वुद्ध एयरको उडानमा विमान परिचारिकाले पहिले पहिले 'पिनट्स' भन्दै छोडाएको बदामको एउटा सानो प्याकेट दिन्थे। केही दिन अगाडि भैरहवाका लागि उड्दा साह्रै भोक लागेपछि फन्टा भन्दा केही नल्याएकी परिचारिकालाई मुखै फोरें, 'पिनट्स पाइदैंन आज?' उनले भनिन् , 'अहँ, गुणस्तर विभागले पिनट्स गुणस्तरीय छैन भन्यो। हामीले बाँड्न छाडेम।' ए बा कस्तो मजा भएछ वुद्ध एयरलाई! अब यात्रीलाई बदाम खुवाउनपर्छ भनेर कहिँ नियम छैन अलि अलि बाँडेको पनि गुणस्तर छैन भनेसी झन् पैसा नि बच्यो, गुणस्तरको पनि टेन्सनै साफ। 'नरहे बाँस नबजे बाँसुरी' भनेको यस्तै होला।
- आनन्द श्री नेपाली ठ्याक्कै संविधान नबने जस्तै ।
जनताले हाम्रो माग पूरा नहुने संविधान नबना भने हाम्ले बनाएनम् ।June 5 at 11:27pm · · 2 - Binod Neupane साग को मुठो को भाउ लोड शेडिङले बड्छ ? ठीक्क परेछ हजुरलाई , बदाम खान प्लेन चड्ने ? हास्छ भैरे ।June 6 at 5:43am · · 2
- Banjade Ganesh Prasad के गर्ने सर्, सबै चिज को भाउ बढदा बदामको पनि भाउ बढेको हो कि कसो ? कि गुणस्तरको कमी हो ? यदी बदाममा गुणस्तर नभए, काजुमा त होला नि एक पटक जाच गर्ने हो कि? जस्तो मलाई लाईराहछ ।June 6 at 11:50am · · 1
No comments:
Post a Comment
Please leave your comment here