Saturday, September 20, 2008
हुलाकको स्थिती जर्जर
डेढगाउ, नवलपरासी
हाल देश भरकै हुलाक सेवा जर्जर भइराखेको अवस्थाको प्रभाव डेढगाउमा पनि परेको छ । रकुवा इलाका हुलाका कार्यालय डेढगाउमा प्राय: सुनसान र खाली देखीन्छ ।
एक खरदार र दुइ हल्करा दरवन्दी पाएको यस हुलाकमा २०६३ सालबाट तत्कालिन खरदार हरि पनेरु सरुवा भएर गएपछि हालसम्म पनि कुनै खरदारले पाइला टेकेका छैनन् भने कार्यालयको प्रशासनिक काम देखी चिठ्ठी रजिष्टर, गाउ-गाउमा पत्र डेलिभरी समेतका सम्पूर्ण काम एकजना हल्करा भिमप्रसाद घर्तीले गर्नुपरेको छ।
दुइ मध्य एकले २०६२ सालबाटै अवकास पाइसकेपछि हाल उक्त हुलाकमा एक हल्करामा सिमित हुन पुगेको हो। कार्यालयमा अर्का दुइजना हुलाकी करारमा नियुक्ती छन्। तर उनीहरु पनि निरक्षर भएको कारण सेवा चुस्त हुन सकेको छैन।
"मेरो व्यथा जिल्लामा सुनाउदा ल ल मा त्र भन्छन्" भन्दै दुखेसो पोख्नु हुन्छ भिमप्रसाद घर्ती । जिल्लाकै विकट गा वि सको हुलाकमा टिकट आइपुग्न महिनौ लाग्दा गाउलेको हप्काइ समेत खानु पर्दा निकै दुःख र निराशा लाग्ने कुरा व्यक्त गर्दै भिमप्रसाद अघि भन्छन् "यो स्थिति कहिलेसम्म रहने होला?’
सिलाई कटाइ तालिम सम्पन्न
डेढगाउ, नवलपरासी
पछौटेपन उन्मूलन समाज (वेस) पाल्पाले डेढगाउमा तीन महिने निःशुल्क सिलाइकटाइ तालिम सम्पन्न गरेको छ। वेस पाल्पाको नवलपरासी जिल्लाको सेवाक्षेत्रका ९ वटा गा.वि.स. का एक एक जना युवतीहरुलाई वेरोजगरी समस्या हल गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।
उक्त तालिममा सहभागी ९ जना युवतीहरु मध्ये डेढगाउ, रकुवा र मिधुकरम गा.वि.स. का प्रशिक्षार्थीहरुलाई खाजा खर्च बापत मासिक रू ५००।- का दरले र अन्य ६ गा.वि.स. का सहभागीहरुलाई कोठा तथा खाजा, खाना खर्तबापत मासि रू १५००।- का दरले सुविधा उपलब्ध गराइएको थियो।
साथै तालिममा सहभागी सबैलाई संस्थाका तर्फाट एक/एक वटा उषा सिलाइ मेशिन समेत निशुल्क उपलब्ध गराइएको थियो। तीन महिने सिलाइ कटाइ तालिममा सहभागीहरुले पेटीकोट, खापावाला कट्टु गेम कट्टु, मेक्सी, कुर्ता, सुरुवाल, सर्ट, ब्लाउज, चोलो र जागे गरी एघार वटा विषयमा तालिम दिइएको कुरा प्रशिक्षक धर्म मालीले बताउनुभयो।
उक्त तालिमको समापन समारोह गाउ बाल संरक्षण समिति डेढगाउका संयोजक छविलाल ओझाको अध्यक्षता, डेढगाउ उच्च मा.वि.का प्राचार्य राम बहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा विभिन्न संघसंस्थाका प्रमुख पार्टी प्रतिनिधि, बालक्लब प्रतिनिधि लगायत आमा समूहले प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
समापन समारोहमा विभिन्न वक्ताहरुले प्रशिक्षार्थीहरुले वेस पाल्पाको सहयोगमा आफूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतारी वेरोजगारी लगानीलाई खेर जान नदिन पनि आव्हान गर्नु भयो ।
