भोट हाल्ने एक दिनका लागि लाखौं लाख तिरेर खेताला विद्यार्थी भर्ना गर्नेहरु देख्दादेख्दै पनि कोहीकोहीले युवा पिंढीलाई देशको जिम्मा दिने हो भने देश सुध्रिन्छ भनेको सुन्दा भाउन्न हुन्छ मलाई त।
Tuesday, May 21, 2013
Sunday, May 19, 2013
भालु आएर गहुँ हेर्दै फर्कदैं गरेको छ
'भालु आएर गहुँ पाकेको छ कि छैन भनेर हेर्दै फर्किने गरेको छ। अब पाकेपछि भालुबाट गहुँ कसरी जोगाउने होला। त्यही पीर छ मलाई', सोलुखुम्बु थाप्रेकी काईंली तामाङ, फाप्लुबाट जिरी हिंडेर फर्कदै गर्दा भेटिएकी।
यिनकै होटलमा एक कप नेपाली चिया र अर्को कप सु चिया पिएर हामी पिके पिक सम्मको भञ्ज्याङको यात्रा गरेका थियौं।
Monday, May 13, 2013
भ्रष्टाचार विरोधी संस्थाका अध्यक्ष
भ्रष्टाचार विरोधी जिल्ला स्तरीय संस्थाका अध्यक्षले फोन गरे- यसपालि एसएलसी दिएको छोराको पढाई एकदम राम्रो छ। परीक्षामा बिगारेको केही छैन । कसैलाई यसो केही गरेर 'नेपाल टप' बनाउन सकिएला ? पर्यो भने बरु केही पैसा गर्छ गर्न पनि तयार छु। तपाईं त पत्रकार धेरै जनासँग परिचय होला। केही आइडिया छ कि भनेर फोन गरेको हुँ। - गज्जब नेपाल।
Tuesday, May 7, 2013
'लोकमान' प्रकरणले मानौं आन्दोलनकै रुप लेला
मानिसका कुरा पढ्दा त 'लोकमान' ले लोकको लागि हितै गर्छन् झैं पो छ एई । फेसबुक र टि्वटरमा 'लोकमान' प्रकरणले नयाँ आन्दोलनकै जन्म देला जस्तो । मानौं कि 'लोकमान' प्रकरणको अन्त्य हुने बेलासम्म नयाँ विचार भएको नयाँ पार्टी जन्मनेछ वा भएकै यिनै पार्टीबाट पनि भ्रष्टाचारलाई सहनै नसक्ने लोकतान्त्रिक, पारदर्शी र जन उत्तरदायी भएको नयाँ नेतृत्व आउनेछ र सुशासन दिनेछ। - धन्न यो आशा भन्ने चिज छ र केही भइहाल्छ कि भनेर मानिसहरु एउटा एउटा भाउँतोमा भुलिरहन्छन्।
Wednesday, May 1, 2013
Tuesday, April 30, 2013
काँग्रेसलाई फाप्ने चुनावी महिना
विगतमा कात्तिक महिनामा भएका चुनावहरुमा आफ्नो पक्षमा मत परिणाम राम्रा नआएकाले नेपाली काँग्रेसले कात्तिकको साटो मंसिरमा चुनाव गर्न दबाब दिइरहेको छ रे - के के सुनाउँछन् सुनाउँछन् साथीभाइ।
Tuesday, April 16, 2013
कानमा जतिखेर पनि इयरफोन
युवायुवतीले हिंड्दा/बस्दा/सवारीसाधनमा सधै कानमा ठेंडी मात्र घुसारेको देखेर एक बेलायती युवतीलाई सोधेको, 'किन हो यहाँकाले जतिखेर पनि इयरफोन लगाइरहने, गाना कति धेरै सुन्ने हुन् कि?' उत्तर आयो -'मान्छेले के के सोध्छन्, बोल्न खोज्छन्। इयरफोन कानमा घुसारेर नसुनिदिए झैं गरिदियो टन्टै साफ।'
