डेढगाउमा कृषि शिक्षाको आवश्यकता
डिल्लीराज भण्डारी
डेढगुउमा कृषि शिक्षाको नितान्त आवश्यकता रहेको पाइन्छ । डेढगाउलाई यस वरपर गाविसका बासिन्दाले जतिनै विकसित देखे पनि यहाँका बासिन्दाका लागि विकट नै छ ।
न त यस क्षेत्रमा प्रशस्त मात्रामा सिंचाई छ न त यातायातको राम्रो सुविधा छ । न त कुनै नयाँ खेतीपाती यहाँ लगाएको पाइन्छ न त कुनै नयाँ कृषि शिक्षाको प्रशिक्षण नै यहाँ भएको छ ।
जेटिए र भेटनरीको सुविधा पाउन नसक्दा यहाँका खेतीपाती र पशुपालन राम्रोसँग फस्टाउन सकेको छैन । गाँउघरमा पालिने गाई भैंसी वाख्रा विरामी परे पनि औषधीमुलो बिना अकालमै मरेका छन् । भेटनरी सेवा पाउन नसक्दा यहाँ यस्तो पीडा धेरै सहनु परेको छ ।
यो देशमा ठूला ठूला परिवर्तन भए । तर यहाँका बासिन्दाहरुले लगाउने बालीनाली फेरिएको छैन । बावुबाजेले लगाउँदै आएका धान गहुँ मकै आजसम्म पनि यहीं बालीहरु लगाइन्छ ।
यहाँ लगाइएका फलफुल सागपात तथा अन्य बालीनाली त्यति राम्रो संग उब्जाउ भएको छैन । फलफुल र सागपातलाई चाहिने भिटामिन दिन जान्ने कृषकको कमी छ । किनकि यस ठाँउमा जे टि ए सेवा छैन ।
खेतीयोग्य ठाँउ भनेर चिनिने चितवन र पाल्पा जिल्लामा वर्षैपिच्छे वीउविजन फेरेर खेती गरिन्छ । साथै त्यस ठाँउमा उन्नत खालका सागपात र फलफुल उब्जाएको पाइन्छ । ती ठाउँहरुमा समय अनुसारका सागपात लगाइएको हुन्छ । किनकि त्यसठाँउमा सिचाइको राम्रो सुविधाका साथै जेटिए सेवा पनि सुलभ तरिकाले पाइन्छ।
यस क्षेत्रमा भौगौलिक कारणले गर्दा प्रशस्तमात्रमा सिचाइ हुन सकेको छैन । यहाँका प्रशस्त खेतीयोग्य जमिन त्यसै खाली रहेका छन् । यस्ता ठाँउमा मौसम अनुसारको सागपात र फलफुल लगाउन तथा चरनको विकास गरी पशुपालन गर्न सकिने तर्फ यहाँका बासिन्दाले उचित ध्यान पुर् याउन सकेका छैनन्।
यहाँका बासिन्दाले वर्षमा एकचोटी मात्र सागपात र फलफुल लगाउने चलनलाई पनि परिवर्तन गर्न आवश्यक छ । यस ठाँउका यस्ता समस्या हल गर्न कृषकलाई उचित सल्लाह दिने कृषि प्राविधिकहरु जेटीए र भेटनरी शिक्षाको आवश्कता अति नै छ।
Monday, March 9, 2009
विद्यार्थी
विद्यार्थी
दीपक अधिकारी
कक्षा - ९
डेढगाउँ उच्च मा वि
विद्यार्थी हौं हामी
विद्या सिक्नु पर्छ ।
विद्या सिकेर पढी लेखी
ठूलो भई देशको विकास गर्नुछ ।
विद्याले नै मानिसलाई
ठूलो मान्छे बनाउँछ ।
विद्याले नै यो देशमा
उज्यालो चम्काउँछ ।
दीपक अधिकारी
कक्षा - ९
डेढगाउँ उच्च मा वि
विद्यार्थी हौं हामी
विद्या सिक्नु पर्छ ।
विद्या सिकेर पढी लेखी
ठूलो भई देशको विकास गर्नुछ ।
विद्याले नै मानिसलाई
ठूलो मान्छे बनाउँछ ।
विद्याले नै यो देशमा
उज्यालो चम्काउँछ ।
