Friday, October 14, 2011

शहरले गाउँकी दिदीलाई पनि ठग्न सिकाएछ

हिजो साँझ कार्यालयबाट घर फर्कंदै गर्दा घर नजिकैको चिया पसलमा १३ ठाउँमा मुजा परेको धोती लगाएकी एक जना गाउँले जस्तो देखिने दिदीले घ्यू किनिदिन आग्रह गरिन्। गाउँबाट बिहे गरेर काठमाडौं बानेश्वरमा बस्न आएकी छोरी सुत्केरी भएकीले तिनलाई भेट्न कान्छो छोरासँग सिन्धुलीबाट काठमाडौं आएको भए पनि छोरीको डेरा पत्ता लगाउन नसकेको गुनासो गरिन्।


मैले छोरी-ज्वाई कसैको मोबाइल नम्बर छ कि भनेर सोधें। नम्बर भए पनि मोबाइल अफ मात्र भइरहेकाले अब  छोरीलाई ल्याइदिएको घ्यू बेचेर बाटो खर्च लिएर घर फर्कने भनिन्। घ्यू शुद्ध हो सुत्केरीलाई खुवाउन ल्याएको भन्दै बिर्को उघारेर सुँघ्न दिइन्।

दशैंपछि घरबाट फर्कदाँ घ्यू ल्याएको भए पनि सहयोग होला त भनेर आधा किलो हर्लिक्स सिसी घ्यूलाई तीन सय रुपैयाँ दिएर किनें। घर ल्याएर घ्यू उमालेको त, रामराम बोसो र चिउरी पो छ त।
शहरले त्यस्तो निर्दोष अनुहार भएका गाउँले महिलालाई पनि ठग्न सिकाउँदो रहेछ।


    • Jaw Knock Raazaa दाजुलाई बधाई छ ! :)) शुद्द घ्यु खान पाएकोमा ! :))
      3 hours ago ·  ·  1 person
    • काली डियर हाहाहाहाहाहा लौ बर्बाद .कम
      3 hours ago · 
    • Gajendra Budhathoki ती पक्कै नि खर्रराँट हुनु पर्छ, नत्र कागका फूल चोरेर अम्लेट बनाएर फेरि कागलाई नै बेच्न सक्ने हाम्रा दीपक सरलाई सित्तिमिति कसले ठग्न सक्छ
      3 hours ago ·  ·  5 people
    • Shyam Dahal a hajur ni parnu bho?
      3 hours ago · 
    • Sangeet Nepal ठूलाठूला उद्योगधन्दा खोलेर करोडौंको ब्यापार गर्ने मालिकहरूले मात्र ठग्न पाउनुपर्छ भन्ने आसय त हैन ? ;)
      3 hours ago · 
    • Bhupendra Nirajan घत लाग्दो कुरा ।
      3 hours ago · 
    • Keshav Raj Pathak Hahahahahahahahahahaha kasta kura kasta kam man6ele 1 jana le badmasi garda bakhra ra gothalo ko kahani nahola vanna sakinna
      3 hours ago · 
    • Dinesh Acharya ‎- सिन्धुलीबाट ? tyaso vaya ta hola ?
      2 hours ago · 
    • Dipesh Ghimire hasnu parne karan dherai 6n he he he he
      2 hours ago · 
    • Manoj Baral Sindhuli kai chai hoina holaa dipak sir ?
      2 hours ago ·  ·  1 person
    • साचै होकी जोक्स हो
      2 hours ago · 
    • रविन्द्र अधिकारी भन्न त भन्दछन् सब
      जमाना खराब छ!!
      मान्छेहरूको आफ्नै
      चाहाना खराब छ..॥
      2 hours ago ·  ·  1 person
    • Jivan Panthi Bhanu ति आइमाई आफ्नी छोरी लाई नभयर दिपक सर लाई नै खोज्दै हिडेको हुनुपर्छ घिउ बेच्न......aj
      2 hours ago ·  ·  1 person
    • रामकुमार एलन fantastic alergy
      2 hours ago · 
    • Kabi Ram Thapa kasari paisa kamaune bhanne idea manchhe lai thaha bhaya 6a ta.
      about an hour ago · 
    • Sita Mademba दिपक सर त्यो काठमाडौमा यसरी नै ठग्दा रहेछन । मनी पोहोर साल दशैका वेलामा एकजना केटाले विरामी दिदीको उपचारको पैसा वोकेर आको वाटोमा चोरी दियो भनेर रोइ कराइ गर्यो । भाडा दिए ।त्यो त चोर पो रहेछ ।
      about an hour ago ·  ·  2 people
    • Krishna Raj Pandey 
      Suddha Ghee ta testai ho .... Suddha Dukh PADO le khako hola .... Ki sanoma hamile pani khaiyo aamako tehi nai ho. ... Yo palta Dashaima gauma pani yestai halla thiyo - 'A'le Japan Jane Chhoriko lagi vani 'B' ko bat Ghee Kineko re Ani Gharma lager Chek garda Hunu parne vanda Atyadhik Seto (Dalda Banspati ghee) ra Arkai gandh aayeko le gauma "Ghee firta kanda" suneko thiye ..... Sahar ma ta samanya vaigo ni.......... ---- "Khula Bajar artha niti" vaneko Jalle je man lago garer (Thagi garer) paiso kamaune ho ki kyaho? Banijya Bibhag sanga yasako uttar khojnu paro .......
      about an hour ago · 
    • Swavimani Nepali Nepal Dukh lagyo dai...
      48 minutes ago · 
    • सुद्द घ्युले दशैंमा छेरपाटि लाग्यो भने ५०% भैंसीको मासु मिस्सिएको सुद्द खसीको मासु कसरि पच्ने नि....तिनले साह्रै राम्रो काम गरिछन
      45 minutes ago ·  ·  1 person
    • Kamal Raj Lamsal पूँजीबाद भनेको यही हो..
      27 minutes ago ·  ·  1 person
    • Ramkrishna Bhandari कस्ता कस्ता मान्छे!!!!!!!!!!
      a few seconds ago · 


No comments:

Post a Comment

Please leave your comment here