फेरि एउटा सपना सुनेर आइयो। काठमाडौंमा बसेर आफ्नो जन्म गाउँको विकासका कुरा गर्नेहरुले भने - एकिकृत विकास गरेर गाउँलाई देश, एसियाको होइन विश्वकै नमुना गाउँ बनाउनपर्छ। छलफल गर्नेहरु वर्षको एकपटक दशैमा गाउँ जादा हुन्, कुरा भने बिजुली निकाल्नेदेखि, अर्गानिक खेती गरेर अमेरिका पुर्याउनेसम्म, नदीमा र्याफ्टिङ गराउनेदेखि कुइरेलाई गाउँसम्म लाने कुरा गरे। काठमाडौं बस्ने अरु गाउँकाले नि शनिबार यस्तै छलफल गरेर दिन कटाउँछन् होला कि...
मोफसलबाट काठमाडौं आएर बस्ने धेरै जसो गाउँ, क्षेत्र र जिल्लाबासीको काठमाडौंमा अनेक नाममा सम्पर्क समाजहरु हुन्छन्। एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले जस्ता राजनीतिक दलका मोफसलबाट काठमाडौं आएर बस्नेहरुको आ आफ्नै भातृ सगठन पनि छ। माओवादीले गणतान्त्रिक मञ्च भनेर जिल्लाबाट काठमाडौं आउनेहरुलाई एकगठ पार्छ। काँग्रेसले सम्पर्क समिति र एमालेले सम्पर्क मञ्च भनेर जिल्लाबाट आउनेहरुलाई सगठित गर्छ।
काठमाडौं आएका कुनै गाउँ र जिल्लाकाले भने यी राजनीतिक संगठन बाहेक सामाजिक संस्था पनि खोलेर बसेका हुन्छन्। हामी नवलपरासीको पहाडी भेगबाट आउनेहरुले पनि कुनै राजनीतिक दलसँग आवद्ध नभएको नवलपरासी बुङ्गदी काली काठमाडौं सम्पर्क समाज बनाएर गाउँका लागि केही गर्ने प्रयास गरेका छौ। अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर लाने, केही विद्यार्थीलाई छात्रवृत्ति दिने, गाउँबाट विकास निर्माणका लागि र उपचारका लागि काठमाडौं आउने मध्ये आवश्यक भएकालाई सर सहयोग गर्ने काम गरेका छौ।
यसबाहेक गाउँमा विकास निर्माण कार्यका लागि केन्द्रमा लबिङ गर्ने काम पनि यसले गरेको छ। कहिलेकाही गाउँमा साँस्कृति कार्यक्रम र खेलकुद कार्यक्रममा आर्थिक सकलन गरिदिने र प्राकृतिक प्रकोप तथा अन्य कारणले आपद बिपदमा परेकालाई पनि समाजले सहयोग गर्ने गरेको छ।
समाजले बेलाबेलामा छलफल पनि गर्छ। यस्तै छलफलमा पुगेर आइयो शनिबार। त्यहाँ विकासका ठूलठूला योजनाका बारेमा छलफल भए तर तत्काल के गर्ने भनेर छलफल भएन। ठूला सपना नदेखी साना काम गर्न नसकिएला, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने त महाकवी देवकोटाले नै भनेका छन्। यस्ता ठूला आयोजना परियोजनाका सपना हुनु राम्रो हो। तर मलाई के लाग्छ भने कार्यक्रम बनाउँदा खेरी तीन खाले योजना बनाउनुपर्छ। पहिलो तत्काल गर्ने, दोस्रो केही वर्ष भित्र गर्न सक्ने र केही दिर्घकालमा गर्ने। कहिलेकाही यस्तो भेलामा दीर्घकालिन योजना मात्र बन्ने तर तत्काल के गर्ने भन्ने विषयमा छलफल भएन भने त्यसले कुनै उपलब्धि दिन्छ जस्तो मलाई लाग्दैन।

Shree Kantha Sharma Tyo ta thik ho ni dipak ji at least bullshit politics kura ta garenachan kam nagare ni akhir kura ta gare hahahh
Saturday at 7:24pm ·
Tara Thapa Magar गफ गर्न भासन गर्न, अर्कालाई उडाउन पछार्न घिसार्न माह्युर हामि आफैलाई गर्ब गर्न पर्छा यार
Saturday at 7:32pm ·
Chintan Sharma काम गर्न नसके (मन भए सकिन्छ) पनि गफ गर्न त पाउँछन् होला नि त यस्ता कुरामा के गलफत्ती गर्नु ? हाँस्नु पर्ने कारण धेरै छन् हा हा हा हा हा .......
Saturday at 9:00pm ·
Ramchandra Rajbanshi ए, यसरी गफ गर्ने जागरुक युवाहरु हामी मात्र भन्या त गफ गरेर आफ्नो गाउँ बनाउने अरु पनि रछन् !
Yesterday at 1:44pm ·
Om Thapa hamile (baglung galkote) ta smarika nikalna lageun hai. gaf ta hamro pani aspatal ra hydropower chalaune chha hai.
Yesterday at 2:23pm ·
No comments:
Post a Comment
Please leave your comment here