Wednesday, June 27, 2012

मुस्ताङबाट भुपू भएपछि प्राडो ?

बाबुराम भट्टराई सरकारले भुपूहरु र तिनका आसेपासेलाई गाडी/घरभाडा सुविधा भन्दै बर्सेनी ५० करोड रुपैयाँ बराबरको सुविधा दिने निर्णय गरेछ। अझ ६ महिना/वर्षदिनमा सरकार फेरिने हाम्रो देशमा भोलिपर्सी कति भुपू थपिदै जाने हुन् अनि सुविधाका नाममा कति रकम थपिदैं जाने हो?

अस्तिनै भट्टराई सरकारले प्रकाश दाहालको टिमलाई सगरमाथा चढ्न एकपटकलाई दुई करोड दिदाँ चौतर्फी विरोध गर्नेहरु अझ सडकमा नै उत्रिएका काँग्रेस-एमालेसहितका विद्यार्थी संगठनहरु अहिले त पक्कै केही बोल्दैनन् होला, आखिर सुविधा पाउनेमा सबै दलका नेता छन्...
बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइन्जेल मुस्ताङ चढ्ने र भुपू प्रधानमन्त्री भएपछि प्राडो चढ्न खोजेका रैछन् कि के हो। बेला न कुबेला भुपूहरुको सुविधा बढाएर बसिरहेका छन् त।
  • 2 shares
    • Bodhialok Hariprem · Friends with Boz Raj and 66 others
      ‎???
    • Krishna Paudel उल्फाको धन, फुपूको सराद्धे गरिरा'छन् नास्तिक कामरेडले ।
      June 11 at 10:03am ·  · 1
    • Sunita Giri आखिर सुविधा पाउनेमा सबै दलका नेता छन्...
      June 11 at 10:12am ·  · 1
    • Koirala Sharad pakkai birodh gardainan
    • Binod Neupane ऐले कस्तो भो भने , वरि परि माओबाधी साथी भेट्नु भो भने त्यहाँ कतै द्रब्य छ ? कतै द्रब्य को थुप्रो देख्नु भो भने; चियो गरेर बस्नुस् माओबाधीको गोलो लाग्छ केही समय पछी ? यो समय सङ्सङै बोल्छ भैरे ।
    • Biplav Man Nepali chor chor Mausere vai vanya yestai ho.
    • Keshab Raj Bista i like it da ho yastai hunchha nepalma sabai vupu
    • Dolraj Paudyal · Friends with Kedar Sharma and 30 others
      फायदा अरुलाई हुने दोष आफूलाई आउने । यस्तो निर्णय कसरी गर्नुभयो ? इमान्दारीताको राजनीति पछाडी धकेल्ने काम भयो । नेताहरु यस्तोमा फस्नु राम्रो होईन ।
    • Adhikari Hari जे होस् बाबु राम को मुख र गराई जनता ले चिन्ने सुनौलो अवसर प्राप्त गरे
      June 11 at 3:49pm ·  · 2
    • भबिस्यमा आफु पनि मन्त्री होइन्छकी भन्ने सानो महत्वकांक्षाको बिर्कोले यिन्को आन्दोलनको बुद्धी टाल्देको छ ।
    • आफु मुस्तांग चढेर मितव्ययी भए भनेर जनता संग कस्तो सहनाभुती प्राप्त गरे, तरिका त जानेकै हो इंजिनेर साहब ले.
      June 11 at 9:24pm ·  · 1

No comments:

Post a Comment

Please leave your comment here