Saturday, September 3, 2011

प्रमले कुन शहिदलाई सम्मान गरेर काम सुरु गर्ने

हुन त बाबुराम भट्टराईको केही नकरात्मक कुरा गर्यो कि पिटाइ खाइहालिन्छ कि भन्ने डर छ आजभोलि सोसाइटीमा। 'कसैलाई केही गर्नै नदिने, आफूले केही नगर्ने - खाली नकरात्मक टिप्पणी मात्र गर्ने' भन्ने जस्तो आरोप लागिहाल्छ। तै पनि देखेको कुरा लेख्न खसखस लागिहाल्छ।

अरु काम राम्रै गरे पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुने वितिकै शहिदप्रति सम्मान व्यक्त गर्ने नाममा फर्पिङ पुगेर नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेको चित्त बुझेको छैन। प्रधानमन्त्री हुनासाथ शहिदलाई सम्मान गरेर काम सुरु गर्ने परम्परा अनुसार उनी फर्पिङ गएका हुन्। पुष्पलाल के देशका शहिद हुन् ? कि बाबुराम भट्टराई कम्युनिस्टका मात्र प्रधानमन्त्री हुन् ?

भट्टराईको यो कदमले अब देशका प्रधानमन्त्री पिच्छे फरक फरक शहिदलाई सम्मान गरेर काम सुरु गर्ने चलन हुन्छ कि भन्ने डर लागिरहेको छ। बाबुराम जीले पुष्पलालको शालिक खोज्दै हिडेजस्तै अब भोलिपर्सी काँग्रेसी प्रधानमन्त्री भए भने बिपीको शालिक खोज्दै हिड्लान्। काठमाडौं शहरमा विपीको शालिक कता छ कुन्नि ? काँग्रेसका महामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री भए त आफ्ना पिता गणेशमान सिंहको रत्नपार्कमा रहेको शालिकमा माल्यार्पण गर्लान्।

अब मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार जीले प्रधानमन्त्री हुने घोषणा गरिसक्नुभाछ, को मधेशी हो तपाइका तिनका पनि शालिक बनाइहाल्नुहोस्। गजेन्द्र नारायण सिंह हो भने तिनको शालिक खोज्दै तराई तिरै जान आउन फेरि हेलिकप्टरको प्रयोग गर्नुपर्ला।

काठमाडौंमा शहीदको सम्मान गर्ने दुई ठाउँ छ, एउटा शहिद गेट अर्को लैनचौरको शहिद पार्क। पञ्चायतकालका हुन् कि २०६३ सालको परिवर्तन अघिका प्रधानमन्त्री नै किन नहुन् शहिद गेट गएर सम्मान व्यक्त गरेपछि पद बहाली गर्न सिंहदरबार जान्थे। तर शहिद गेटमा चार शहिदका माथि राजा त्रिभुवनको शालिक भएको भन्दै गणतन्त्र पछिका प्रधानमन्त्री शहिदलाई सम्मान गर्न लैनचौर पुगेका थिए। लैनचौरमा कुनै शहिदको सालिक छैन तर शहिदको नाममा एउटा स्मारक छ। माओवादी अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री भएपछि लैनचौर शहिद पार्क नै गएका थिए।

प्रधानमन्त्रीले शहिदलाई सम्मान गर्दा राष्ट्रिय धुन बजाइने र नेपाली सेनाले सलामी अर्पण पनि गर्ने हुँदा प्रधानमन्त्री बन्ने व्यक्तिले नेपाली सेनालाई कहाँ सम्मान व्यक्त गराउने भन्ने पनि स्मरणमा राख्नुपर्छ। बाबुराम भट्टराईलाई पुष्पलालको शालिकमा माल्यार्पण गरेरै काम सुरु गर्ने मन भएको भए पहिले उनी लैनचौर गएर शहिदलाई राष्ट्रिय सम्मान व्यक्त गरी आफ्ना तर्फबाट फर्पिङ गएर सम्मान व्यक्त गरेको भए राम्रो हुनेथियो। किन कि प्रधानमन्त्री कुनै पार्टी र खेमाको होइन राष्ट्रको हो।



