Tuesday, July 12, 2011

छोराको भविष्य विगार्न पाइदैंन

पार्टीका सबै नेताका छोराछोरी सरकारी स्कूलाँ पढाउन दबाब दिन क्रान्तिकारी अखिलका अध्यक्ष हिमाल शर्माले छात्रवृतिमा चिनमा डाक्टरी पढिरहेका आफ्ना छोरालाई फिर्ता बोलाएछन्।  छात्रवृत्तिमा विदेश पढ्न नि रोक्न खोज्या हो क्रान्तिकारीले? धाँधली गरेर छात्रवृत्तिमा छोरा पढ्न पठाएको हो भने अर्कै कुरा नत्र त्यसरी आफ्नो छोराको भविष्य विगार्न पाइदैंन।

विद्यार्थी संगठनको नामै क्रान्तिकारी भएकाले सोही अनुसार व्यवहार गरेर हिमाल शर्माले महान काम गरे भन्ने कतिलाई लागिरहेको पनि होला। तर के १९ वर्षे वयस्क छोराको मानवअधिकार शर्माले हनन गर्न पाउँछन्? कि नेताको छोरा हुनासाथ बाबुको राजनीतिका लागि छोराले बलि चढ्नुपर्छ। बाउ-आमा वेबकुफ भएर पनि संसारमा धेरैले जीवनमा गर्न सक्ने प्रगति गर्नबाट वञ्चित भएका होलान् है।

2 comments:

  1. युनिभर्सिटीमा छोराले "म त नेपालको माओबादीको नेताको छोरो" भनेर उपद्रो गर्यो होला.. अनि नेपाल फर्कान परे पछी "हामी यस्तो पनि गर्छौ" भन्ने देखाउने उत्तम मौका मिलेको हुदाँ, हल्ला मात्रै पिटेको हो जस्तो लाग्छ मलाई त.....

    ReplyDelete
  2. tapai ko tarak thik ho. yes barema yo artical pani ramro lagyo.
    http://www.nayapatrika.com/the-view/9304-%E0%A4%B8%E0%A4%B0%E0%A4%B2%2C-%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2-%E0%A4%B0-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2.html

    ReplyDelete

Please leave your comment here