Saturday, February 26, 2011

नयाँ बसपार्कमा 'डोरीलाहुरे'


नयाँबसपार्क तिर गाको एउटा नयाँ शब्द सिकियो आज 'डोरीलाहुरे'। आरप, मलेसियातिर गर आउनेहरुले टेलिभिजन वा सुटकेसलाई डोरीले बाँधेर ल्याएका हुँदारैछन्, त्यसैभर तिनलाई 'डोरीलाहुरे' भनिदो रहेछ। एक गाउँले डोरीलाहुरे दाजुले अलिकति चर्तिकला नि देखाए जब्बरजस्ति क्याबिन रेष्टुराँ छिराए, तीन बोतल बियर, एउटा जुस र दुई प्लेट सुकुटीको २५ सय तिरे, एउटी कालीलाई चिमोटे क्यारे...तोरीलाहुरे र डोरीलाहुरे उस्तै हुन्छन् कि के हो ?

बिचरा विदेश गएर अलिकति कमाएर ल्याएको जतन गरेर खर्च गरे त हुन्थ्यो नि। त्यस्सै उडाउन खोज्ने नि। सम्झाउन खोज्दा उल्टो गाली खाइयो, 'कमाएर क्यार्छस् तैंले' भन्दै। दाजुले भने 'विदेशमा दाइले कमाएर ल्याएको छ, एक दिन तलाई खुवाउन पाउन पाउँदा मलाई खुशी लाग्छ भने किन त्यो मौका दिन्नस्?'

नयाँ बसपार्कमा यी डोरीलाहुरेहरुलाई पाकेट निफन्न अजिगंर झैं आँ गरेर बसेका थुप्रा रहेछन्। बिचराहरुले अलिकति कमाएर ल्याएको पैसा पनि यही बसपार्क तिरका क्याबिन, दोहोरी र गेस्टहाउसमा सक्छन् जस्तो छ। त्यतातिर एकछिन बस्दा देखेको। 

हामी छिरेको रेष्टुराँमा पाँच जना केटीहरु देखें थिए। तिनीहरुको मेकअप नै कत्ति चित्त बुझेको थिएन। दाइको बियर गिलासमा खाली हुनै दिएनन्।  एउटी काली केटी  दाइ सँगैको सिटमा बसेर उसले पनि एक बोतल जती बियर पिई क्यारे। अनेक भाव भंगीमा दाइलाई जिस्काएकी थिइ। 

दाइलाई छिटो निस्किउँ भनेको मानेनन्। एक बोतल बियरकै ५ सय तिरे जस्तो लाग्यो उनको तिरेको बिल र हामीले खाएको खाना हेर्दा। 

No comments:

Post a Comment

Please leave your comment here