    • Om Sharma पुरानो संस्कार तोड्ने परम्परा कम्युनिष्ट राजनीतिमा नौलो होइन । तर पुरानो संस्कारका नाममा कतै मुखले खाने ठाउँमा नाकले!! बाउ सुतेको खाट भनेर भुईंमा!! बाउ िहंडेको बाटो भनेर नयाँ बाटो !! यस्तै यस्तै बाउ बाजेको तरिकाले जन्माउँदै आएको परम्परा भनेर बच्चा जन्माउने तरिका पनि नयाँ भित्राउन बेर छैन!!
      Thursday at 10:02am ·  ·  4 people

    • Jaw Knock Raazaa हरेक मान्छे को आफ्नो आफ्नो सोच्ने तरिका हुन्छ, बाबुराम जस्ता बिद्वत मान्छेको पनि छ । कस्ता कस्ता ल्याप्चे ले धाक लाउदा त पत्त्याइन्छ, गच्छदार ले भरास्टाचार गर्दिन भन्दा नि पत्त्याइन्छ, बाबुराम ले गरेका साना साना कुरालाई लिएर न उडाउनु राम्रो ! गलत काम गरे भने उडाउनु ठिकै हो यार, यस्ता जाबो कुरोलाई Issue बनाउनु ठीक मान्दिन म चाँही ! :)
      Thursday at 10:14am ·  ·  3 people

    • Om Sharma बाबुराम जस्ता विद्धान नेताले अलि ठूलो छाति राखे हुने हो । उनले समग्र सहदिलाई सम्मान गर्नुको साटो एकजनालाई मात्र सम्मान गर्न खोज्नु यो मुलुकका हजारौं शहिद प्रतिको अपमान हो । कुनै एकजना सहिदको नाम विशेषबाट भन्दा समग्र सवैको प्रतिविम्ब हुने स्थान गई सवै सहिदप्रति सम्मान गर्दा उनलाई के घाटा ?? राष्ट्रिय उत्पादनदाई प्रोत्साहन दिन हुलास गाडि चडने महानता देखाउनेले नेपाली पहिचान र मौलिकता राखेको दौरा सुरवाल लगाउँदा उनलाई के फरक पर्दथ्यौ ?? के दौरा सुरवालमा नेपाली पहिचान छैन के सुट टाई हो नेपालीको पहिचान ????? हेर्दा सामन्य तर अर्थ धेरै र गहन लगाउन सकिन्छ ।
      Thursday at 10:27am · 

    • Ramchandra Rajbanshi साना साना कुरामा छिद्र खोजेर खोइरो खन्ने काम अहिलेलाई थाँती राखौं | काम गर्न दिउँ | हामी मध्ये धेरैले आशा गरेका नेतालाई हामी आफैं पंगु बनाउंदै जाने हो भने को बाट आशा गर्ने ?
      Thursday at 10:31am ·  ·  1 person

    • Suman Shakya ahhahahahahah kati ramro leknu bhayeko
      Thursday at 10:37am · 

    • Om Basnet पुष्पलाल त शहिद होइनन् क्यारे होइन् दिपक जी
      Thursday at 10:52am ·  ·  2 people

    • Kishor Pant Netaharu lai dherai gali gariyo. aba banda garnu nai uttam hola ki!! Ka
      Thursday at 11:10am ·  ·  1 person

    • Kishor Pant Let them do their job, do not make joke to respected people
      Thursday at 11:11am · 

    • Adhikari Hari पुष्प लाल सहिद नभई नेता हुन् तसर्थ यो कुरामा बाबु राम ले सहिद प्रति अपमान गरेको नै हुन |
      Thursday at 4:20pm ·  ·  3 people

    • Santosh Kumar Rauniyar man6e yestai thau ma chuk6an bhanthe, ho rahe6.

1 comment:

Please leave your comment here