Tuesday, April 5, 2011

अँग्रेजी नबुझेर INDIA नमेट्या त होइन होला..


यो फोटो चिसापानीमा रहेको कर्णाली पुल नजिकै खिचेको। 'भारत' को नाम र झण्डा जति कसले मेटाउन खोजेको भनेर त बुझिहाल्नुभयो। तर एक ठाउँको भारत (INDIA) चाहिँ बिर्सिएर नमेट्या हो कि? जानी जानी राख्या हो कि। बा अहिलेका प्रधानशत्रु भोलिका परममित्र हुन सक्छन् त्यसैका लागि भए पनि भारतको नाम एक ठाममा भए पनि राख्न पर्छ भनेर राखिरहेको हो कुन्नि...कि India चाहिँ अँग्रेजीमा लेखेको भएर नबुझेर नमेट्या त होइन होला।
राजनीतिमा कोही पनि सँधैको शत्रु वा सँधैको मित्रु हुँदैन भनेर त पढीआएको देखिआएको नै हो। फेरि माओवादीका कतिपय हिजोका शत्रु भनिएकाहरु अहिले मित्र भएका छन्। भारतीय कतिपय नेताहरुले माओवादीसँग सम्बन्ध सुधार गरिरहेका छन् भनेर समाचार आइरहेको छ। वा फेरि सम्बन्ध सुध्रेर बा भोलि माओवादीको भारत परम मित्र हुने हो कि कुनै दिन।


No comments:

Post a Comment

Please leave your comment here