Thursday, December 16, 2010

दाइँमा...

गाउँघर डुल्दै गर्दा, तनहुँको पुरकोटमा एकजना किसान बासँग भेट हुँदाको फोटो।(फोटो : विद्या चापागाई)
धेरै वर्ष भयो दाइँभात नखाएको,
परालमा लडिबुडी नखेलेको,
दाइँमा गोरु धपाउँदै गर्दा गोरुले गोब्य्राएको गोबर परालले पोको पारेर नफालेको,
लुँडा बेरेर परालको भारी नबोकेको,
टौवा नजिक भारी नबिसाएको...

Lohsirk Po एकाबिहानै उठेर गोरु बटुल्न गाँउ चाहारेको.. कतिको गोठमा पुग्दा गोरु त अर्कैले लगी सकेको... मियोमा राखेको बहरले छेउको गोरुलाई मारेको (हानेकोलाई पनि मारेको नै भन्चम हाम्रा तिर).... धान चुटेको, बाफ उड्दै गरेको तात्ततो कुन्यो माथी बसेर चिया पिएको.... परालको लुडा पार्ने बेलामा २-४ वटा ढुङ्गा लुडोमा हाल्देको.....



No comments:

Post a Comment

Please leave your comment here