Wednesday, August 31, 2011

प्रधानमन्त्री/ मन्त्रीको गाडी

प्रधानमन्त्री हुने बितिकै २० लाख रुपैयाँको नेपालमै बनेको * गाडी चढ्ने भनेर बाबुराम भट्टराईले सुरु मै ड्यास हान्दे प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई। प्रचण्ड र माधव नेपालले प्रधान मन्त्री छोडेपनि करोड हारहारीको गाडी छोडेका छैनन्। झलनाथले पनि एक करोड रुपैयाँ माथि पर्ने गाडी लिएर बालुवाटार छाडेछन्। धन्न पलङ पनि नेपालमै बनेको ८ हजार सम्मको भन्याछैनन् बाबुरामले। तर यिनले 'मुस्ताङ' गाडीको पो व्यापार बढाइदिने भए जस्तो लाइराछ अब प्रधानमन्त्रीको आँखामा पर्न पनि कोकोले मुस्ताङ गाडी चढ्ने हुन्...


नेपालमा नेताहरुले प्राय चढ्ने भनेको विद्युत प्राधिकरणले ल्याउने प्राडो, पजेरो, ल्यान्डक्रुजर हो। विद्युत आयोजनाहरु निर्माण हुँदा खर्बमा बजेट बन्दो रहेछ। त्यसैले तिनका लागि लाखौं रुपैयाँ खासै ठूलो नहुने रहेछ।  भन्सार नतिरीकन गाडी ल्याउँदा यस्ता राम्रा जिपलाई पनि ४०/५० लाख रुपैयाँमा आउँछ। त्यसैले प्राधिकरणले नेताहरुलाई विगत देखि नै गाडी उपलब्ध गराउँदै आएको हो।

अहिले त चारैतिरबाट त्यसमा पनि विद्युत प्राधिकरणका कर्मचारी, त्यहाँ भित्रैका ट्रेड युनियनहरुले नेताहरुलाई  गाडी उपलब्ध गराएको विरोध गरेपछि अहिले नेताहरुले प्राधिकरणको गाडी सित्तैमा पाउँदैनन्। सरकारले प्राधिकरणसँग त्यस्ता गाडी किनेर नेतालाई दिने गर्छ। चाहे प्रचण्ड हु्न वा माधव नेपाल वा झलनाथ उनीहरु प्रधानमन्त्री हुने वितिकै सबैभन्दा राम्रो गाडीको खोजी भएको हो र त्यस्तो गाडी विद्युत प्राधिकरणबाट सरकारले किनेको हो। उनीहरु राजिनामा दिएपछि पनि ती गाडी पूर्व प्रधानमन्त्रीले आँफैसँग लाने गरेका हुन्।

देश चलाउने निर्णय गर्ने मन्त्रीपरिषदले पूर्व प्रधानमन्त्रीहरु, गृहमन्त्रीहरुलाई पनि सरकारी गाडी सुविधा दिने निर्णय गर्छ र उनीहरुले गाडी लान्छन्। 'आफ्नै हात - जगन्नाथ' नेताहरुले आफ्नो फाइदाको निर्णय मन्त्रिपरिषदबाट गराउँछन् र गाडी लिएर जान्छन् । मन्त्रिपरिषदबाट गाडी सुविधा पाउने निर्णय नभएका मन्त्रीले भने पदबाट छुटेको १५ दिनपछि सुविधाको गाडी फिर्ता गर्नुपर्छ। तर कतिपय पूर्व मन्त्रीले पछिसम्म पनि फिर्ता गर्दैनन्। गाडी फर्काउन जाने विचरा गृह मन्त्रालयका कर्मचारी अलपत्र परेर बस्छन्।

कुनै दिन साँच्चै लोकहितकारी सरकार आयो भने सबै सुविधाका गाडी फिर्ता माग्न सक्छ। नेपाली नेताहरु कहिल्यै रिटायर्ड नहुने कारण यस्ता सुविधा पनि हुन् झैं लाग्छ मलाई। मन्त्री हुन् कि प्रधानमन्त्री पद छाडेका भोलिपल्ट तिनीहरु पनि सर्वसाधारण जस्तै हुनुपर्ने हो। त्यसका लागि मन्त्रिपरिषदले एउटा निर्णय गरे पुग्छ। बाबुराम भट्टराइले गर्न सके त राम्रै हो।

