Friday, May 25, 2012

आखिर संविधान बनाउने यिनैले हो

सर्वोच्चको फैसलापछि संविधान आँफैले बनाउन पाइयो झैं गरी मानिसहरु तीन हात बित्ताको बुर्कुसी मारिरेहका छन्। तर 'संविधानसभा'ले बनाउने भनिएको संविधानको बाँकी भाग अब संसदले बनाउने भयो। के फरक भो? आखिर बनाउने यिनैले हुन्, प्रधान न्यायाधीश खिलराज रेग्मी आएर बनाइदिने होइनन्। धेरैले चिन्ता गर्ने गरेको सभासद (पर्सीबाट सांसद)को तलबभत्ता पनि सभासद हुँदा धेरै संसद हुँदा कम हुँदैन होला। जनता र अदालत संविधानसभा भंग भो भनेर मख्ख, सभासद संसद भइयो भनेर मख्ख, ठूला साना नेता आखिर संविधान बनाउने हामी नै हौं भनेर मख्ख। Win win situation भनेको यस्तै होला?
  • 1 share
    • Jaw Knock Raazaa यिनै सभासद सांसद बन्लान्, तर अब चाँही कि संबिधान बनाउनुपर्‍यो या चुनाउ गर्नुपर्‍यो !! संबिधानसभा को आयु लम्बिनु र नलम्बिनुमा राम्रै अन्तर छ !!
      Yesterday at 10:08am ·  ·  3
    • संरचना उहि हो, नेता उहि हुँन्, दलहरूको उत्तिनै कुर्सि सङ्ख्या...
      काङ्ग्रेसी अडान बमोजिम ब्यबस्थापिका संसद यथावत रहि त्यसले संबिधान निर्माणको दायित्वबोध गरे पनि, यहिँ सभाले अर्को ६ महिना के बर्ष दिनमा पनि संबिधान निर्माण गर्न सक्ने छैन ।

      समाधान मात्र एक - "ताजा जनादेशार्थ नयाँ चुनाव।" जब आऊँछन् यीनै नेता माग्न मत, त पाऊँछन् यीनले सजाय । जनताको हुँनेछ एउटा मात्र प्रश्न - "हाम्रो करबाट आया भत्ता फिर्ता दे, नभए मेरो मत जान्छ स्वतन्त्र उम्मेदवारको झोलीमा!"
      Yesterday at 10:09am ·  ·  1
    • Biplav Man Nepali Haruwa goru ko cheruwa Dau vanya yestai ho.
    • RC Rajbanshi अब कम्तिमा आफ्नो म्याद आफै थप्या थपै त गर्न नपाईएला नि !
    • Victor Vroom · Friends with Rps Dipshikha and 14 others
      नेपालको सर्बोच्च अदालत र न्यायाधिस सबै लाङ्रेश्, लेमालेहरुका एजेन्ट हुन ।इतिहास साछी छ ।४ वर्ष म्याद थाप्ना मिल्ने ३ महिना नमिल्ने ?भर्ष्ट्,घुस्याह, जनबिरोधि,प्रतिगमन्कारी,प्रबृतिको बिरोध गरेर एस्ता अपरधिहरुलाई फासी दिनु पर्छ ।
    • Govinda Ghimire Rule of law vaneko KUN CHARA KO NAAM hO vaner nabhujhne lal bhujhakkad haru sansar var yastai oyghaat kura garer baturau6an vanne BISHWA Etihas sa6i 6... ali ali padhna janne le padhe hun6..............Victor saap???????????!!!!!!!!!!!!
      22 hours ago ·  ·  1
    • Prashant Kharel Win win situation सायद यस्तै होला तर पनि कसैले beyond the box सोच्लान् कि ?
      21 hours ago · 
    • Banjade Ganesh Prasad all right!
      16 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here