र पहिले मिस नेपाल हुँदा गेट बाहिर माओवादी महिला र प्रहरीबीच कस्तो लछार पछार नै चल्थ्यो। अहिले आर्मीको हेडक्वाटराँ मिस नेपाल प्रतियोगिता हुँदा पनि सरकारको नेतृत्व गरेका माओवादी चुपोचाप बसिरहेका छन्... परिवर्तन बिस्तारै हुने कुरा रच आत्तिएर कहाँ हुँदोरहेछ र  ?