Thursday, September 1, 2011

मिस नेपालको विरोध/प्रायोजन दुबै हुन छाड्यो

माओवादी परिवर्तन भाछैन भन्नेलाई त गोपीक्याँच नै भन्न पर्छ। उहिले उहिले मिस नेपाल हुँदा कति विरोध गर्थे माओवादीले ? अहिलेको संविधानसभा हल भित्र पहिले मिस नेपाल हुँदा गेट बाहिर माओवादी महिला र प्रहरीबीच कस्तो लछार पछार नै चल्थ्यो। अहिले आर्मीको हेडक्वाटराँ मिस नेपाल प्रतियोगिता हुँदा पनि सरकारको नेतृत्व गरेका माओवादी चुपोचाप बसिरहेका छन्... परिवर्तन बिस्तारै हुने कुरा रच आत्तिएर कहाँ हुँदोरहेछ र  ?

लेखक खगेन्द्र सँग्रौला र प्रगतिशिल समालोचक तथा लेखक निनु चापागाईं पनि सुन्दरी प्रतियोगिताको विरोधमा सडकमा उत्रन्थे त्यो बेला माओवादी महिलाहरुसँगै। त्यस्तै अहिलेकी माओवादी नेतृ पम्फा भुसाल पनि सुन्दरी प्रतियोगिताको विरोधमा पटक पटक प्रदर्शनमा उत्रेकी थिइन्। अहिले ती पनि परिवर्तन भएछन् जस्तो छ।

यो सरकार बाहिर हुँदा विरोध गर्नु जति सजिलो छ, सरकारमा गएपछि आँफैले त्यही काम नगर्न भने बडो अप्ठेरो हुँदो रहेछ। तीन वर्ष अगाडि माओवादी नेता कृष्णबहादुर महरा सञ्चार मन्त्री हुँदा माओवादीका महिला नेतृहरु मिस नेपाल प्रतियोगिता नगराउन र भइहाले पनि त्यसलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण रोक्न निकै कोशिष गरेका थिए। तर पनि महराले न त प्रतियोगिता रोके न नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण नै। मिस नेपालको प्रायोजक डाबर नेपालले प्रत्यक्ष प्रसारण रोके नेपाल टेलिभिजनलाई वार्षिक रुपमा दिदै आएको करौडौंको विज्ञापन पनि बन्द गर्ने भनेपछि महराले प्रत्यक्ष प्रसारण नरोकेको हल्ला त्यतिबेला कर्पोरेट क्षेत्रमा गर्दथे।

यसअगाडि नियमिति सुन्दरी प्रतियोगिताको प्रायोजन गर्दै आएको डाबर नेपालले यसपटक भने सुन्दरी प्रतियोगिता प्रायोजन गर्दिएनछ। यसपटक युनिलिभर भन्ने कम्पनीले प्रायोजन गरेको रे। त्यसैले पहिला जस्तो 'डाबर बाटिका मिस नेपाल' पनि भनिएन र मिस नेपाल भएकी मलिना जोशीले जम्मा ५० हजार रुपैयाँ मात्र पाइन् रे पुरस्कार।



    • Pradip Bhattarai hahahahahahahah............................ ramro jok
      Tuesday at 9:24pm · 

    • Ramesh Rasik Paudel malai pani like garna man lagyo\
      Tuesday at 9:28pm · 

    • Yopesh Pradhan Miss Nepal ko reporting gareko yaad chha? Change ta bhakai ho bhannu parchha.... Naya Nepal ko Naya Miss Nepal :)
      Tuesday at 9:29pm ·  ·  1 person

    • Santosh Kumar Rauniyar pariwartan samayale garne kura ho, samaya sangai socha pani pariwartan hun6 ni ta bro.....
      Tuesday at 9:44pm · 

    • Dilli Wagle desh banauni bela ma k asta jhina masina kura garya deepak ji ?
      Tuesday at 9:57pm · 

    • Ram Raj Sharma पौडेल गोपीक्याँच nai bhayako rahechhu ma pani ha ha hah.
      Tuesday at 10:14pm · 

    • Dilli Wagle paraysi ataa utta bhai hal6ani bistara bistar paribartan hun6a k
      Tuesday at 10:17pm · 

    • Journalist Dinesh हो क्यारे ..............
      Tuesday at 10:47pm · 

    • Nira Ranabhat अति नै मिठो व्यङ्ग्य .....! हो हो , समय अनुसार समाज पनि परिवर्तन हुदै जान्छ भनेर समाजशास्त्रमा पनि लेखेको छ भन्थे एक जना साथिले....! :)
      Yesterday at 4:02am · 

    • Subas Pokharel ‎"... परिवर्तन बिस्तारै हुने कुरा रच आत्तिएर कहाँ हुँदोरहेछ र ?" ~ 100% agreed!!
      Yesterday at 7:10am ·  ·  1 person

    • Adhikari Hari कुनै दिन माओबादी नेता कि नै छोरी मिस नेपाल हुने छिन , त्यो दिन तपाई हामी जील .
      20 hours ago ·  ·  1 person

    • Bikash Tiwari dai maobadi ko bhasama yeslai pariwartan haian ruparntaran bhannu par6 hola.........
      15 hours ago · 

    • Ekindra Kunwar तपै को बिश्लेश्ना दम छ भन्या ...
      3 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here