Tuesday, April 5, 2011

मावली काकाले अब काँग्रेसलाई भोट हाल्दैनन्

अब मावली काकाले जीन्दगीमा काँग्रेसलाई भोट नहाल्ने भए। के के न बिपीको नामको अस्पताल भन्दै बिपी मेमोरियल अस्पतालमा गएर खुट्टा मर्केको उपचार गराथे। सात हजार ठटाइदिएछ। बिपी हुन् कि पुष्पलाल, मदन भण्डारी हुन् कि गणेशमान तिन्का नाममा अस्पताल, स्कूल खोल्नेले नाम मात्र तिनका बेचेका हुन् 'गणित'*  का लागि, सके अन्तभन्दा धेरै पैसा लिन्छन् भनेको टेर्‍याथेनन्... महाराजगञ्ज शिक्षण अस्पतालाँ गाभा हजार रुप‍ैयाँमै हुन्थ्यो होला... यसमा जनक जीको कमेन्ट सारै घत लाग्यो। यी नेताहरुको नाम बेच्नेले पैसा यति धेरै लिएका छन्, मानौं तिनले गरेको आम्दानीको केही हिस्सा ती दिवगंत नेताहरुलाई कमिसन दिन पर्छ....
*(गणित =  पद, पैसा, पावर र प्रतिष्ठा...  यति चार वटा शब्द किन खर्च गर्ने भनेर मैले 'गणित' शब्द प्रयोग गर्न थाल्याछु)


No comments:

Post a Comment

Please leave your comment here