तालिममा मेशिन खरीद गर्दा रु.४९९५०/- प्रशिक्षकहलाई तलव भत्ता रु.२४०००/- र प्रशिक्षार्थी भत्ता रु.३१५००/- गरी जम्मा रु.१०५४५०/- एकलाख पाचहजार चारसय पचास रुपैया खर्च भएको स"स्थाकी सामाजिक परिचालक श्रीमती टीकामाया लामिछानेले बताउनु भयो ।
तालिममा लाग्ने सम्पूर्ण खर्च बेस पाल्पाले व्यहोर्ने भनी उद्घाटन समारोहमा व्यक्त गरिएता पनि मसलन्द खर्च बापत लागेको रकम रु.२०७४/- दुई हजार चौरहत्तर रुपैया प्रशिक्षार्थीहरुबाट उठाउने परेको प्रशिक्षक धर्म मालीले बताउनु भयो ।
आयुर्वेदमा चाप बढ्यो
उज्ज्वल ओझा
डेढगाउ, नवलपरासी
डेढगाउ आयुर्वेद औषधालय, नवलपरासीमा आथिक यो वर्ष विगत वर्षको तुलनामा बिरामीहरुको चाप बढेको छ । यो एक वर्ष बिचमा कुल १७६१ जना गाउवासीहरुले आफ्नो स्वास्थ्य जाच गरेका छन् । संस्थामा ग्यास्टीक रोगबाट ७०० बढी र अन्य विभिन्न रोगबाट बाकीहरुले स्वास्थ्य जाच गराएका छन् । कुल बिरामीहरुमा ७०% बढि महिलाले आफ्नो स्वास्थ्य जाच गराएका डेढगाउ आयुर्वेद औषधालयका कविराज मुकेश कुमारसिंह बताउनु हुन्छ।
यस्तै एक वर्ष बीचमा आयुर्वेद औषधालयले सुत्केरी, जेष्ठ नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको औषधी आयुर्वेद औषधी) १०० बढिलाई वितरण गरेको रेकर्ड पाइन्छ भने आयुर्वेदकै नेतृत्वमा धामी झाक्री कार्यक्रम अर्न्तत यस आयुर्वेद कार्यालयका तर्फबाट जिवनाथ कुवर र तुलसीराम लम्साल डेढगाउ लाई धामीझाक्री दुइदिने गोष्ठीमा कावासोती पढाउने काम पनि गर्यो।
यस्तै स्थानीय रुपमा उपलब्ध जडीबुटीहरु जस्तैः असुरो, सिमली, वेलपत्र जस्ता उपलब्ध जडिबुटीहरुलाई स्थानीय स्तरमै चूर्ण बनाइ वितरण पनि गरेको कुरा कार्यालय सहायक रामु चालिसे बताउनु हुन्छ भने सरकारी र गैह्र सरकारी स्तरबाट गरि विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा पनि विगत १ वर्षा आयुर्वेद कार्यालयले स्वास्थ्य सहयोगीको भूमिका निभाएको थियो ।
यस्तै गत वर्षै आयुर्वेद कार्यालयले स्कूल हेल्थ कार्यक्रम अर्न्तगत डेढगाउ उच्च मा.वि. डेढगाउका कक्षा ८ र ९ का विद्यार्थीहरुलाई स्वास्थ्य र आयुर्वेद सम्बन्धी जानकारीका साथै स्वास्थय जाच गराएको कुरा पनि कविराज सिंहले बताउनु भयो ।
नवलपरासीको उत्तर पश्चीमी विकट गा.वि.स.हरु डेढगाउ, रुचाङ, मिथुकरम, रकुवा, भारतीपुर र व्याघानलाई सेवा क्षेत्र भित्र काम गरि राखेको उक्त आर्युवेदमा तनहुको र पाल्पाका केहि गा.वि.स. भित्रका जनसाधारणहरुले पनि स्वास्थ्य सेवा लिने गरेको बताइन्छ भने २०६४ मंसीरमा एकमुष्ठ १९ कार्टुन औषधी आर्युवेद विभागबाट प्राप्त भएपछि यो समाचार तयार पार्दासम्म थप औषधी आउन सकेको छैन । यसको बारेमा जिल्ला आर्युवेद स्वास्थय केन्द्र अरुण खोला नवलपरासीमा पटक-पटक जानकारी गराउदा जिल्ला आयुवेद स्वास्थ्य केन्द्रबाट निर्मित औषधी ३०-३५पन उपलब्ध भएको तर केन्द्रबाट औषधी आउन नसक्दा बिरामीहरुलाई औषधी बिना फर्काउनु पर्ने बाध्यता रहेको कविराज सिंह बताउनु हुन्छ।
