Friday, February 11, 2011

झल्लु को प्रचण्ड, झलनाथ कि दीपक

प्रचण्डले अस्ति - प्रधानमन्त्री छोड्ने हुम् हामी, जाबो कुनै एउटा मन्त्रालयका लागि अड्डि लिन्नम' भनेको यही आँखाले टिभीआँ हेर्याझैं र कानले सुने झैं मान्छु। तर गृह मन्त्रालय नपाएसी सरकारमा नै नजाने भनेर हिजो माओवादीले निर्णय गरेछन्। चुनाव हारेकालाई मन्त्री बनाउन्न भनेको पाँच दिनपछि झलनाथले दुई जना पराजितलाई नै मन्त्री बनाए। हैन मैले बुझ्न नसकेको कुरा नि, झलनाथको संगतले प्रचण्ड झल्लु भा कि प्रचण्डको संगतले झलनाथ झल्लु भा हुन् ? कि नेपाली नेताहरुको यत्रो संगत गर्दा नि नेताले भनेको कुरा गर्दैनन् भनेर नबुझेर, बोलेको पुर्याउलान् भनेर पत्याएर बस्ने म पो झल्लु भा हुम्....

(बोलेको कुरा नपुर्याउनेलाई झल्लु भन्न पाइएला नि। अघि स्टेटसमा त ठोकेर लेखिहालियो 'झल्लु को भनेर'। फेरि कानून लाग्ने हो कि भन्ने डर छ। आजभोलि के के नयाँ नयाँ कानून बनाइराछन्। फेसबुकाँ नि कसैको चरित्रहत्या गर्ने गरी लेख्न नपाइने छ रे। मैले त नेपाली वृहत शब्दकोषमा हेरेर लेखेको हुँ है। झल्लु - (विशेषण) बोली वा बानी बेहोराको ठेगान नभएको।)

1 comment:

  1. हामी नै झल्लु हौ दाजु,यत्रो हुदा पनि नचेत्ने ,अब ईजिप्ट तिर जस्तै सुरुगर्न पर्छ जस्तो छ ,

    ReplyDelete

Please leave your comment here