Tuesday, August 13, 2013

साइरन बजाउँदै ट्याक्सीमा

नर्वेली प्रधानमन्त्रीको नक्कल गर्दै नेपाली नेताहरु प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल, शेरबहादुरहरु देउवाहरुले पनि जनमत बुझ्न भन्दै ट्याक्सी चलाए भने कस्तो हुन्छ होला भनेको, कतारका साथी शिखर वैद्यले थपे, नेपाली नेताहरुले ट्याक्सी चलाए भने त अघि पछि राता बत्तीको सुरक्षामा टेक्सी कुद्ला । सुरक्षा घेरा भित्रको ट्याक्सीमा हिड्न पाउँदा - कत्ति रमाईलो हु्न्थ्यो होला।
(नर्वेका प्रधानमन्त्री त्यहाँका मतदाताको भावना बुझ्न एक दिन ट्याक्सी चालक भएको समाचार आएपछि)
Like ·  · 
  • Gajendra Budhathoki वाइसेल, युथफोर्सका घेराचैं बिर्सनु भो
  • Bishnu Rijal Dipakji, I have heard this joke some days before. It they drive a taxi, you won't get to hire it. सरकार रेग्मीलाई बुझाइसकेपछि बेरोजगार भएर एकपटक प्रचण्ड, सुशील, झलनाथ र गच्छदारले ट्याक्सी व्यवसाय गर्ने विचार गरेछन् । एउटा ट्याक्सीबाट सुरु गरौं भनेर उनीहरुले नयाा मोडलको ट्याक्सी किनेछन् । तीमध्ये प्रचण्डलाई चाहिं चलाउन आउादोरहेछ । तीन महिनासम्म पनि ट्याक्सीले एक रुपियाा फाइदा त कता हो, कता, घाटा मात्रै गरेछ । यतिका ट्याक्सीले फाइदा गरेका छन्, यसले चाहिं किन घाटा मात्रै गर्‍यो भनेर हेर्दा त बल्ल तथ्य पत्ता लागेछ– प्रचण्डले के पो गर्छ भनेर बाँकी तीन जनाले दिनभर पछाडिको सिट छोड्दा रहेनछन् । तीनै सिट प्याक भएपछि कहाँबाट चढोस् यात्रु ?
  • Gajendra Budhathoki हेहेहे, विष्णु दाइ सेयर गरे है
  • Bishnu Rijal Vaihalchha ni Gajendraji
  • भोला कोइराला माकुने र केपी दाजु पनि बेरोजगार भए है पत्रकार कामरेड महोदय
  • Padam Bandhu Pokhrel Nepali netaharule testo haisiyat rakhdainan. Uniharulai taxy hoina desh chalaunu chha tei pani back gearma.
  • Keshab Poudel Prachanda and his party is renowned for propaganda.This also is only a part of propaganda nothing else.

No comments:

Post a Comment

Please leave your comment here