Tuesday, March 1, 2011

लोडसेडिङ त राजधानीमा पो धेरै रच

साला काठमाडौंलाई हेप्नु हेप्या रहेछन् नि मोफसलकाले भन्यो भने मार्चन होला। सुर्खेत आएसी थाहा भो यहाँ त लोडसेडिङ मुश्किलले दिनको ३ घन्टा हुँदोरैछ। एकजनालाई ईश्या व्यक्त गर्या धन्नै कुटेनन्- राजधानी सुर्खेत सार्नोस् हामी १४ घन्टा लोडसेडिङ सहन्छम् भने। मैले नि राजधानी अन्त सार्दिएर काठमाडौंमा नि दिनको ३ घन्टा लोडसेडिङ भए सहन्थेम् भन्दिएँ। साँच्चै काठमाडौं बाहिर लोडसेडिङ कम हुने र हुँदै नहुने ठामहरु धेरै छन् रे। तिन्का बारेमा जान्न पाए हुन्थ्यो। कोही कोही बसाई सरेर काठमाडौं अलिक हल्का हुन्थ्यो कि...

1 comment:

  1. चिया गफ त जस्तै गरे पनि भईहाल्यो तर बुझ्न थाल्ने हो भने झापामा २४ घण्टे लोडसेडिङ् छ । करेन्ट भएर के गर्नु भोल्टेज हुन्छ ९० वा धेरै गए १९० अनि कसरी पकाउनु भात कसरी चलाउनु कम्पूटर ।

    ReplyDelete

Please leave your comment here