Wednesday, March 23, 2011

भुत्रो गर्न काँग्रेसले प्रेस युनियमा निर्णय लादेको?

एक त पत्रकारहरु कुनै पार्टीको ठ्याक्कै भातृ संगठन भएकै चित्त बुझ्याछैन मलाई। भएन लउ तिन्को नेतृत्वसमेत तिनका नेताले तोकिदिने।

काग्रेसी नेताहरु अर्जुननरसिंह केसी, दिलेन्द्र बढु, मिनेन्द्र रिजाल तथा पत्रकाहरु हरिहर विरही, तारानाथ दाहाललगायतले नेपाल प्रेस युनियनको अध्यक्षमा किरण पोख्रेल, उपाध्यक्षमा बद्री सिग्देल र महासचिवमा शिव लम्साल भनेर निर्णय गरे अनि रामप्रसाद दाहाल, लिलाराज खनाल, खिला कार्कीलगायतका पत्रकारहरुले विरोध गरे भनेर सम्चार आयो। लोकतन्त्रको कुरा गर्ने काँग्रेसले भुत्रो गर्न पत्रकारहरुलाई चुनाव गर्न नदिएको? माथिबाट थुपारिदिएर हुन्छ यार नेतृत्व...


इटहरीमा भइरहेको प्रेस युनियनको नेतृत्व पाथीभरा गेष्ट हाउसमा बसेर नेताहरुले पदाधीकारी चयन गरेको रहेछन्।

काँग्रेस आफ्नै महाधिवेशनमा चाहिँ चुनाव भयो। अहिले आएर प्रेस युनियनमा चाहिँ माथिबाट नेतृत्व थुपारिदिने। चुनाव गर्न दिँदा के बिग्रन्छ काँग्रेसलाई ?

नेतृत्वमा आएका सबै साथीहरु हुन्। आदरणीयहरु पनि हुन्। जसले विरोध गरेका छन् तिनीहरु पनि साथी र आदरणीयहरु हुन्। तर मलाई यो पार्टी नेतृत्व पङ्कतिले भातृ संगठनको नेतृत्व यसले गर्ने भनेर तोक्ने अझ त्यो पनि आफूलाई प्रजातान्त्रिक पार्टी भन्ने र प्रजातन्त्रको एक मात्र ठेकदार जस्तो ठान्ने नेपाली काँग्रेसले गरेको कत्ति पनि सुहाएको लागेन।

लोकतन्त्रको कुरा गर्ने काँग्रेसले भुत्रो गर्न काँग्रेसी नै सही पत्रकारहरुमाथि निर्णय थुपारिदिएको...

No comments:

Post a Comment

Please leave your comment here