यस्तै आयुर्वेद विभागद्धारा लगभग २८ लाख ७५ हजार खर्चमा निर्माण गरिएको डेढगाउ आयुर्वेद भवनको सुविधा सम्पन्न उपलब्ध भएको तर केन्द्रबाट औषधी आउन नसक्दा बिरामीहरुलाई पाच कोठामा औपचारीक रुपबाट कार्यालय सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।
ठेकदार मणिभद्र पण्डीत -गितानगर-चितवन) निवासीले डेढगाउका सुदर्शन श्रेष्ठलाई दिनुपर्ने केहि रकम नदिएको कारण देखाइ निज सुदर्शन श्रेष्ठले आयुर्वेद भवनको एक कोठामा सामान सहित चावी लगाएर आफ्नो व्यापारिक सिलसिलामा डेढगाउ बाहिर भएको अवस्था र उक्त कुरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुखले भरतपुर भवन डिभिजन कार्यालयलाई पत्र लेखी पठाउदा समेत वास्ता नभएको अवस्थाले गर्दा हालसम्म पनि भवन फरछ्यौट हुन नसकेको उक्त भवनको केहि झ्याल, वायरीङ्ग लगायत केहि रकम समेत अलपत्र परेको कुरा कार्यालयका कविराज मुकेश कुमार सिंह बताउनु हुन्छ ।
युवा दिवसमा अर्न्तक्रिया
अर्न्तक्रियाको विषयवस्तु वर्तमान अवस्थामा युवा युवतीका समस्या र अब बन्ने संविधानमा युवाहरुका लागि उठाउनु पर्ने सवालहरु विषय रहेको थियो । अर्न्तरक्रियामा सहभागी व्यक्तिहरुलाई बेस पाल्पाका सामाजिक परिचालक भीम बहादुर थापाले हार्दिक स्वागत गर्दै अन्तरिम संविधान २०६३ तथा संविधान सभा सदस्य निर्वाचन तथा वर्तमान समसामयिक विषयवस्तुमा सामान्य जानकारी दिनु भएको थियो ।
अर्न्तक्रिया कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई दर्ुइ समूहमा विभाजन गरी प्रत्येक समूहमा छलफल गरी निष्कर्षा आएका कुराहरु टिपोट गरी प्रस्तुत गरिएको थियो ।
अर्न्तक्रियामा व्यवहारिक र गुणस्तरीय शिक्षा नहुनु सीपमूलक तालिम नदिइनु युवा अधिकारका सम्बन्धमा उचित नितिनियमको व्यवस्था नहुनु, अपाङ्ग तथा महिलाहरुका लागि रोजगार मूलक तालिमको व्यवस्था नहुनु, गाउँघरमा प्रयाप्त स्वास्थ्य संस्था र औषधोपचार नहुनु, समाजमा विसङ्गति, विकृति बढ्दै जानु, भेदभाव जस्ता समस्याहरु उल्लेख गरिएको थियो ।
युवाहरुको हक अधिकारको सुनिश्चित गरी उचित निति नियमको व्यवस्था गर्नु पर्ने, व्यवहारिक निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था गरी रोजगारीको ग्यारेन्टी गर्नु पर्ने, युवाहरुलाई, विदेश भित्रिन नदिइ देशभित्रै उचित परिचालन गर्नुपर्ने, ठाउँठाउँमा युवा सूचना केन्द्र स्थापना गर्नुपर्ने, अपाङ्ग, दलित, जनजातिका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने, ठाउँ-ठाउँमा प्रयाप्त अस्पतालहरुको स्थापना गरी निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने जस्ता सवालहरु अब बन्ने संविधानमा उल्लेख गर्नुपर्ने निचोड निकालिएको थियो ।
