Tuesday, March 8, 2011

नारी दिवस - जुँगा चट ?

हिजोसम्म जुँगा राखेर अफिस आइपुगेका कमल
हिजोसम्म जुँगा राखेका कमल कुमार ले आज अफिस आउँदा जुँगा खौरेर आएछन्।  नारी दिवसको जय होस्....। जुँगा फालेपछि हिजोको जस्तो चमक मैले आज उनको अनुहारम देखेको छैन। (जुँगा फालेको फोटो तल छ)

लक्ष्मीप्रसाद देवकोटाको 'जुँगा' भन्ने निवन्ध मैले सानैमा पढेको थिएँ। त्यहाँ उनले जुँघालाई मर्दानापनको परिचय मात्र भनेका छैनन्, जुँगामा ताल लाउँदाको मजाको विषयमा पनि व्याख्या गरेका छन्। त्यसका साथै जुँघा नआउने महिलाका साथै केही जनजातिहरु प्रति पनि उनले सहानुभुति जनाएका छन्।

जुँगा खौरिएपछि आज अफिस आइपुगेका कमल
कमलले नारी दिवसकै दिन जुँगा फालेर आए पनि यो संयोग मात्र हुन सक्छ। तर जुँगा र नारीको कहिं न कहिं पक्कै सम्बन्ध छ। पुरुषले जुँगा राखेको प्राय महिलाहरुले नरुचाएको मेरो चाहिँ अनुभव छ। तपाइको के छ कुन्नि...  

5 comments:

  1. त्यसो चैँ के हो कुन्नी जुँगा delete गर्नु = १० वर्ष उमेर delete गर्नु झैँ हो रैछ कि जस्तो लाग्यो । जवान देखिन्छन् भनेर होला की ।

    ReplyDelete
  2. Undo garne ki Kamal ji. ananda

    ReplyDelete
  3. Kahile undo garne ta Kamal ji?

    ReplyDelete
  4. जे जे भे'नी मुलाई चै जुँगा न'भा फुटोनै मुन परो है :))

    ReplyDelete
  5. जुँगा निबन्ध देवकोटाको नभएर ह्रदयचन्द्र सिंह प्रधानको पो हो क्यारे

    ReplyDelete

Please leave your comment here