Wednesday, December 8, 2010

मुर्ख र आशावादी हुनु नै राम्रो

I'd rather be optimistic and a fool than pessimistic and right. (चोरेको हो है। मेरै भनाई भनेर झुक्किनुहोला नि। )

शहराँ चिनीरोग बढेचन...

शहराँ चिनी रोगीहरु बढेजस्तो लाओ। एउटा चल्तिको शौचालयको पुरुष विभागमा गाको। पिसाब फेर्ने टब वरिपरि बथान मौरीहरु झुम्मिरहेका थिए। तिनले उत्पादन गर्ने मह कस्तो होला? धत्तेरिका मह खान नि डर लाओ....शुद्ध त केही पाइने जमनै रहने यार।

माउवादी सुध्रिएछन् त

कल्ले भन्च माउवादीहरु परिवर्तन भाछैनन् भनेर। माउवादी लडाकुले अमेरिकी राजदूत डेलिसीलाई आफ्नो शिविराँ स्वागत मात्र गरेनन्। हाम्रो सर्कारको पोल पनि लाइदिए रासन र पाकेट खर्च पाएनम् भनेर 

ई! एफएमले त हिन्दी फिलिमै बजाउन थालेछन् ...

काठमाडौआँ गोडा तिसेक एफएम स्टेसन छन् क्यारे। के के मात्र बजाउने हो र भनेर होला ? आजभोलि दुई तीन्टा एफएमले साँझ परेपछि पुरै हिन्दी फिलिमको अडियो बजाउन थालेछन्। लोडसेडिङ भा बेलाँ ठिकै छ। केटाकेटीहरु / बुढाबुढीहरु अलि कल्पनाशील नै होलान्....


Saturday, December 4, 2010

माओवादीको कुरा सुन्दैन क्या हो चीन ?

माउवादीलाई धोका हुने त होइन ? प्रचण्डले चाइना जाँदा चिनियाँलाई भारतसँग वार्ता गर्दा नेपालको नि कुरा गर्न भन्याथे। तर wikileaks मा त भारतीय विदेश सचिव निरुपमा रावको हवाला दिदै‌ चीनले दक्षिण एसियामा मध्यस्थकर्ताको भुमिका नखेल्ने भन्छ त बा।
Chinese Premier Wen Jiabao had told Prime Minister Manmohan Singh in Copenhagen th
at China has no intention of playing any mediating role in South Asia.

Cable sent 28/01/2010 C O N F I D E N T I A L SECTION 01 OF 04 NEW DELHI 000163
Dec 3 ·  ·  · Share

जीउ बिग्रियो...

कस्तो भो यार साला जीउ पनि। चिया-कफी दुई कप खायो रातभर निन्द्रा पर्दैन। नखाइबस्यो, पेट चिसो भइरहन्छ। जाडो लाओ भनेर तातो पानी खायो, नाक सुख्खा भइरहन्छ। लउ भएन चिसो पानी खायो, घाँटी दुख्छ...केही गरे सुख पाइएन यार...

Dec 3, 2010 1:17pm ·  · 

Friday, December 3, 2010

पोलेर खाने भए यार समय जति...

कति जान्या हुन् पार्टीहर्ले संविधान लेख्ने र शान्ति प्रक्रिया लम्ब्याउने तरिका। अस्ति नै माउवादी जति पालुङटार ग'र वार्ता भएन। अहिले एमालेका अध्यक्ष, प्रधानमन्त्री विदेश गएर वार्ता हुन पाछैन। अब उनीहरु फर्किएसी बैठक गरेर मिलाउलान् नि भनेको त। माउवादीले हिजो आज गर्ने भनेको केन्द्रीय कमिटी बैठकलाई दुई साता पर सारेछन्। अब एमालेहर आएसी फेरि माउवादी बैठकाँ ब्यस्त हुने होलान्। पोलेर खाने भए यार समय जति..