जनताद्वारा नै सम्पन्न हुने भयो मोटर बाटो
पछि आर्थिक वर्ष२०६४-०६५ को वजेट -रु.२५०,०००) उक्त बाटोमा पर्ने निधो भए पछि पुन डोजर हाल्ने कुरा सम्पूर्ण जनतामा खुसी छाएको थियो ।
तर २०६४ सालमा बाटोका इन्जिनियर ल्याएर र्सर्वेक्षण गर्दा वडा नं. ५ र ६ को बीच भाग तिर पर्ने भोर्ले भिर खण्डमा निकै बलियो पहाड भएको कुरा थाहा हुन आएपछि कतै डोजरले उक्त पहाड फोर्न नसक्ने पो हो कि भन्ने शंकामा सबै जनता परे पछि मोटर बाटोको समितिको बैठक बसी जनताद्वारा नै बाटो खन्ने निर्णय गरेको हो । उक्त निर्णय भए पछि वडा नं. ४ र ५ का जनताद्वारा नै सो बाटो खन्न सुरु गरियो । हाल जौवारी हुँदै मिथुकरम देउराली र डेढगाउँ जोडिएको मोटर बाटोको देउराली खण्डमा जोडिएको छ ।
तर भोर्ले खण्डमा भएको पहाडको केही भाग भनि बाँकी नै रहेकोले बाटो सुचारु भैसकेको छैन । तर पनि उक्त पहाडलाई केही दिनमा नै फोरेर निर्माण पुरा गर्ने बाटोमा संलग्न जनताहरुले दावी गरेका छन् ।
अध्यारो भयो गाउँ घर
सुन्धारा, तनहुँ
गत ३ महिना देखि गाउँमा मटितेल नपाउँदा डेढगाउँ, रकुवा घिरिङ्ग सुन्धारा गा.वि.स. वरिपरीका जनजीवन कण्टकर भएको छ । राती अबेरसम्म बत्ती बालेर पढ्ने विद्यार्थीहरुको अध्ययनमा यसले गम्भीर असर पारेको छ भने किसानहरु राती अवेर सम्म घरायसी काम गर्न सकेका छैनन् । मटितेल पाइन छाडेपछि सक्नेले घरमा सोलार राखेका छन् भने न्यन आय हुनेहरु सेल बेट्रीबाट चल्ने टकीमारा किनेर उज्यालो पादै छन् ।
स्थानीय पसलहरुमा प्रतिलिटर रु.८० देखि १०० मट्टतिेलको भाउ भए पनि मट्टीतेल भने पाइएको छैन। गाउँमा चल्ने डिजेल राइस एवं तेल मिलहरु पनि डिजेलको अभावमा बन्द रहेकोले परम्परागत ढिकी जाँतो नै प्रयोग बढ्दो छ ।
बैदेशिक रोजगार आंशु-हांसो दुवै
सन्धारा, तनहुँ
विदेश गई पैसा कमाउने उद्येश्यले नवलपरासी, पाल्पा, तनहुँ सहितका विभिन्न गाउँबाट खाडी मुलुक कतार, साउदी अरब, दुवई, वहर्राईन, कुवेत, ओमन र मलेसिया जानेको संख्या बढ्दो छ । वेराजगार युवाहरु महङ्गो व्याजदरमा ऋण लिएर र घर जग्गा धितो राखेर रोजगार दिने कम्पनी, एजेन्ट र आफन्तले पठाएको भिषाबाट विदेशीने गरेका छन् ।गएका मध्ये धेरैले थोरै तिनो कमाएर ल्याउन सके पनि कतिपयले आफू गएको ऋण समेत तिर्न नसकी थप ऋणको भार सहित फर्कि भएको घर जग्गा साहुलाई नै दिन्छन् भने कयौको विदेशमा मृत्यू भै परिवारको विचल्ली पनि भएको छ ।