Thursday, September 8, 2011

पेशागत संस्थामा गैर पेशाकर्मीको बाहुल्यता

१७२ जना सदस्य रहेको फोटो पत्रकारहरुको संस्थामा फोटो पत्रकारभन्दा अरु धेरै भए भन्दै ३० जना साँच्चैका फोटो पत्रकारले अधिवेशन वहिष्कार गरेछन्। नेपालमा धेरैजसो यस्ता 'प्रोफेसनल' संस्थामा त्यस काममा लागिरहेका भन्दा अरुको बाहुल्यता हुन्छ।


हुन त कतिपय संस्थाका पदाधिकारी नै त्यस क्षेत्रमा लागेका हुँदैनन्। अस्ति नै एकपटक नेपालका सबैजसो राजनीतिक पार्टीका मजदुर संगठनका नेताहरुलाई तपाई कुन संस्थामा काम गर्ने मजदुर हो भनेको  धेरैले जवाफ दिन सकेनन्।

एक जना मधेशी मजदुर संगठनका नेताले चाहिँ आफू विगतमा मजदुर भएको तर अहिले नेतागिरी गर्नका लागि त्यो काम छाडेको बताए। होटल व्यावसायी संघका कतिपय सदस्यका होटल हुँदैन। यातायात व्यावसायी संघको अधिवेशनमा आउने कतिपय यातायात व्यावसायी हुँदैनन्।

पत्रकार महासंघमा नै पनि पत्रकारहरु जति नै गैर पत्रकारहरु छन् भन्ने आलोचना खुब सुनिन्छ। नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतम पनि असार १५ एक दिन खेतमा गएर रोपाई गर्ने भन्दा अरु के पो खेती किसानी गर्लान् र ? यो पेशाकर्मी संगठन संस्थामा त्यस पेशामा आवद्ध भएकाहरुले सिर्फ पेशागत हितका लागि काम गर्ने हो भने राजनीति पनि धेरै सुध्रिन्थ्यो।


    • Pravat Iarattahb Ma ni camera liyera thadina parla jasto chha :) ...... Society ma nam kamaune meso :)
      September 4 at 8:59am · 
    • Geo Saam इ बहिस्कार गर्ने साच्चैका कि म बाहेक अरु पत्रक्रार नै होईनन र अरु हुनु हुँदैन भन्ने हुन कि तपाईंलाई बास्तबिक्त थाहा छ दीपक जि ?
      September 4 at 9:55am · 
    • Bhojendra Basnet Ho ta dai SEJON ma pani testai ta 6 ni.....
      September 4 at 10:05am · 
    • Aswini Koirala पत्रकारको संस्थामा गैरपत्रकार, राजनीतिज्ञको स्थानमा गैर राजनीतिज्ञ -अपराधिक एवं ठेक्कापट्टाबाट राजनीतिमा घुसेका) एवं मजदुरहरुको संस्थामा गैरमजदुर -मजदुर संघठन) हरुको बाहुल्यता नै हाम्रो देशको परिचय हो, होइन त दिपक जी -
      September 4 at 10:07am ·  ·  1 person
    • Dahal Raghu Koirala ji U R 100% rite
      September 4 at 10:14am · 
    • Dipak Bhattarai Geo Saam यी बहिष्कार गर्ने चाहिँ साच्चैका हुन्, त्यो चाहिँ थाहा छ। संस्थापक अध्यक्ष चन्द्रशेखर कार्की, पूर्व अध्यक्ष विकास रौनियार, प्रकाश माथेमा, नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, विकास कार्कीसहितका हरुले वहिष्कार गरेका हुन् र यी साँच्चैका फोटो पत्रकार हुन्। अधिवेशनमा सहभागी अन्य चाहिँ साच्चैका फोटो पत्रकार हुन् कि होइनन् त्यो चाहिँ बरु म 'कन्फर्म' छैन।
      September 4 at 10:18am ·  ·  2 people
    • Maheshwor Acharya कहाँ एक पटक त पटक त पत्रकारका चुनाउमा रेस्टुरेन्टमा काम गर्ने वेटरेस दिदि बहिनि 'आर भोट हाल्नु भो रे !
      September 4 at 10:18am ·  ·  1 person
    • Deepkiran Sharma Dhanna ma 6aina .
      September 4 at 7:44pm · 
    • Bikram Luitel MAHASANG MA HERNUNA, PHOTO MA KIN NAHUNE TA?
      Monday at 8:18am · 
    • Deepak Sharma यसमा एउटा समस्या काठमाडौंका ठूला पत्रिकामा काम गर्नेहरूको दादागिरी पनि छ। उनीहरूले जिल्लाबाट निस्कने पत्रिकाका लागि काम गर्ने फोटोपत्रकारलाई फोटोपत्रकार नै गन्दैनन्। यो "ठूला" र "काठमाडौं"को मानसिकता नेताहरूको दिमागबाट बरू हट्यो तर पत्रकारको दिमागबाट हट्न सकेको छैन।
      Tuesday at 8:59am · 
    • Deepak Sharma काठमाडौं र "ठूला मिडिया हाउसमा" काम गर्ने पत्रकारलाई मात्र सदस्यता दिने प्रावधान राखेर विधान फेर्ने हो भने यो विवादको अन्त्य होला।
      Tuesday at 9:24am · 

1 comment:

  1. नेपालमा तेही त भइ रहेको छ र हुन्छ पनि

    ReplyDelete

Please leave your comment here