*(बनेको त के भन्नु एसम्बल्ड गरिएको। भारतबाट ल्याएको नेपालमा पाटपुर्जा जोडेको)


    • Yopesh Pradhan ‎"Nayak" film ko Kapoor le justai garchha ki kya ho? Tara je garyo mann paryo :)
      Monday at 11:43am ·  ·  2 people
    • Umesh Kayastha kapoor ko ta 1 day matrai time thiyo ni bauram g ko ta kamtima 3 month ta chha ni yar
      Monday at 11:45am ·  ·  1 person
    • Azad Paudel yo sab maobadiko dekhawati rup ho bhanne hamilae laera6
      Monday at 11:45am ·  ·  1 person
    • RaZesh Luitel झलनाथलाई चमेलियाको १ करोड ५० लाख पर्ने गाडी दिने भएछ सरकार ले सुबिधाका लागि !!
      Monday at 11:45am · 
    • Mdb Aviyan Yedi yeso bhayo bhane Real mai Dr. Bhattarai Hero hunchha...but nepali gadi chadera chai dekhaunu paryo pahila...yo pahilo test ho
      Monday at 11:47am ·  ·  1 person
    • Tara Thapa Magar बिरगंजमा बनेको साइकल नै चढोस न हामीले प्रधान मन्त्रि नै मान्छु क्यारे ...
      Monday at 11:48am · 
    • David Rai Haina Tyo Mustang bhanne..Nepali [ pado ] prado ma new PM Chadnea ho bhanea ta Nepal maa Pakka Mustang ko Apple jastai Famos nai hola ni Tyo..Motor pani........!!
      Monday at 11:49am · 
    • Tara Thapa Magar राजेस लुइँटेल जी ! त्यो १ करोड पचास लाखको गाडी नया सरकारले खारेज गरिहाल्न पर्छ आफुले हुलास नै रोजेका हुन् भने ...
      Monday at 11:50am · 
    • Niroj Basnet mustang gadima BRB ka afanta ko pani share 6 hola kya
      Monday at 11:51am · 
    • Ekindra Kunwar यो कुरा भने सकारात्मक छ, मुस्ताङको ब्यापार बढेपछी त्यहि युनियन बनाएर त्यो कम्पनी पनी बन्द गर्लान भन्ने पो लाइराछ मलाइ .......
      Monday at 11:53am ·  ·  3 people
    • Shyam Dahal hehehe...j hos national industry lai protsahan gareko samjhiu na yas bata...
      Monday at 11:54am · 
    • Hiski Maya Magar Upahar paye ta ma pani chadne thiye kyare.
      Monday at 11:57am · 
    • Krishna Raj Pandey Anil Kapoor le jhai ek din kai lagi vaye pani Bhattarai le aat gare ... thanks for his motto. Suva kamana bhattarai comred .... Arule k gare tyo matalab chhaina .... positive sochailai nirantarata dinuhola.... varauteharu pachhilagisake holan .. sikaulan hai.. ,
      Monday at 12:05pm · 
    • Byakul Pathak Good goood very goooooooood.....
      Monday at 12:17pm · 
    • Dhruba Lingden He's Our[nepali's] hero dude,...
      Monday at 12:34pm · 
    • Kedar Nath Panta natak ho natak ,,,kag ko hul ma bakullo k kam
      Monday at 12:48pm ·  ·  1 person
    • Kiran Vk Badhi cha baburam ji.Yo ho rastryata.
      Monday at 1:10pm · 
    • Denish Poudyal hamra bekub nepali heruko buddi duniya useless kura samma pug6 vanne kura yahako comments bata thapain6.mustang chadnu hami nepali vayera nepal kai product lai varsak use n ruchaunupar6 vanne ho,share hunuparne vanya haina k.
      Monday at 1:36pm · 
    • Dinesh Shrestha je bhayapni Ramro kamko Suruwat hudaichhh................
      Monday at 2:22pm · 
    • Rama Adhikari tyo ta hunai paryo ni
      Monday at 2:57pm · 
    • Kedar Pyakurel Ramro kamko Suruwat ...
      Monday at 3:07pm · 
    • Prakash Giri gharma badhi rakhe ko scorpio nam ko hatti pani ab chode vo ni,ki kaso ?
      Monday at 3:15pm · 
    • Anil Pokhrel Harek Coin ko 2 Pato huncha. Positive thinking linu ramro ho ni. J hos kehi ta naya kam gare ni BRB le. Thappad nai nahani kana Muta nai chedne gari ghau banai diye ni BRB le. Good Job, Carry On !!!
      Monday at 3:22pm · 
    • Raman Dhakal यों मुस्तांगी गाडीको पनि राम्रो पिप्ली लाईभ हुने भयो नेपाली मिडीयामा
      Monday at 3:50pm · 
    • Tanka Khanal Good sarai ramro chha
      Monday at 4:26pm · 
    • Purna Dhading Mustang motor sale promotion hoina sathi ethics ko kura 6 ni
      Monday at 4:31pm · 
    • Ran Saru साईकलमा चढ्छु भनेको भा झन के हुन्थ्यो होला?
      Monday at 6:14pm · 
    • यादब धिताल हजुर ले भनै झै सवैले बुझे भने त राम्रो हुदैन नि हो यसले त स्वदेशी उत्पादनलार्इ प्रोत्साहन नदेला नि हैा ।
      Monday at 7:30pm · 
    • Prakash Ojha dhanna baluartar batai sabai kam garchu bhanenan hai
      Monday at 11:23pm · 
    • Kiran Vk Badhai cha baburam ji aru minister ra sachib lai pani mustang gadi chadauna ki.
      Yesterday at 10:25am ·  ·  1 person
    • Prakash Khatiwada Upadhaya केही मान्छको भनाई यस्तो पनि सुन्नमा अायो । भएकै गाडी नचडी िवनसित्तै राजस्वबाट थप खर्च िकन गर्नु परेको होला । रु २० लाख त सित्तै प्रचारको लागि खर्च भयो नी ।
      Yesterday at 10:52am ·  ·  1 person
    • Yadav Thapaliya Tin mahina ka lagi ta ho, ani arko Mustang aai halchha ni dami.....Fusro ......lai malmal ko Dhoti......hahahhhaa
      Yesterday at 2:41pm · 
    • Dinesh Acharya नेपाली मिडया र कतिपय बुज्रुकहरु डा. बाबुराम भट्टराईलाई जीवनमा कहिल्यै दोस्रो नभएको (सधै पहिलो व्यक्ति) को रुपमा अनावश्यक प्रशंशा गरिरहेको छन । तर, उनीहरुको दिमागमा यो सुझेनछ की डा. भट्टराई पार्टीमा तेस्रो नेता हुन भने सोही पार्टीका दोस्रो प्रधानमन्त्री पनी हुन !
      21 hours ago · 
    • Aakriti Shrestha Finance minister huda pani, ani pahile nai yasto kam garya bhaye po mannu. hatti ko dekhune daat jastai hola. pm banna sath natak nai badhi.
      6 hours ago · 