यस्तैमा विदेशमा गै मृत्यू ह’नेहरुमा रकूवा-३ खैरेनीका लाल बहादुर विष्ट -मलेशिया) स’न्धारा-९ कोल्डांडाका टेक बहादुर थापा -साउदी) सुन्धारा-१ गडौलीटार रेख बहादुर कुमाल -साउदी) का मृत्यू भएपछि श्रीमती र सन्तान सहारा विहिन भएका छन् । यसै गरी गत भदौमा साउदी अरब गएका सुन्धारा-१ गडौलीटारका ओम बहादुर कुमाल गएको ५ महिना भै मृत्यू भएपछि श्रीमती रञ्जु र ३ सन्तानको विचल्ली भएको हो ।विदेश गै पैसा कमाउने र परिवारलाई सुख सयल गरी पाल्ने आशाले गएको घरम"लीको परदेशमै मृत्यू भएपछि उनी गएको ऋण समेत तिर्न रञ्जुलाई समस्या परेको छ ।विदेश पुगेर पनि मेडिकल फेल हन, कम्पनी टुट्ने, भने अनुसारको तलब र काम नपाउनु, छिट्टै करार सकिई स्वदेश र्फकनू परेकाले पनि कयौ नेपाली यूवा थप ऋण र समस्या बोकेर र्फकन्छन् ।
Tuesday, July 29, 2008
पहाडी भेगको समस्या समाधान नगरी नवल परासी क्षेत्र नम्बर २ को विकास हुन्न
काठमाडौं ।
नवलपरासी क्षेत्र नम्बर दुइबाट संविधान सभा निर्वाचनमा विजयी संविधान सभा सदस्यहरुलाई नवलपरासी बुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिले गत साउन ११ गते एक कार्यक्रमका बीच काठमाडौंमा अभिनन्दन गर्यो ।
अभिनन्दन कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर दुइबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधान सभा सदस्य महेन्द्र ध्वज जी सीले डेढगाउँ, रकुवा, मिथुकरम सहितका गाविसमा रहेका विभिन्न समस्याका विषयमा आफूलाई थाहा भएको बताउँदै ती समस्या समाधान गर्न आफ्नो तर्फाट पहल हुने आश्वासन दिनुभयो ।
उहाँले डेढगाउँमा मोटर चल्ने पक्कि पुल बनाउने, डेढगाउँको उपस्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्र बनाउने, डेढगाउँ सम्मको मोटरबाटोलाई थप सुधार गर्ने लगायतका विषयलाई आफूले प्राथमिकता दिनेमा जोड दिनुभयो ।
जि सीले पहाडी भेगको समस्या र तिनका समाधानका बारेमा आफूलाई समय समयमा सुझाव दिइरहन बुङ्ग्दी काली समाजका सदस्यहरुलाई अनुरोध पनि गर्नुभयो ।
यस्तै क्षेत्र नम्बर दुइबाटै समानुपातिक निर्वाचन प्रणालि अन्तरगत नेकपा एमालेका तर्फाट संविधान सदस्यमा निर्वाचित रोशन गाहा मगरले नवलपरासी क्षेत्र नम्बर दुइका बासिन्दाका लागि आफ्नो तर्फाट आवश्यक सहयोग सँधै रहने बताउनुभयो । क्षेत्र नम्बर दुइ अन्तरगत पहाडी भाग विकट भएको भन्दै मगरले पहाडलाई प्राथमिकता दिएर काम गर्न सकेमा मात्र आफ्नो क्षेत्रको विकास हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका सल्लाहकार होमनाथ भट्टर्राईले पहाडी भेगको समस्याका बारेमा जानकारी दिदैं मधेसको थारु भिलेज देखि पोखरा सम्म पर्यटकीय मार्गको रुपमा पहाडी भेगलाई प्रयोग गर्न सके त्यस क्षेत्रको विकास हुनेमा जोड दिनुभयो । उहाँले पहाडी भेगको समस्या समेटेर संविधान सभा सदस्यहरुलाई वितरण गर्न तयार पारिएको माग पत्र पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका अध्यक्ष श्रीलाल ठाडा र प्रमुख अतिथि रकुवा गाविसका पूव अध्यक्ष दुग बहादुर राना मगरले संविधान सभा सदस्यहरुलाई अभिनन्दन गर्नुभएको थियो ।