पदम सिंजाली
डेढगुउ - ३
वरिपरी डाँडाले भरिएको ठाँउ
रमणीय लाग्छ मलाई डेढगाउँ ।
उत्तरमा छ काली नदी पूर्वमा वौंदी खोला
अझै विकास हुनसके यहीं स्वर्ग बन्ला ।
यहाँ वस्दा पाए जस्तो लाग्छ संसार
यहीं छ डेढगुउ देवीको अवतार ।
यहीं छ केही डाँडा र केही समथर
गाउँ मै जिवन विताउने यो मेरो रहर ।
गाउँ मै जन्मे हुर्के गाउँ नै कर्मथलो
विकृतिलाई त्यागी हामी सोचौ गुउको भलो ।
गुउ छोडी बाहिर नजाउँ गाउँकै विकास गरेस
गुउमा जागिर पाइन्न भनी नखाउ तिमी हरेस ।
गुउमै खियाउँ दश नङग्रा चुआऔं पसिनाका थोपा
गाँउमै फल्छ हिरा-मोती प्रत्येक पाखापाखा ।
ईश्वर भन्दा प्यारो लाग्छ जन्मदिने बुबा आमा
जुगौं सम्म वस्न पाउँ यही डेढगुउमा ।
डेढगाँउ छोड्दा कताकता लाग्छ मलाई चिन्ता
गाउँमा बसी काम छैन बाहिर जाउँ भन्दा ।
नभन्नुहोला पाखे गाउका मानिसलाई
नेपालीले नपालीको सोचौं हुने भलाई ।

हाम्रो देश नेपाल
हाम्रो देश नेपाल
पदम सिंजाली
डेढगाउ - ३
हाम्रो देश नेपालमा जलका स्रोत छन् धेरै
यहीं नेपाललाई विद्युत्को मात्रा थोरै
हे जनता अव त गरौ मिली विकास
हुनुपर्छ हामी सवैमा आत्मविश्वास
जनसंख्या बढेर यहाँ बाच्न गाह्रो भो
देशको मुहान फेर्न सके बल्ल बाच्नु सार भो
अव त नेपाललाई जगाउन यँहा चेतना
देशलाई विकास गराउने यो मेरो सपना
पुरा गर हे अव जन्मिएका कर्णधार
यहीं नै हुनेछ देशलाई ठूलो उपहार
हरियाली वनजङगलले भरिएको नेपाल
हिमचुली एवम् समथर जमिन र ठूला ठूला पहाड
यहीं छ विश्वमै अग्लो सगरमाथा
बचाई राख्नु यो नेपालको संस्कृति सदासदा
चन्द्र सूर्य अङकित छ हाम्रो देशको झण्डा
फरक छ हाम्रो झण्डा अन्य देशको भन्दा
गाह्रै पर्ला फर्किन हेरेर नेपालको मुहार
यही छ मेरो देशलाई कविताको उपहार ।

Friday, November 14, 2008
सहकारी संस्थाको रकम हिनामीना, दर्ता खारेज
काली टाइम्स संवाददाता
रकुवा, नवल परासी
गाउँले आफै मिलेर सहकारी खोली त्यसबाट गरीबी हटाउनुपर्नेमा रकुवामा भने गैर सरकारी संस्थाको सहयोगमा खुलेको सहकारी संस्था पनि लथालिङ्ग भएको छ। रकुवामा केही वर्ष अगाडि खुलेको कालीगण्डकी सहकारीको रकम त हिनामिना भएको छदैंछ, संस्थाको दर्ता खारेजी पनि भइसकेको पत्ता लागेको छ।
१३ वर्ष अगाडी एक्सन एड नेपालले गरीब निवारण कार्यक्रम अर्न्तगत रकुवाका अति न्यून आय भएकाहरुको समूह बनाई पशुपालन गर्न केही रुँपैया अनुदान दिएको थियो।
पछि, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले सो रकम लथालिङ्ग नहोस् र गरीव जनताले सहकारी मार्फत उपभोग्य वस्तु सरल, सहज रुपले पाउन् भन्ने उद्देश्यका साथ रकुवामा काली गण्डकी बहुउद्देशीय सहकारी संस्थाको गठन तथा दर्ता गर्नमा सहयोग गर्यो।
