Wednesday, August 3, 2011

नेपालमा कतिसम्म मन्त्री हुन सक्छन्

नेपालमा २७ मन्त्रालय छन्। भलै एकिकृत नेकपा माओवादीका अहिले १२ मात्र मन्त्री मात्र छन् र नयाँ ९ जना मन्त्रीले अस्ति सपथ लिए तर माओवादीले आफूले पाएको १२ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री गरी २४ जनाको नाम पठाएको थियो। सरकारमा सहभागी अरु पार्टी नेकपा एमाले, मधेशी जन अधिकार फोरम सहितकाले नि माओवादीकै मति अनुसार आफूले पाएको मन्त्रालयमा एक मन्त्री र एक राज्यमन्त्री पठाउने हो भने एक जना प्रधानमन्त्री सहित यो मन्त्रिपरिषद ५५ सदस्यीय हुने रहेछ।

अझ त्यसभन्दा पनि सहायक मन्त्रीको पनि संविधानमा व्यवस्था छ। अझै मन्त्रालयमा सहायक मन्त्रीहरु हुने हो भने नेपालमा मन्त्रीको संख्या ८१  पुग्छ।  त्यसबाहेक बिनाविभागीय मन्त्री पनि राख्न मिल्छ। नेपालमा पटक पटक बिना विभागीय मन्त्री बनाइएको छ। हाम्रो देशमा मन्त्रीको संख्या थप्न पनि मन्त्रालयहरु बढाउने गरिन्छ। मन्त्रालय टुक्य्राउने वा नयाँ मन्त्रालय थप्ने चलन नौलो होइन। पछिल्लोपटक जलश्रोत मन्त्रालयलाई टुक्रयाएर उर्जा र सिंचाइ बनाइएको थियो। जब धेरै जनालाई मन्त्री पद चाहिन्छ तब नेपालका दलहरुले मन्त्रालयको संख्या बढाउने गरेका उदाहरण छन्।

नेपालमा कुन कुन बेला कतिवटा मन्त्रालय थिए त। तलको तथ्याङ्क निजामति डटकमबाट लिएको हो।
२०५२ साल- २५ वटा
२०५३ साल- २७ वटा 
२०५७ साल- २२ वटा 
२०६३ साल- २३ वटा 
२०६५ साल - २७ वटा

अब राम्रा भनिएका कुन कुन देशमा कति मन्त्रालय छन् त ?

स्वीट्जरल्यान्ड-  ७
स्वीडेन-              १०
आयरल्यान्ड-      १०
रुस-                    १०
अस्टि्रया-          १०
स्पेन-                 १२
जापान-              १२
नेदरल्यान्ड्स-     १२
बेलायत-             १४
फ्रान्स-                १४
जर्मनी-               १४
अमेरिका-            १४



    • Kumar Rana Magar yesto nahola pani bhana sakinana dada
      Sunday at 11:50am · 

    • Bed Nath Pulami Janata r deshko laagi ladne bhanne le saptta kai laagi marer jaane bhae. Junai jogi aaye pani kanai chirieko ... Bhane jhai bho.
      Sunday at 11:59am · 

    • Tara Thapa Magar बिना बिभाग्यका भाग्यमानी मन्त्रिहरुका दाउ खुलेको छ चान्समा डान्स गर्न छुटाउनु हुन्न ............
      Sunday at 12:04pm · 

    • Deb Raj Sharma rajyako dukuti 6njel ramauna palkeka haru rajyamantri election garchhan ni....tehi mathi pa ko ta kurai 6odau darjan above 6n...nakura garau eniharuko dipak jee ki kaso....
      Sunday at 12:08pm · 

    • Dinesh Dahal bigreko desh ko bhatkeko chala bhaneko yehi ho
      Sunday at 12:18pm · 

    • Ramchandra Rajbanshi यो जुनीमा फेरी जनताबाट चुनिएर आउने चानस जुर्दैन भन्ने तिनलाई थाहा छ| ठिकै छ, अन्तिम पटक भागशान्ति मिलाएर खाओ !
      Sunday at 1:32pm ·  ·  3 people

    • Nirajan Nirakar desh khane chor nneta lae aru lutna deuna
      Sunday at 1:40pm · 

    • Rishi Gyawali K ko sarap pareko hola hamro desh lai........
      Sunday at 1:43pm ·  ·  1 person

    • Safal Ghimire दाइ ... अब परिवार नियोजनबाट अब मन्त्रालय नियोजनतिर लाग्नुपर्यो... अनि 'हम दो हमारे दो' भन्ने अवधारणा यतातिर लागू गराउनु पर्यो...
      Sunday at 1:51pm · 

    • Adhikari Hari मन्त्रालय नियोजन गर्न बिदेशी बजेट मगाउन पर्यो भन्ने हाम्लाई लाग्दै छ ....
      Sunday at 2:03pm · 

    • Ram Radha Ghimire आजको यो अवस्थामा त केवल ५५ मन्त्रि पाल्नु पर्ने रहेछ / भोलिको नेपालमा ( संघियतामा गए पछाडी ) १० प्रान्त भए ५५ x १०= ५५० जना र १४ प्रान्त भए ५५ x १४ =७७० जना पाल्नु पर्ने होला नि? एन केन नेपालीका छोराछोरीहरुले आफैले आफैलाई ऋणको भारी बोकाउदै छन् यी फटाहा नेताहरुको पछाडी लगेर.
      Sunday at 2:09pm ·  ·  2 people

    • गगने गंण्गने ‎: यो त सोझो हिसाब भयो! बिना बिभागिय र साहायक मन्त्री त अझै जोडियकै रहेनछ! उप्-प्रम पनि ३ वोटा त राख्न सकिनेनै रहेछ क्यारे!अझै परे प्रत्यक मन्त्रालयलाई मन्त्रा र लय गरि दुइवोटा बनाउन सकिने कुरा त हामि जनतालाई मात्र थाहा नभयको हो यी सत्ताटिकाउनेहरुले त यसै बिषयमा बिध्याबारिधी गरेका हुन्छन्! बरु देश् लुट्नुनै छ त यसो गर्दा कसो होला, "प्रत्यक पार्टीले मन्त्री भागबन्डा गर्ने फुलमन्त्री भएकोलाई राज्यमन्त्री दोश्रो पार्टीको दिने अनी सहायकमन्त्री तेश्रो अर्को पार्टीको दिने उप-प्रम सबै दर्ता भयका पार्टीलाई एक एक दिने जो स्वोतन्त्र सभासद छन् तिनीहरुलाई प्रम र उप्-प्रमको बीचको तह् हुनेगरि राज्य-प्रम दिने" अनित चुनाव सुनाब गराई रहनुपनी पर्दैन, तेसैपनी भोजराज अन्तै छाटीहालेक्यारे, देश् एसै चलिहाल्छ यिनीहरुको जागिर नमरुन्जेल लाई स्थायी गर्नुसममा त हो! हामि जनता के भो र यिनीहरुको काल कुरेर बसौला, गिरिजाको जस्तै क्या!
      Sunday at 2:58pm ·  ·  3 people

    • Rajkumar Pathak naya nepal maa k huncha ra hajur
      Sunday at 6:04pm · 

    • Shramdip Chaulagain mawobadi yo kurama ma aali aali aagadi dhekinchha
      Sunday at 7:55pm · 

    • Acharya Deepak pathaaye bhaigo ni ta
      Yesterday at 5:26am · 


No comments:

Post a Comment

Please leave your comment here