नवलपरासी क्षेत्र नम्बर एकका संविधान सभा सदस्य शशांक कोइरालालाई पनि अभिनन्दनका लागि बोलाइएको भए पनि कार्यक्रममा उपस्थित हुनुहुन्थेन ।
कार्यक्रमा इन्जीनीयरहरु तेज प्रसाद ओझा, देवीराम थापा, वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत ज्योति चन्द्र ओझा, नेपाल प्रहरीका डी एस पी रामप्रसाद श्रेष्ठ, सनलाइट बोर्डिङ स्कूलका प्रिन्सीपल हरी ओझा, कान्तिपुर टेलिभिजनका पत्रकार सुरेन्द्र पाण्डे अल एसीया इन्टरनेशनलका प्रवन्ध निर्देशक रामचन्द्र ओझा सहितका व्यक्तिहरुको सहभागीता थियो ।
Friday, July 18, 2008
डेढगाउँलेलाई मोटरसाइकल चोरेको अभियोग
पोखरा, कास्की
गत असारको तेस्रो साता पोखरा र काठमाडौंका धेरै पत्रपत्रिका, एफ एम रेडियो तथा टेलिभिजनमा डेढगाउँको नाम आयो । तर, राम्रो कुरामा नभएर मोटरसाइकल चोरेको अभियोगमा डेढगाउँको नाम आएको हो ।
काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, पोखराबाट प्रकाशित हुने समाधान दैनिकले घरमा पनि ढुक्क नहुनुस्, चोरिन सक्छ मोटरसाइकल शिर्ष दिएर डेढगाउँलेले पोखरा र त्यसवरपरबाट मोटरसाइकल चोरेर नवलपरासी तथा बारामा समेत पुर्याएकेा समाचार प्रकाशित गरे ।
यसरी मोटरसाइकल चोरेको अभियोगमा पक्राउ पर्नेमा डेढगाउँ सिंहटारीका गोविन्द खत्री -प्रकाश) र डेढगाउँ ४ का हरी सारु मगर रहेका छन् । यस्तै चोरीको मोटरसाइकल प्रयोग गरेको अभियोगमा डेढगाउँ ५ का हुम बहादुर बि.क पनि पक्राउ परेका छन् भने प्रहरीले केरमटारका अर्जुन विकलाई खोजी गरिरहेको पत्रिकाले प्रकाशित गरेको छ ।
संचार माध्ययमा आए अनुसार पोखराका ट्राफिक प्रहरी नायव निरिक्षक डम्बर गिरीको नेतृत्वमा गएको टोलीलाई डेढगाउँमा मोटरसाइकल चोरेको अभियोग लागेकाहरुले कुटपिट समेत गरेका थिए ।
पक्राउ परेकाहरुले दिएको वयानका आधारमा १० वटा मोटरसाइकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Wednesday, July 16, 2008
निःशुल्क तालिम लिने मान्छे पनि भएन
केरमटार, डेढगाउँ
पैसा दिएर सीप सिक्छु भन्दा पनि जहाँ तही सिक्न पाइदैन तर यहाँ भने निशुल्क सीप सिकाइदिन्छौं भन्दा पनि सिक्ने मानिस कोही आएका छैनन् । डेढगाउँ-३, केरमटारमा फलामको समान निर्माणको काम सिकाउने तालिम केन्द्र खोलिएको १ महिना भन्दा धेरै भइसक्दा पनि अहिलेसम्म कसैले पनि तालिममा इच्छा देखाएका छैनन् ।