तर, हिकोडेफ यस क्षेत्रबाट बाहिरिए पछि सहकारीका जिम्मेवार व्यक्तिहरुले नै सहकारी प्रति ध्यान नदिंदा र हिसाब किताब पारदर्शी नगर्दा काली गण्डकी सहकारी संस्थाको रकम र नाम निसाना दुबै हराएको छ।
संस्था दर्ता भएकै वर्षदेखि सहकारीको साधारण सभा र बैठक भएका छैनन्। यसबाहेक सहरकारीको आय-व्ययको विवरण र संस्थाको गतिविधी अहिलेसम्म सार्वजनीक गरिएको छैन।
जिल्ला सहकारी कार्यालय नवलपरासीले रकुवाको कालीगण्डकी सहकारी संस्था दर्ता भए पनि त्यस्ले वार्षिक प्रतिवेदन नबुझाएकाले संस्था खारेज भइसकेको र रकुवामा अन्य कुनै पनि सहकारी संस्था दर्ता नभएको जानकारी दिएको छ।
जिल्ला सहकारी कार्यालयका नायव सुब्बा विमल आचार्यले सेयर सदस्यहरुको सहमति बेगर सहकारी संस्था बन्द गरिएको भए सेयर सदस्यहरुले कार्यसमितिका पदाधिकारी विरुद्ध स्थानीय प्रशासनमा उजुरी दिन सक्ने बताउनुभयो। संस्था बन्द भए पनि कार्यसमितिका पदाधिकारीहरुले सहकारीका सबै सेयर सदस्यहरुलाई जम्मा भएको रकम वितरण गर्नुपर्ने जानकारी आचार्यले दिनुभयो।
सहकारीका संस्थाको पदाधिकारीमा रहेर काम गरेका धर्म थापा, राजेन्द्र पराजुली, दुर्गा विरकट्टा, मेघनाथ पाण्डे लगायतकाहरुले भने यस बारेमा प्रष्ट पार्न चाहनुभएन। उता, संस्था गठन र दर्ता गर्ने समयमा योगदान गरेकी हिकोडेफकी तत्कालिन कर्मचारी कमला ठाडाले भने रकुवाका केही टाठाबाठाले रकम हिनामीना गरी संस्था डुबाएको बताउनुभयो। गरिव एवं न्यून आयस्रोत भएका सोझा गाउँलेको लागि स्थापना भएको सहकारी संस्थाको रकम हिनामीना पार्नेलाई सबै मिलेर खोज्नुपर्ने होइन?

बुलीङटारमै पक्की पुल बन्नेमा बुलीङबासी विश्वस्त
सुवास देवकोटा
बुलीङटार, नवलपरासी
कालीटाइम्स मासिकमा डेढगाउँमा पुल बन्ने समाचार आइरहे पनि बुलीङटारबासी भने पक्की पुल बुलीङटार मै बन्छ भन्नेमा अझै विश्वस्त छन्। डेढगाउँमा पक्कि पुल बन्ने भयो भन्ने खवर पटक पटक पुगेपछि बुलीङटार र तनहुँको राम्जाकोट गाविसका बासीन्दाहरुले सामुहिक भेला गरी छलफल गरेका छन्।
गत महिना अर्खलाको कोखेटारमा भएको भेलाले पुल बुलीङ मै पार्नका लागि रुपटारको ऋषीराम गिरीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पनि बनाएको छ। सो प्रतिनिधिमण्डल राजधानी गई माओवादी सभाषद चिनक कुर्मी सहितका व्यक्तिहरुलाई भेट गरी पुल बुलीङ मै पार्नका लागि अनुरोध गरेको थियो।
दशैं अगाडि राजधानी गएको टोलीले पुल डेढगाउँमा नभई बुलीङ नजिकैको डाडाँगाउँमा बनाउने खवर ल्याएपछि बुलीङबासीले खुसीयालीका साथ दशैं तिहार मनाए।

फोन सहित सोलर प्यानल हरायो
वीरबहादुर बी. सी.
