Thursday, June 2, 2016

माइक्रो बसको यात्रा

म - के भो? 
चालक- ५ सयको चिट काट्यो। ४ सय हातमा हाल्दें। ७ जना बढी यात्रु लाँदा कमाइभएको ३ हजारमा ९ सय रुप्पे खर्च भो। 
म- अनि लाइसेन्स लिए? 
चालक - छैन। भए पो लिन्छ, अस्ति डुम्रेमा २ जना मान्छे मारेको भएर मेरो लाइसेन्स त अदालतमा छ। समिति ( पृथ्वी राजमार्ग माइक्रो बस सञ्चालक समिति) ले सात लाख तिरिदिएर केस मिल्यो। अब लाइसेन्स पाइन्छ।
म- राधे राधे। 

पोखराबाट काठमाडौं आउँदै गर्दा १४ यात्रु बोक्न अनुमति पाएको माइक्रो बसमा २१ जना थियौं। मुङलिङ नजिकै ट्राफिकले चालकसँग लाइसेन्स मागेका थिए। गाडीबाट ओर्लिएका ड्राइभर १० मिनेट जति पछि आए। 

त्यसपछि काठमाडौंसम्मको ३ घन्टाको घुमाउरो यात्रामा चालक भाइ २ घन्टा जति घरी 'काठमाडौं छु' भन्दै घरी 'पोखरा छु' भन्दै फरक फरक मान्छेसँग मोबाइल फोनमा व्यस्त भइरहे र जाममा बाहेक अन्यत्र बेतोडले गाडी उडाइरहे। एक दुई पटक 'गाडी रोकेर फोनमा कुरा गरम्न सर' भनें। 'अंकल पनि कति डराको हो, गिदी नगर्नु नि' भन्दै जवाफ फर्काए। तै पनि काठमाडौं आएर जिउ र छतमा राखेको झोला छामछुम पार्दा सबै ठिक छ हउ हजुर।


Comments
RG Pandey Naya Nepal.
LikeReply43 mins
Prabin Kandel हाँसम कि देशको अबस्था पढेर दुखी हुम...? बडो तनाबमा पार्दिनु भो !
UnlikeReply137 mins
Tirtha Bhandari हाँस्नुपर्ने कारण धेरै छन्
LikeReply37 mins
Bhojraj Neupane धन्य ! जाेगिनु भएछ , खुसी लाग्याे !!!
LikeReply4 mins

No comments:

Post a Comment

Please leave your comment here