2 comments:

  1. तर हाम्रो दिमागमा भने भर्खरै उर्जा मन्त्रि खुस्केका दिपक बिष्टले पनि मन्त्रिपद सकिने बित्तिकै .. ट्याक्सी मगाएर गएका थिए .. अब यिनलाई राम्रो गरे भनेर पुरस्कार दिएका बाउरमले यिनलाई मन्त्रि खान आउनुस, तपाइहरुजस्ताको खाँचो छ भनेर भन्न सक्छन की सक्दैनन भन्ने पनि लाइरा'छ ...
    के यिन्ले बिगतका राम्रा नीतिगत निर्णय गर्ने र स्वच्छ (धेरै हदसम्म) छवी भएका हरु समेटेर मन्त्रीमंडल बनाउन सक्लान् त (हुन त के सक्थे डनको सम्रक्षक गृहमन्त्रि भनेर अहिले नै मन्त्रिपरिषदको धज्जी उडिसक्यो .. )??
    के यिन्ले डेढ महिना अथवा १०० दिन मै उदाहरणीय परिवर्तन ल्याउलान (डेढ महिना पनि ७ वोटा मोर्चा फुटेर ७० वोटा नभए अनि समर्थन फिर्ता वा अविस्वासको खाल्डोले यिनलाई नपेले)??
    यी र यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर कुर्न हामीले यो दशैं/तिहार/छठ आदि मानेर ढुक्कले पर्खंदा हुन्छ .. भन्ने हामीलाई लाइरख्या छ ...

    ReplyDelete
  2. tara gadi chaddaima paribartin chai bhai haldaina tara aribartanko suruwat chai bhayeko pakkai ho...

    ReplyDelete

Please leave your comment here