रकुवा
गाउँ विकास समितिको लगानीमा रकुवा गा.वि.स.ले नेपाल टेलिकम तनहुँ मार्फत आठ वर्ष अगाडि जोडेको भी एच एफ फोन कहाँ पुग्यो, अहिले धेरैलाई जानकारी छैन ।
रकुवा ६ का मेघनाथ पाण्डेको घरमा सोलार प्यानल र फोन सेट जोडी उहाँले ०६५-५२९३७४ नम्बरको फोन संचालन गर्नुभएको थियो। त्यति वेला अहिले जस्तो सी डिए एम ए फोन र मोवाईल नभएकाले तनहुँको घिरिङ्ग सुन्धारा गजरकोट, पाल्पाको वाकामलाङ्ग साथै नवलपरासीको रुचाङ्ग, नरम र डेढगाउँबासीले पनि त्यस फोनबाट फाइदा लिएका थिए। स्वदेश तथा विदेशमा वस्ने आफन्तलाई फोन गर्न आउनेको भिड हुन्थ्यो।
फोन गर्न पाल्पाको रामपुर, तनहुँको भिमाद र नवलपरासीको कावासोती जान नपर्ने हुँदा समय र पैसाको भार कम भएको भन्दै गाउँलेहरुले प्रति मिनेट ८० देखी १६० रुपैयाँसम्म शुल्क तिरेर विदेशमा फोन गर्दथे।
तर, टेलिकमलाई तिर्नु पर्ने शुल्क समयमै नवुझाँउदा रकुवाको फोन लाइन काटियो र अहिले पनि त्यो नम्बरमा फोन गर्दा फोन मात्र जान्छ, कसैले उठाउँदैन।
अहिले आएर केही व्यक्तिले उक्त फोनको कुरा गरे पनि फोन सेट, सोलार प्यानल र अन्य सामाग्री कहाँ कसरी छ भन्ने विषयमा गाविस कार्यालयले समेत सोधखोज गरेको पाइएको छैन। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएकाले सम्वन्धित पक्षले यस्ता विषयमा ध्यान दिनु जरुरी छ।

घटुवारेको कथा- बालीघाटमा पुल देख्ने धोको
शरद कोइराला
बालीघाट
दशैंको टिकापछि बालीघाट पुग्दा पनि काली नदीको भेल तेज नै थियो। चाडबाडको बेला नहुँदो हो त नाङेटारका हेम बहादुर कुमाल डुँगा लिएर काली नदिको बढ्दो भेलसँग पौठेजोरी खेल्ने थिएनन्। हुन त दशैंको पूर्णिमा सम्म कुमालको घरमा टिका टालो गर्न आउने आफन्तहरुको भिड नै थियो। तर, कुमाल भने दशैंका लागि भन्दै सप्तमी देखि खोलेको घाटमा सिमलको डुँगा लिएर बटुवाहरुलाई वारपार गराइरहेका थिए।
एकाविहानै, चार बटुको जाँड पिएर हेमबहादुर काली तिरमा आइपुग्दा चार पाँच जना बटुवाहरु घटुवारे कुरेर बसिरहेका थिए। हेमबहादुरले उर्लदों नदीमा एक्लै डुँगा हाल्ने साहस गरेनन्। उनीसँगै बालीघाटमा डुँगा चलाउने ठेक्का पाएका आँपटारीका रुमलाल पुलामी दशैं मै व्यस्त थिए। हेमबहादुरले डुँगा चलाउन पौडी खेल्न गएका तिरन्दीका एक युवाको सहयोग मागे र दुई जना भएर चार जना मात्र बटुवा राखी बालीघाटमा डुँगा ठेले।