किन पाए हउ प्रधानमन्त्री नेपालले पुरस्कार?

कम्बोडिया गाका प्रधानमन्त्री नेपालको हवाई रुट खत्रा रच। काठमाडौंट ३ घन्टाँ बैंकक र त्यहाँट १ घन्टाँ नोम्पेन्ह पुगिने यात्रा छोडेर जहाज चढ्न रमाउने भर होला प्रधानमन्त्री नेपाल यहाँट ५ घन्टाँ दोहा, त्यहाँट ७ घन्टा पूर्व बैंकक र १ घन्टा उडेर नोम्पेन्ह गएचन। त्यही धेरै उडे भनेरै हो कि के हो उन्लाई त कम्बोडियामा 'आइक्याप लाइफ टाइम एचिभमेन्ट अवार्ड' दिएछ नि। क्यार्न पर्छ हो त्यो पुरस्कार पाउन?....

भिआइपी कक्षमा हराको के भेट्टाइएला र ?

अरु देशाँ त रेलाँ पर्स हरायो भने नि पछि पाइन्छ भन्ने सुनेको। हाम्रा त विमानस्थलको भिआइपी कक्षबाटै डिजिटल क्यामेरा हराएछ। त्यो नि चानचुने मान्छेको हो र? राष्ट्रपतिकी छोरी अनु यादवको। हाम्रो हरा भए त के खोजीनीति हुन्थ्यो र राष्ट्रको श्रीमान(पति)को बेटीको हरा भर चार जना पुलिस र केही सेनाहरु डिजिटल क्यामेराको खोजीमा लाइरचन् रे। भेट्टाउलान् र, भिआइपीमा कक्षमा ठूलाबडा मात्र जाने हो क्यारे ...


Thursday, December 2, 2010

बंगालादेशले नि दबाब दे'को

ए आमा नि हौं वंगलादेशले नि हेप्न थाल्या हाम्लाई। बंगलादेशी राजदूत निमचन्द्र भौमिकले कांग्रेस सभापति सुशील कोइरालाई महाराजगन्जस्थित घरैमा गर भेटेर सुजाता कोइरालालाई पार्टी उपसभापति किन नबनाको... तुरुन्त बनाउ भनेर दबाब दिए भन्ने सम्चार आयो नि आज त। सुजाता दीको छोरीको के वंगलादेशीसित बिहा भाथ्यो बंगलादेशीको यत्रो फूर्ती नेपालाँ र काँग्रेसाँ......(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Wednesday, December 1, 2010

कामचलाउ टिकाउन सिक्ने

प्रधानमन्त्री बेल्जियम जानला'को कारण ईयुको युरोपियन विकास दिवसाँ भाग लिन हो भनेर पत्याउने मजस्तै होलान है अरु पनि कोही कोही। बेल्जियमा विगत सात महिनादेखि कामचलाउ सरकार छ। कसरी रच कामचलाउ सरकार धेरै समय टिकाउने भनेर सिक्न जान लाको त मरे पनि होइन के रे है... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

धन्न बिचाँ पाँच दिनलाई प्रधानमन्त्री नेपाल देश आए

रुसाँ भा बाघ सम्मेलनमा भाग लिन गाका प्रधानमन्त्री नेपाल घर नफर्केर उतैबाट कम्बोडिया अनि उतैट बेल्जियम गा भए प्लेन भाडामा अलिकति भए नि देशको पैसा जोगिन्थ्यो होला नि भन्दैछ साथी। देशबासीको मायाले पाँचै दिन भा पनि प्रधानमन्त्री नेपाल आए झै मान्या होला, मुला। 

प्रधानमन्त्री बीचाँ नेपाल आउनुको कारणै थाहै रैनछ। म जस्तै सर्वसाधारण रैछ प्रधानमन्त्रीकी छोरीको अस्तिको बिहेको निम्तो नै पाएनछ विचराले...