Friday, October 29, 2010

हैजा फैलाएको आरोप नेपाली सेनालाई

कतिसम्म आरोप लाका हुन् के नेपालीलाई। यहाँ देशाँ लामखुट्टेले डेँगे फैलार टेन्सन दि'राका बेलाँ हैटीमा फैलिएको हैजाको आरोप पनि शान्ति सेनामा गएका नेपाली सेनालाई पो लगाएछन् यार....साँच्चै हो कि हेपेको हाम्लाई.....। लउन जान्ने बुझ्नेले छानबिन गर्न परो।


नेतालाई बोल्नमा प्रतिबन्ध

विपश्यना गएर आएपछि थाहा भयो। जीवनमा ९५% त हामी बोल्नै नपर्ने बेलाँ बोलिरहेका रहेछौं र बोली रहनेछौं.... नागरिक दैनिकको अन्तरवार्तामा जगदीश घिमिरेले भनेको कुरा सारै चित्त बुझ्यो। अश्लिल साइटहरु होइन नेताहरुको बोलीमा प्रतिवन्ध लगाउनुपर्छ। यो देशमा नेताहरु मात्र अत्यावश्यक बाहेक अरु बेला नबोलिदिने हो भने धेरै शान्ति पाइन्थ्यो होला...


मरेको नामका खसी

खाद्य संस्थानका हाकिमका तिर जान लाको। यसो खुशी पारेर साथी बनाउन सकियो भने दशैंमा खसी उपहार आउने रैछ नि। यसपाली दशै‍ त किनेर ल्याइयो। अर्कोपटक दशैंमा खसी आएपनि त गणित अलिकति बच्छ नि। संस्थानको रिपोर्टाँ मरेको खशीमा राख्दिए भैहाल्नेरैछ त। यसपटक दशैंमा मात्र अढाई सय जति मरे भनेछन् रिपोर्टाँ। यसपटक कसकसले मरेको नामको खसी खाए होला...


इन्टरनेट मौन

विपश्यनाको १० दिने आर्यमौन पछि दुई चार दिने इन्टरनेट मौनमा छु है साथीभाइ। अन्य काम थुप्रियाछन्। ती नसकिन्जेल इन्टरनेट मौन बेला बेलाँ मात्र तोडिन्छ। धेरै बातचित गरिन भनेर चित्त नदुखाम है...


कम्प्युटर एसोसियसनमा खोई समावेशी

यो कम्प्युटर एसोसियसन अफ नेपाल क्यान भन्ने संस्थालाई मुद्दा हाल्दिन पर्छ कि के हो। यस्तो समावेशी जमानाँ नि, २३ जना नयाँ कार्यसमितिआँ जम्मा एक जना मात्र महिला छन् यार। अरु कुराँ त पछि पार्याथे पार्याथे प्रविधिआँ नि महिलालाई नै पछाडि पार्या रचन्....


सम्झदाँ बाडुकी नलाग्ने रैछ

कसैले सम्झँदा बाडुकी लाग्ने भए शहरका दुई चार जना मान्छेको प्राण यसपालि मैले सम्झेकै भराँ बाडुकी लागेरै जान्थ्यो होला। ११/११ दिन बिहान ४ बजेदेखि राति १० बजेसम्म सँधैजसो आँखा चिम्लेर ध्यानाँ बस्दा कति सम्झियो कति दुई चार जनालाई...तिनलाई के बाडुकी लाग्यो होला र...


अप्सराहरु पठार विपश्यना ध्यानाँ

यसपालि विपश्यनाको ध्यान कडा भो। पहिलो दिनैट इन्द्रको आशन डगमगाएछ क्याहो। सुरुका दुई तीन दिन त ध्यानाँ अप्सराहरु पठार खुब विथोल्ने प्रयास गरिरहे नि....


दशैंका बेला चिट्टा बेच

ए स्कूलहर्ले दशैं बिदाँ नयाँ होमवर्क पनि दिन थालेछन् नि 'चिट्टा बेच्ने'। छिमेकीको छोराले सय रुपैयाँ जाने पचास वटा टिकट बोकेर आ'छ। पाँचवटा किन्दिन पर्ने रे। बोर्डिङ स्कूलहर्ले हो है पैसा कमाउन जानेका। केटाकेटीलाई चिट्टा समेत बेच्न लगाउन थाले। हैन कहाँट आउँछ हो तिन्लाई यस्तो बुद्धि सकिन्न प्रभु यिनीहरुसँग....


नबोलेर उपति

ल मुलुक तपाईहर्को जिम्मामा भो है। आफू त लाइयो आजट विपश्यना तिर....आर्यमौन। यत्रो बर्ष बोलेर, लेखेर, पढेर, इन्टरनेट चलार, मुबाइल बोकेर केही उपति लाइएन त। बा अब १० दिन तीबाट टाढा बस्दा केही भइहाल्छ कि....


फ्रीमा पठाउन पाउँदा मनकारी

यो फेसबुकाँ दशै‌का सामान के के मात्र पठाका हुन् केटाहर्ले, घर जाने बस, जहाज, स्याम्पेन, व्हिस्की, चङ्गा, नयाँ सुट, जुत्ता पुजाको सामान, लाम्काने खसी, लिङ्गे पिङ। क्यार्नु तिन्लाई वाल'ट झिक्न मिल्दैन बरु वाल सफा गर्नको टेन्सन मात्र। फ्रीमा दिन पाउँदा त केटाहर्को मन मनकारी नै रैछ...


Wednesday, October 13, 2010

सस्तो बेसाहा

दशैंका बेलाँ बास्ना आउने चामलकै भात खान परो भो भनेर खाद्य संस्थानबाट बास्मती चामलको  25 किलोको  बोरा ल्याएँ। बास्ना त आउने तर हकुवा चामलको जस्तो बा; सात चोटी पखालेर पकाउँदा नि। चार वर्ष जति पुरानो चामल परेछ कि क्याहो। अन्तभन्दा सस्तो पाइयो भनेर संस्थानको चामल ल्या नराम्ररी फसियो। सस्तो बेसाहा पेटलाई मर भनेको त सुनेको हो नटेर्दा....

रक्सीसँग....

संगत गुनाको फल दुई वर्ष जति पछि आज दोहोरी गइयो। दोहोरीमा गाउने बहिनी चिनेकी परिछन् क्यासँग स्याटर हानिन् भने …तिमीले यहाँ रक्सीसँग मन साट्नी; घरमा दिदीले कसरी रात काट्नी…