नाङेटार पट्टिबाट डेढगाउँ तर्फ डुँगा तार्दा त्यति अप्ठेरो थिएन। तर, डेढगाउँबाट तार्दा भने छाल डुँगामा पसेको प्रष्ट देखिन्थ्यो। त्यसैले पनि हेमबहादुर भन्दै थिए, "एक पटकमा चार जना भन्दा धेरै जना डुँगामा चढ्न मिल्दैन।" हेमबहादुरले हिउँदमा एकपटकमा १२ जनासम्म बटुवा यही डुँगाबाट तार्छन्।
हेमबहादुर र रुमलालले दुई वर्षका लागि २८ हजार रुपैया तिरेर पोहोर बालीघाटमा डुँगा चलाउने ठेक्का पारेका हुन्। उनीहरुले दिएको पैसा डेढगाउँको रानीबेल स्कूल र तनहुँ गड्यौंली स्कूललाई चौध चौध हजार रुपैया बाँडिन्छ। डुँगा बनाउनका लागि अग्लो सीमल खोज्नुपर्ने र त्यसलाई करिब १५ हजार रुपैया खर्च गरेर खोप्नु पर्ने हेमबहादुर बताउँछन्। "डुँगा बनाउनमा दरै जातिको सहयोग लिनुपर्छ हामी कुमालको ढङ्गै पुग्दैन" हेमबहादुर भने। डुँगा चलाउने ठेक्का डेढगाउँलेले नलिएर सँधै तनहुँकाले मात्र लिने गरेकोमा हेमवहादुरलाई अचम्म लागेकोछ।
एक पटक बनाइएको डुँगा २ वर्षभन्दा बढी खप्दैन । दुई वर्ष अघिसम्म एकै पटकमा ३० जना सम्म पनि बसेर तर्न मिल्ने डुँगा बालीघाटमा थियो।
डुँगा तारे वापत स्थानीय गाउँलेको एक परिवारले वर्षको एकपटक ठेकदारलाई तीन पाथी धान वा दुई पाथी कोदो, मकै अथवा गहुँ दिनुपर्छ। पैसा दिने भए वर्षको एकपटक एक सय पचास रुपैया तिर्नुपर्छ। बाली नतिर्ने बटुवालाई तारे वापत घटुवारेले वर्षमा दश रुपैया र हिउँदमा पाँच रुपैया लिने गर्छन्।
हुन त हेमबहादुरको जीविकोपार्जनको मेसो नै यही डुँगा हो। तर, उनलाई जति सक्दो छिटो बालीघाटमा पुल बनेर डुँगा चलाउन नपरे हुन्थ्यो भन्ने छ। रकुवाको साँघुरीघाटमा पुल बनेकोमा चित्त नबुझाएका हेमबहादुर भन्छन्, "पुलको लागि भनेर टुकराज सिग्देललाई सांसद बनाइयो, प्रचार पनि भयो, तर ठाउँमा बोल्ने मान्छे नभए पछि हामी कुमालले भनेका ठाउँमा पुल बनेन।"

एस एल सी उतिर्णलाई सम्मान
कालीटाइम्स संवाददाता
डेढगाउँ, नवलपरासी
वीजया दशमीको उपलक्ष्यमा नवलपरासी वुङ्दी काली काठमाडौं सम्पर्क समितिले डेढगाउँमा दोहोरी गीत प्रतियोगिता र एस एल सी उतिर्णलाई सम्मान गर्यो। डेढगाउँ, मिथकुरम, रकुवा र रुचाङका माध्यमिक विद्यालयबाट यस वर्ष एस एल सी उतिर्ण भएकाहरुलाई सम्मान गरिएको थियो।
दोहोरी प्रतियोगितामा मिथुकमको किशोर वस्यालको टोली प्रथम भएको थियो भने नरम गाविसको भुमिसरा रिजालीको टोली दोस्रो भएको थियो। कार्यक्रममा दोहोरी गायक घिरिङ सुन्धराका यामु शर्मा, मिथुकरमका बाबुराम अधिकारी र तनहुँ खाल्टेकी तोलाचन ठकुरी, डेढगाउँका ज्योति प्रकाशले गीत गाउनुभएको थियो।
