Friday, February 25, 2011

बाहुनीको बर्तुन


महिला समान अधिकारको लागि भन्दै धादिङाँ १६ वर्षीया शुसीला धमलाको आज तीन भाइसँगै ब्रतबन्ध गराइदिएछन् उन्का बाउले। नबुझेको नि यो ब्रतबन्ध केटाहरुले नि नगरेर अथवा केटाहरुलाइ नि नगराएर  महिलासँग समान हुने कि सबैलाई ब्रतवन्ध गराएर समान हुने। गाउँका पण्डीत बाले यो कुरा सुनेमा पक्कै कलियुग लाग्यो भन्छन् होला भन्या त झन् पण्डित बा महिलाको नि ब्रतवन्ध हुन लागेकोमा खुशी पो भएका रहेछन्।
'व्रतबन्ध नगर्ने कुरा गरेर हामी बाहुनहरुको पेशालाई थप स‍कटमा पार्ने' भनेर पण्डित बा जंगिदै कराए 'अब समान हुन जनजाति, दलित र महिलाहरुको नि ब्रतबन्ध गराउन पर्छ।' लउ जस जसको जे जे मन छ गरे हुन्छ। कलीयुग लाएकै छ के रे..
मनमा उठेको कुरा सुशीलाले बर्तुन त गरिछन् यिनले जनै चाहिँ कहिलेसम्म लाउलिन् त नि...

व्रतबन्ध भएको चाहिँ धदिङको साङ्कोष गाउँ विकास समिति वडा नम्बर ५ रानीबनकी १६ वर्षीया शुसीला धमलाको रहेछ। महिला पनि पुरुष सरह सक्षम छन् र महिला पुरुषबीच भेदभाव हुनु हुँदैन भनेर आफूले ब्रतबन्ध गरेको धमलाले बाताएको अनलाइन खवरको समाचारमा उल्लेख छ। आफ्नो ब्रतबन्धले नारी पुरुष समानताको दिशामा सकारात्मक प्रभाव पर्ने धमलाको विश्वास छ रे।

उनका बुबा मोहनप्रसाद धमलाले पनि छोरा र छोरीबीच आफूले कुनै भेदभाव नगर्ने भन्दै छोरीको इच्छा अनुसार ब्रतबन्ध गरिदिएको बताएका रहेछन्।




    • Bipin Bimali Aba chai manchhe baulauna thalechan vanne hamlai lairachha..
      26 minutes ago · 

    • Ananta Koirala सुझ्नु न बुझ्नु टुँडिखेलमा कुदनु' भन्ने नेपाली उखान सहि नै हो। अग्लो र होचोलाई समान बनाउन अग्लो मान्छेको खुट्टा काटनुको विकल्प नदेख्नु जस्तै ठ्याक्कै!
      20 minutes ago · 

    • Prakash Koirala लोकतन्त्र गुम्न लागो भनेर फलाकेको दाई ले सुन्नु भएन छ जस्तो छ ।
      20 minutes ago · 

    • Chintan Sharma वुझ्नुपर्ने कुराको महत्व नवुझेपछि समाजमा अनेक घटना-परिघटनाहरू देखापर्दछन् ।
      11 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here