Wednesday, October 13, 2010

सस्तो बेसाहा

दशैंका बेलाँ बास्ना आउने चामलकै भात खान परो भो भनेर खाद्य संस्थानबाट बास्मती चामलको  25 किलोको  बोरा ल्याएँ। बास्ना त आउने तर हकुवा चामलको जस्तो बा; सात चोटी पखालेर पकाउँदा नि। चार वर्ष जति पुरानो चामल परेछ कि क्याहो। अन्तभन्दा सस्तो पाइयो भनेर संस्थानको चामल ल्या नराम्ररी फसियो। सस्तो बेसाहा पेटलाई मर भनेको त सुनेको हो नटेर्दा....

No comments:

Post a Comment

Please leave your comment here