सोही कार्यक्रममा सम्पर्क समितिले प्रकाशन गरेको टेलिफोन डायरीको सार्वजनिक सहित विक्रि वितरण सुरु गरिएको थियो।

साधारण सभा सम्पन्न
उज्ज्वल ओझा
डेढगाउँ
डेढगाउँ वहुउद्देश्यिय सहकारी संस्थाको पाँचौ साधारणसभाले गम्मर सिंह खम्चाहाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। नव निर्वाचित संचालक समितिमा ९ जना पदाधिकारी रहेका छन्। साधारण सभाले संचालक समिति बाहेक आगामी ३ वर्षका लागि लेखा र ऋण उप समितिको पनि सर्वसम्मतिले चयन गरेको छ।
लेखा समितिको संयोजकमा अम्मर बहादुर दराई र ऋण उपसमितिको संयोजकमा सिद्धिपूर्णी दराई हुनुहुन्छ। असोजको दोस्रो साता डेढगाउँ उच्च माध्यमिक विद्यालयमा भएको साधारण सभाले विगतमा गरीब समुहको सदस्य रहेको तर विविध कारणले सहकारीको सदस्यता प्राप्त नगरेका ब्यक्तिलाई सदस्यता दिने निर्णय गरेको छ। यसैगरी विगतमा एक घरका १ जनालाई मात्र संस्थाको सदस्यता दिइने भए पनि अब छुट्टा भिन्न भएको अवस्थामा फरक फरक व्यक्तिलाई साधारण सदस्यता दिइने निर्णय पनि साधारण सभाले गरेको छ।

लोपोन्मुख दरै जाति सँग एक छिन
शरद कोइराला/ उज्ज्वल ओझा
मानव सभ्यताको उद्गम नदीको किनारमा हुन्छ । सालीग्रामका लागि प्रख्यात काली गण्डकीको किनारमा आदिवासी कुमाल, दरै, बोटे जातिका व्यक्तिहरुको परापूर्व काल देखि बासस्थान रँहदै आएको छ।
दरै जाति नेपालको पश्चिमाञ्चल क्षेत्रमा विशेष गरी सेती, मादी र काली नदिको किनारमा बास बस्छन्। तनहुँको मादी किनारमा बसोबास गर्ने दर्राईहरु माछाको खोजिमा नै काली नदि किनारमा पुगेका हुन् । काली किनार डेढगाउँ, पीपलटार, रामपुर, पुट्टार जस्ता स्थानमा दरै जातिको बाहुल्यता रहेको छ ।
डेढगाउँमा दरैको बसोबास कहिले देखि सुरु भयो भन्ने एकिन नभए अहिलेको सबैभन्दा पाको पुस्ताका अनुसार उन्का जीजुबाजेहरु तनहुँबाट डेढगाउँ आइपुगेका हुन् । एक पुस्ता र अर्को पुस्ता बीचको फरक २५ वर्षराख्दा दरैहरु डेढगाउँ आएको २ सय वर्षभन्दा बढी भएको देखिन्छ।
डेढगाउँमा अहिले पूर्वथर, पश्चिमथर र मुखीयाथरमा गरेर ५५ घरभन्दा बढी दरैहरु रहेका छन् र दरैको जनसंख्या चार सयको हारहारीमा छ। ५० वर्षअगाडि सम्म पनि डेढगाउँ फाटमा दरै बाहेक अन्य जातिको बसोबास थिएन।
