Monday, March 9, 2009

हाम्रो देश नेपाल

हाम्रो देश नेपाल
पदम सिंजाली
डेढगाउ - ३

हाम्रो देश नेपालमा जलका स्रोत छन् धेरै
यहीं नेपाललाई विद्युत्को मात्रा थोरै
हे जनता अव त गरौ मिली विकास
हुनुपर्छ हामी सवैमा आत्मविश्वास

जनसंख्या बढेर यहाँ बाच्न गाह्रो भो
देशको मुहान फेर्न सके बल्ल बाच्नु सार भो
अव त नेपाललाई जगाउन यँहा चेतना
देशलाई विकास गराउने यो मेरो सपना

पुरा गर हे अव जन्मिएका कर्णधार
यहीं नै हुनेछ देशलाई ठूलो उपहार
हरियाली वनजङगलले भरिएको नेपाल
हिमचुली एवम् समथर जमिन र ठूला ठूला पहाड

यहीं छ विश्वमै अग्लो सगरमाथा
बचाई राख्नु यो नेपालको संस्कृति सदासदा
चन्द्र सूर्य अङकित छ हाम्रो देशको झण्डा
फरक छ हाम्रो झण्डा अन्य देशको भन्दा
गाह्रै पर्ला फर्किन हेरेर नेपालको मुहार
यही छ मेरो देशलाई कविताको उपहार ।