Thursday, January 5, 2012

कति हुन् शहरमा 'फेरी' लगाउनेहरु फेरि

हैन यो शहराँ भुतप्रेत धेरै भएर हो कि के हो, भुतप्रेत भगाउने भन्दै हरिणको सिङ बजाउँदै हिड्नेहरुले वर्षमा सात आठ पटक नै 'फेरी' लगाएको भन्दै पैसा माग्न आँउछन् त। रातिमा 'फेरी' लगाको नसुने पनि महिना दिन जसो बिराएर फेरीको पैसा लिन आउनेलाई रकम नदिई पठाउन सकिदैंन। फेरी लगाउनेका कानका मुन्डल अरुका भन्दै ठूलै हुन्छन् फेरि...
    • Bindesh Dahal हाम्राँ नि आउछँन् यस्ता मान्छे । बिहानै ठाडो घाँटी लगाएर आका हुन्छन् पैसो माग्न, परैबाट ठस्स गनाएर उल्का ! भूत भगाउन त के हुन्थ्यो, तलतल मेटाउनका लागि सजिलो माध्यम बनेको छ यो ।
      December 29, 2011 at 10:18am · 
    • Nirajan Sinkhada Niran शहरमा छ सय एक भुत र अन्य प्रेतहरु बस्छन् नि त्यही भएर होला
      December 29, 2011 at 10:32am ·  ·  1
    • Tara Thapa Magar के गर्नु बाच्ने पर्या छ सबैलाई त्यो पनि ठगेर
      December 29, 2011 at 10:36am · 
    • Shahi Rosh dipak ji yini haru le bhutpret bhagayeko vaye des ko halat yestai huntho....rat ma tarsaune bhutpret le ab diuso nai tarsauna thalyo.......@@@
      December 29, 2011 at 10:48am · 
    • Ekindra Kunwar Sahid haru dherai bhaye pachhi ke garene janata ko lagi mirtyu baran garne bhanda aru nai prakar ka sahid dherai Chhan Ani Nepal ma po chakka jam Ani Nepal Banda Garda sahid bhainchha sworg ma Bhansun na chale pachhi aatma ta rajdhani aaune nai bhaye ni sworg ma Indra le anyae Garo phun garidinu bhaner
      December 29, 2011 at 10:54am · 
    • Banjade Ganesh Prasad दिपक सर यो कमाल हो शान्ती र सम्बिधान को ।
      December 29, 2011 at 12:38pm ·  ·  1
    • Mukti Bhattarai YO PURKHA KO SATYTATA HO RA K DIPAK ,,,,,,,,,,,,,,,,?
      December 29, 2011 at 2:20pm · 
    • Yuvraj Acharya Yo manchhe feri feri laune bhayeka le feri bhanya hola.
      December 29, 2011 at 3:25pm · 
    • Dhruba Kumar Tuladhar हो दीपक दाजु हाम्रोतिर पनि यस्तै गरी आउँछन् महिना महिनामा ।
      December 29, 2011 at 4:57pm · 
    • Basanta Maharjan kun rajneetik dal ko ?
      December 30, 2011 at 12:19am · 
    • Subas Pokharel आधुनिक जीबन शैली र परम्परालाई मिलाउन खोज्दा यस्तो भएको हो! पहिले पहिले गाउँ टोलमा निश्चित 'कान फट्टा जोगी' हुन्थे र यो 'फिरी' लाउने काम उनीहरुको मात्रै जिम्मा र अधिकार हुन्थ्यो! अरु ठाउंबाट जो पायो उही आएर लाउने भन्ने हुँदैनथ्यो, अहिले सहर बजारमा को जोगी, को फटाहा थाहै पाउन गाह्रो भयो! अब जन् सुरक्ष्याको दृष्टिले पनि यी राति राति अरुका घर वरी परि निर्बाध हिड्न पाउनेहरुलाई ब्यबस्थित र नियन्त्रित गर्नु पर्ने देखिछ!!
      December 30, 2011 at 4:47am ·  ·  2
    • Nira Ranabhat हाम्रो तिर कास्की लेखनाथ बेगनासतिर त बराँठको सिंग हो भन्थे ! उनीहरुले बजाएको सुनेर एक पटक मैले नी बजाउन ट्राइ गरेकी हुँ मागेर ! उनीहरुलाई नै सिकाइदिनु न मलाइ नी बजाउन भनें ! तर फुक्नै गाह्रो भो मलाइ त्यो सिंग ! अनि रातको २/३ घण्टा जति फेरी लगाउँदै "आकाशै बाँधु पातालै बाँधु " के के भन्दै गाउँथे ! अनि बिहान आएर पैसा चामल माग्थे र जान्थे ! प्राय बर्षको एक पटक मात्र आउँथे !
      January 1 at 2:33am ·  ·  1

No comments:

Post a Comment

Please leave your comment here