"हामी युवक हुँदा यता त सब झाडी थियो" घर वरीपरि औंलाले देखाउँदै पश्चिमथरका बद्रिमान दरैले भन्नुभयो। काली टाइम्समा दरै जातिका बारेमा केही लेख्ने उद्देश्यले दशैँको भोलीपल्ट हामी पश्चिमथर पुगेका थियौँ। दरैको दशैँ सकिएकै थिएन। खोजेकै मान्छे भेट्न केही बेर कुर्नुपर्यो। उमेरले सत्तरी काटी सकेका बद्रीमानसँगको वार्ताको सुरु नै दशैंबाट भयो।
"हाम्रो जातलाई चाडबाड नै धेरै लाग्छ, त्यसैले पछाडि परियो" बद्रीमानले आफूले सुनेका, भोगका र देखेका कुरा हामीलाई सुनाउन थाल्नुभयो। बेला बेलामा हामीले कुनै कुरा बुझ्न नसके प्रश्न सोध्दै जाने गर्थ्यौं।
डेढगाउँलाई पहिले ३२ से र रकुवालाई ५ सय भनिन्थ्यो। डेढगाउँमा दरैहरुको ३२ घर भएकाले ३२ से भनिएको हो। बद्रीमानका अनुसार उहाँले थाहा पाउँदा सम्म डेढगाउँ फाँटमा काईडाँडे मुखीया र तिम्सीना परिवार मात्र हुनुहुन्थ्यो। अरु सब रकुवा र डेढगाउँकै कोटथर, बाहुनथरमा बस्नुहुन्थ्यो।
दरैहरु गाई बस्तु पाल्ने र माछा मार्ने काममा विशेष रुचि दिन्थे। उतिबेला डेढगाउँमा नहर नभएकाले घैया र मकै उनीहरुले उब्जाउ गर्थे। दरै जातिले मलका लागि गाई बस्तु पाल्थे। दूध घ्यू मा दरै जातिको रुचि थिएन। अलि अलि भएको घ्यू त्रिवेणी, बुटवल पुर्याएर बेच्ने र नुन, तेल, कपडा लिएर आउँथे दरैहरु।
दुई साताको लागि सामल बोकेर, बाख्रा, सुठो, अदुवा सहपुर सम्म लगेर बेचेको अनुभव बद्रीमानले सुनाउनुभयो। तीहारे औंशी र माघे सक्रान्ति दरै जातिको मुख्य पर्व हो। चाडबाडमा चेलीबेटी बोलाउने र पीतृलाई खुवाउने दरैहरुको विशेषता रहेको छ। दरै जातिले बनाउने मुना (जाँड), जाँडलाई महिनौं, वर्षौ राखेर बनाइने मनुवा अहिले पनि यस क्षेत्रमा निकै प्रचलित छ।
अतिथि सत्कारमा असाध्यै ध्यान दिने दराईहरु कोही पाहुना आए भने मुना र माछा- मासु खुवाउन पाउँदा खुशी हुन्छन्।
आफ्नै जातमा प्राय भागी विवाह गर्ने परम्परा दरै जातिमा रहेको छ। मागेर विवाह असाध्यै कम हुन्छ। विवाह भइसकेपछि छोरीलाई माइतिमा बोलाएर टिका दिने चलन यस जातिमा रहेको छ। यो जातिको आफ्नै पुजारी छैनन्। मर्दा पर्दा बाहुन ल्याएर चोखिने चलन दरै जातिको रहेको छ। दरै जातिमा विशेष गरी लोग्ने मानिसले पटुका वाँध्ने र महिलाले गुन्यु चोलो लगाउने चलन छ।
आफ्नै मातृभाषा भएका दरैहरु नाचगानमा रुचि राख्छन्। असोज देखि माघसम्म हरेक साँझ झाम्रेमा रम्न रुचाउने दरैहरु माघ देखि जेठसम्म कौरामा झुम्थे। "पुराना पुस्ताका दरैहरुले अध्ययनमा उति सारो रुचि राखेनन्, विहान देखि राति सम्म मुना खाएर बस्नेले के को पर्ढाईमा अगाडि बढ्थे र?" बद्रीमानले भन्नुभयो, "विगतमा राम्रो खेत बारी दरै जातिको भए पनि बाहुन, क्षेत्री, नेवारले जब्बरजस्ति गरेरै भए पनि किन्थे।"
