Friday, May 25, 2012

नेता बोलीमा एकछिन पनि अडिग हुन्नन्

आजभोलि फेसबुक भन्दा टि्वटर https://twitter.com/#!/dipakbhattarai चल्तीमा छ जस्तो छ। एकजनाले त्यसमा लेख्याथे: 'माधव नेपालले पहिलोपटक कुनै शिर्ष नेताका बारेमा टिप्पणी गर्दै सत्य बोलेका थिए त्यही नि फेरि २४ घन्टा नहुँदै माफ मागेछन्।' नेताहरु गतिलो कुरामा त एकछिन पनि टिक्नै सक्दैनन् किन हो? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
http://www.sajhaonline.com/news_details/2338/ बाट
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड षड्यन्त्र र जालझेलको अर्को नाम भएको आरोप एमाले नेता माधव नेपालले लगाए ।  

'प्रचण्डजस्तो जीवन साथी रोजिएछ खोई के भन्नु, स्वार्थका लागि जसले जोसँग पनि साँठगाँठ गर्न सक्छन । अहिले सबै पछुताई रहेका छन् । मुलुक चर्को द्वन्द्व र जातीय, क्षेत्रीय कलहमा फसेपछि बाँकी पनि पछुताउँछन् ।' उनले भने - 'प्रचण्डलाई राष्ट्रपतिको माया छैन । प्रचण्ड नेपालको इतिहासकै सबैभन्दा ठूला षड्यन्त्रकारी भएर निस्किए।'  


No comments:

Post a Comment

Please leave your comment here