डेढगाउँ ५ का विश्वकर्माहरुलाई लक्षित गरी फलामको काम सिकाउन गाउ विकास समितिले २५ हजार रुपैया निकासा गरिसकेको छ । तारा बहादुर वि.क.को अध्यक्षतामा तालिम सञ्चालन समिति गठन भइसके पनि फलामको काममा कोही आकषिर्त नभएका वि. क. ले बताउनुभयो ।
नयाँ पिढीले यो काम नसिके डेढगाउँमा फलामको समान निर्माण हुन नसक्ने र बजारको महङगो समान किन्न वाध्य हुनुपर्ने वि.क.को भनाई छ । डेढगाउँ र यस वरपर अहिलेसम्म पनि बाली प्रथामा फलामको काम गरिन्छ ।
सरकारी स्कूलमा एक कक्षा देखि नै अंग्रेजीमा पढाई
मचेडी, मिथुरकम
मचेडीको धर्मात्मा माध्यमिक विद्यालयको प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पर्ढाई सुरु भएको छ । गत जेठमा भएको अभिभावक भेलाले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने भन्दै एक कक्षा देखि नै अग्रेजी माध्यमबाट अध्यापन गर्न थालिएको हो ।
जिल्ला शिक्षा अधिकारीको सहमति पछि अंग्रेजी माध्यममा पढाउन थालिएको प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले बताउनुभयो । अँग्रेजी माध्यममा अध्यापन गर्नका लागि झापामा रहेको भुटानी शरणार्थी शिविरबाट ४ जना शिक्षक ल्याइएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
विद्यालयले गरिब, असहाय बालबालिकाका लागि छात्रवृत्तिको तथा निशुल्क पढाइको व्यवस्था पनि गरेको छ । अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि बालबालिका र तिनका अभिभावक हषिर्त छन् । अग्रेजी माध्यममा पर्ढाई हुन थालेपछि विद्यार्थीको चाप पनि बढेको छ ।
तर केही अभिभावकले भने अँग्रेजीमा पढाउने निर्णय गरे पछि विद्यालयले निश्चित शुल्क लिन थालेकाले त्यस्ले आर्थिक स्थिति कमजोर हुने अभिभावकलाई अप्ठेरो परेको बताएका छन् ।
विद्यालयले गरीब तथा निसहाय बालबालिकालाई निशुल्क अध्यापन गराउन भने पनि आफूहरुसँग शुल्क मागेको अभिभावक बाबुराम भण्डारीले बताउनुभयो । आर्थिक कमजोरीको कारणले धर्मात्मा स्कुलमा पढिरहेका छोरछोरीलाई कृष्ण गण्डकी प्रा.वि.मा पढाउन थालेको भण्डारीको दावी छ ।
बाटो बनाएर शिक्षकलाई तलब
खर्सानटार, दरैगाउँ
डेढगाउँ गा.वि.स.का केही वडाका गाउँलेले गाउँ भित्रका भित्रि मोटर बाटो निर्माण गरेर स्थानीय शिक्षकलाई तलब दिने प्रयासमा लागी परेका छन् । गाउँलेले जनश्रमदान विकास निर्माण गरी गाविसले उपलब्ध गराएको रकम शिक्षा क्षेत्रमा लगानी गरेका हुन् ।
वडा नं. ६ बासीले भुरुङ्गे-वैडा हुदै काली पुल सम्मको मोटर बाटो खनेर त्यसबाट आएको ७० हजार रुपैयाले बाल कल्याण नि.मा.वि. मा स्थानीय तहमा शिक्षक राखेको छ ।
वडा नं. ९ बासीले ढुवाडबाट ढोड भञ्याङ्ग खण्डको बाटो निर्माण गरेर २८ हजार पाँच सय रुपैया जम्मा गरी गत वर्षपढाएर पनि तलब नपाएका शिक्षकहरु खिमु भूजेल, माया भण्डारी र भोजमाया खाणलाई पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।