Monday, April 15, 2013
विदेशबाट कोशेली बोक्दाको सास्ती
नेपालका आफन्तीलाई पठाएका कोशेलीहरुमा मैले सोचेभन्दा ८/१० किलो बढी नै माया गरिदिनुभएछ, साथीभाइले। एक किलो एक्स्ट्राको ३५ सय जति तिरेर ल्याउन सकिएन। घरी ह्याण्डब्याग ठूलो घरी लगेज ठूलो। डेढ घण्टा जति हिथ्रो एरयपोर्टमा पाउनु सास्ती पाइयो, यता कोचे नि हुँदैन उता कोचे नि हुँदैन। त्यही भएर पो विदेशबाट फर्किने बेला कतिजना सुटुक्क हिडिदिँदा रहेछन्।
Wednesday, April 10, 2013
कोही हुनुहुन्छ कुखुरालाई सम्झाइदिने
Recommended to read who loves- 'Many reasons to laugh'
आंगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगीले गम्न थालेछ– दर्शन ढुंगा पचाउन सक्ने यो कुखुराले कुनै दिन मलाई निल्न के बेर ! सोच्दासोच्दै अत्तालिएको ऊ चिच्याउन थालेछ– गुहार, कुखुराबाट बचाऊ !
जत्ति सम्झाए पनि माने पो ! आजित भएर परिवारजनले उसलाई मनोचिकित्सककहां पुर्याएछन् । सबै कुरा बुझेपछि डाक्टरले कुखुराको घांटी र पेट समेतको चित्र बनाएर सम्झाएछन्– अब त बुझ्नु भो, कुखुराले तपार्इंलाई निल्न सक्दैन भन्ने कुरा ? मनोरोगी सन्तुष्ट भएर घर फर्किएछ ।
तर यो के ? ऊ त भोलिपल्ट फेरि क्लिनिकमा आइपुग्यो, थर्थर काम्दै । मैले चित्र समेत बनाएर तपाइँलाई सम्झाएको होइन, फेरि किन डराएको ? जवाफमा उसले भनेछ– डाक्टरसा‘ब, मैले त अलिकति पढेको छु र तपार्इँको चित्र हेरेर कुरा बुझें । तर कुखुराले त कुरा बुझेको छैन नि । अनि, उसले क्वाप्लाक्क मलाई
निल्यो भने ?
अब ट्वां पर्ने पालो थियो डाक्टरको । यही कथाको हालत भयो हाम्रो मुलुकको । लौ न, कोही हुनुहुन्छ कुखुरालाई सम्झाइदिने !
(एमाले नेता प्रदीप ज्ञवालीको फेसबुक स्टाटस)
Saturday, April 6, 2013
Sunday, March 31, 2013
युवती नदेखेको ६ वर्ष भयो
कतारको भेंडिगोठमा भेटिएका एक नेपाली 'अरबको यो मरुभुमिमा आफूले युवती नदेखेको ६ वर्ष भयो। उता नेपालबाट श्रीमतीले फोनमा भन्छे, बिहे गरेर बसेको होलास् कतारमा, नत्र किन यतिबेलासम्म पनि आउँथिनस् घर ?'
Wednesday, March 6, 2013
नारी दीवसमा सम्मान
मार्च ८ - अन्तर्राष्ट्रिय नारी दीवस आएको बेला एक मित्रले भनेको सम्झेको - 'नेपालका धेरैलाई आफ्नी आमा, दिदी/बहिनी, भाउजु/बुहारी बाहेक अन्य सबै महिलाको अधिकारको चिन्ता हुन्छ।'
त्यस्तो भएकाहरुले यसपटक नारी दीवसको अवसरमा महिलामाथिको सम्मान आफ्नै घरबाट सुरु गर्ने प्रण गर्ने कि ?
Subscribe to:
Posts (Atom)