डेढगाउँमा चरनको अभाव दरै जातिको लागि पीरको कुरा हो । विगतमा गैंडीया देखि बालीघाट सम्म चरन भए पनि अहिले मानिस भरिए पछि अप्ठेरो परेको बद्रीमानले अनुभव सुनाउनुभयो।
विगतमा डेढगाउँमा तिरो उठाउने काममा दरै जिम्वाल र मुखीया हुने भए पनि तिन्को लेखा पढी नहुँदा लेखापढी गर्ने बाहुन क्षेत्रीले आफूहरुलाई ठगेको अनुभव बद्रीमानले सुनाउनुभयो।
तर, विगतको जस्तो अवस्था अहिले भने छैन, डेढगाउँमै पनि १० जना भन्दा धेरै दरैहरुले एस एल सी उतिर्ण गरिसकेका छन्। "अब हामीलाई कसैले हेप्न सक्दैन" जुद्धबहादुर दरैले भन्नुभयो, "दरै भाषा र जातिको संरक्षणका लागि अब दरैको युवा पुस्ता नै सक्रिय हुनुपर्छ।"

पाठक पत्र
निजी स्रोतका शिक्षकको पीडा
समान योग्यता भएकाहरुले उही समयमा एउटै काम गरेपछि सबैले बराबरी ज्याला पाउनु सामान्य सामाजिक न्याय हो। तर, नयाँ नेपालमा पनि विभेदको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। हामी सरह नै आई ए पास भएकाहरुले उही कक्षालाई उति नै पीरियड स्कूलमा पढाउँदा मासिक नौ हजार रुपैया तलब बुझ्छन् भने म लगायत केही सहकर्मीहरुले मासिक एक हजार सात सय रुपैयामा काम गरिरहेका छौं।
२०६३ माघ देखि डेढगाउँ उच्च मा. वी मा प्राथमिक कक्षामा अध्यापन गर्ने मलाई सुरुमा महिनाको एक हजार दुइ सय रुपैया दिइन्थ्यो। बीचमा अरु शिक्षकको तलब बढ्दा तीन सय रुपैया बढाएर पन्ध्र सय पुर्याइयो।
अहिले नयाँ बजेट आउँदा अर्थमन्त्री बाबुराम भट्टर्राईले माथि देखि तल सम्म सबै कर्मचारीलाई महंगी एउटै हुन्छ भन्दै दुई देखि तीन हजार रुपैया सम्म बढाउनुभयो। तर हामी जस्ता स्थानीय स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकाको लागि भने विद्यालयले भने महिनाको दुई सय रुपैया मात्र बढायो।
विगतमा गाविसले एक वर्षमा पाउने अनुदान १० लाख रुपैया मात्र भएकोमा अहिले बढेर ३० लाख रुपैया सम्म पुगेको छ। त्यस अनुपातमा स्थानीय स्रोतबाट अध्यापन गर्ने हामी शिक्षकको तलबमा पनि समयानुकल वृद्धिको माग गर्नु नाजायज हो जस्तो लाग्दैन। सम्वन्धित पक्षको यस तर्फ ध्यान जाओस्।
संगीत ओझा
शिक्षक, डेढगाउँ उच्च माध्यमिक विद्यालय

Subscribe to:
Posts (Atom)