Sunday, January 16, 2011

अब कसरी को हुन्छ प्रधानमन्त्री

राष्ट्रपतिले दलहरुलाई सहमतिको सरकार निर्माण गर्न भनेर सात दिनको म्याद त दिए। तर अबको साता दिनाँ सहमतिको सरकार बन्दैन। सरकार नबनेपछि राष्ट्रपतिले संसदलाई सरकार बनाउन भनेर पठाइदिन्छन्।

संसदमा यसपटक पनि प्रधानमन्त्रीका लागि ३ जना जतिले उम्मेदवारी दिन्छन्। ती मध्ये कसैले पनि बहुमत ल्याउँदैनन्। अनि फेरि निर्वाचनको अर्को मिति सभामुखले तोक्छन्। त्यो बेलामा बढी मत ल्याउने दुई जना मात्र उम्मेदवार हुन पाउँछन्। धेरै मत पाएका दुई जना बीच मात्र उम्मेदवारी पर्दा दोस्रो पटकको निर्वाचनले प्रधानमन्त्री पाउँछ।


पहिलेजस्तो अहिले कोही पनि तटस्थ बस्न पाउँदैन र स‍सदमा अनुपस्थित हुनै पर्ने भए पनि त्यो कारण खुलाएर सभामुखसँगबाट स्वीकृति लिनुपर्छ। अहिले त ६०१ सा‍सद छैनन्। त्यसैले जसले ३ सय मत पाउँछ। उही प्रधानमन्त्री हुन्छ।

अब तीन सय मत पाउने संभावित को हुन सक्छ त।

प्रधानमन्त्रीका दाबेदारका रुपमा एकिकृत नेकपा माओवादीबाट प्रचण्ड, हुनसक्छ बाबुराम भट्टराई पनि, नेपाली काँग्रेसबाट शेरबहादुर देउवा वा रामचन्द्र पौडेल र नेकपा एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिनेछन्।

माओवादीको संस्थापन पक्षले भारतको विरोध जस्ले गर्छ त्यसैलाई प्रधानमन्त्री जिताउने भनेकाले देशको ३४ औं प्रधानमन्त्रीमा धेरै संभावना झलनाथ खनालको छ किनभने उनीहरुले बाबुराम भट्टराई र रामचन्द्र पौडेललाई भारतीयको समर्थन प्राप्त भनेर देखाउने प्रयास गरिरहेका छन्। प्रचण्ड र शेरबहादुरलाई आफ्नै पार्टी भन्दा पनि बाहिरबाट अप्ठेरो छ।

(दीपक भट्टराईको भविष्यवाणी हो। मिले मिल्छ नमिले मेरो बाउको केही जान्न...)


    • Adhikari Hari जस्ले प्र.म लिन्छ उस्कै घर मा नेपाली को पसिना जान्छ ...
      7 hours ago · 
    • Arjun Nepal Sindhupalchok Ho, kuro, Deepakjko.
      7 hours ago · 
    • Rajen Subedi सरको भविस्यवाणी ठिक वा बेठिक हो यो थाहा पाउन अब को प्रधानमन्त्री निर्वाचन कुर्नै पर्छ । ठीक होइन रहेछ भने जान्या छम हाम्ले नि
      7 hours ago · 
    • Yadav Bhattarai राष्ट्रियता को खोक्रो नाराले मात्र देश बन्दैन। अब पालो आर्थिक क्रान्तिको। अब पालो बाबुराम भट्टराईको।अब सरकार राष्ट्रिय सहमती को :) #Nepal
      7 hours ago ·  ·  2 people
    • Gaurab Luitel दिपकजी, तपाईँको भविष्यवाणी त जल तथा मौसम बिभागले गरेको पुर्वानुमान जस्तो भयो नि - आज कि त पानी पर्छ , कि त घाम लाग्छ ।

      यति त जस्ले भन्दिन सक्छन् नि हौ । अलि नयाँ कुरा गर्नुस् न ।
      3 hours ago via Facebook Mobile ·  ·  1 person


No comments:

Post a Comment

Please leave your comment here