Sunday, July 29, 2012

उपचार राम्रो हुँदा पनि पिटाई

दाङको सरकारी अस्पतालमा आठ/दश जना युवाले एकजना गम्भीर अवस्थाकी सुत्केरीलाई लिएर गएछन्। सुत्केरी र युवाहरुको अवस्था देखेपछि त्यहाँका डाक्टरले आफूले उपचार गर्न नसक्ने भन्दै नेपालगञ्जतिर लाने सल्लाह दिएछन्। युवाहरु आक्रोशित हुँदै परसम्म पुर्याउँदा अवस्था झन् नराम्रो हुन्छ भनेर, 'तुरुन्त उपचार गर्' भन्दै डाकटरलाई थप्पड हानेछन्।

डराई डराई डाक्टरले उपचार गरेछन्। सबै कुरा राम्रो भएछ। डाक्टर अलिक ढुक्क भएछन् तर हस्पिटलबाट निस्कने बेलामा फेरि डाक्टरलाई युवाहरुले कुटेछन्, 'आँफैले सक्ने भई-भई किन अन्त रिफर गर्याथिस्?' भन्दै। विरामी उपचार अससफल हँदा डाक्टरले पिटाई खाएको त सुनेको हो। तर उपचार सफल हुँदा पनि पिटाई खाएको चाहिँ पहिलोपटक सुनियो।
नेपालको स्वास्थ्य सम्बन्धि अनुसन्धान गरिरहेको संस्था ब्रिटेन नेपाल मेडिकल ट्रस्टका एक जना अधिकारीले सुनाएका।

1 comment:

Please leave your comment here