Monday, August 12, 2013

प्रचण्ड र रामचन्द्र पौडेलबारे नयाँ कुरा (भ्रामक?)

चक्रपथ परिक्रमा गर्ने बसमा सामाखुशीबाट सानेपासम्म आउँदा यात्रुले गरेका दुई गफ।
क) प्रचण्डको ससुरा त क्रिश्चियन रहेछन्। क्रिश्चियनिटी बढाउन ठूलो रकम उनको हातमा आउँदो रहेछ। त्यसैको डिजाइनमा सबै कुरा भइरहेको छ।
ख) रामचन्द्र पौडेलले बै‌कमा पैसा राख्दैनन् अख्तियारले थाहा पाइहाल्ला भनेर। काठमाडौं र तनहुँका धेरै फाइनाइन्स कम्पनीमा दुई/चार लाख, दुई/चार लाख रुपैयाँ जम्मा गरेका छन्। फाइनाइन्सको सबै खाता त कसले पो हेर्ला भनेर।
पैसा नभएर हैन है, मैले मोटरसाइकल/गाडी नचढेको। बसमा नहिंडे यस्तो गफ कहाँ सुन्न पाइन्छ र? (के गर्नु अंगुर अमिलो छ भनेर चित्त बुझाउनै परो)

Like ·  · 

  • Shyam Ghimire · Friends with दूर्जेय चेतना and 4 others
    hahah jasri birdflue ako tesri nepalka neta haruma swunflue aaya hunthyu ni....
  • Sunita Giri inside the head of a journalist !
  • Saroj Dhakal ani ramchandra Poudel saga pani ta paisa nabhayera akhatiyar nalage ko haina ni ta!
  • Saroj Kshetri · 64 mutual friends
    पोहोर एउटा माओवादीको नेताले डिसेम्वरको पहिलो हप्तामा मै क्रिसमसको शुभकामना दिएको देखेको थिए फेसवुकमा,,,यति धेरै हतार त्यो पनि माओवादीलाई किन रहेछ भनेको त यस्तो पो रहेछ चाला.....
  • Jagadish Pokharel · 31 mutual friends
    हैन नेपालको मिडियाहरुले किन यतो साह्रो नाङ्गोपन प्रस्तुत गरेका होलान भन्या? देशको राष्ट्रपति भोटो देखाउने जात्रामा सहभागी हुन्छन, छापा पत्रपत्रिका/अनलाइन न्युज साइटहरु अनि अन्य मिडियामा पनि सकारात्मक समाचार आउछ । दशैंको टिकाको दिनमा दुनियालाई टिका लगाईदिन्छन, ठुलो ठुलो फोटो छापिन्छ । नेताहरु अनेक मन्दिर घुम्छन कसैको टाउको दुख्दैन ।.
    अनि अहिले आएर चुनावको मुखमा एउटा नेता भोट माग्नको निम्ति क्रिश्चियनहरुकोमा जाँदा किन यति साह्रो टाउको दुखाइ? के क्रिश्चियनहरु यो देशका जनता होइनन? के उनीहरुको चाही मताधिकार छैन र? के कुनै पार्टीको नेता चर्चमा जादैमा अनिष्ट नै हुन्छ? मलाइ थाहा छ: भोलि कांग्रेस वा एमालेका नेता पनि त्यहाँ गए भने त्यस्तै प्रार्थना गरिनेछ उनीहरुको निम्ति । किनकि क्रिश्चियनहरु यो देशलाई असफल देश होइन, समुन्नत देश भएको देख्न चाहन्छन । हामि सबै मिलेर अगाडी बढेको नेपाल चाहन्छौं । म एउटा क्रिश्चियन हुँ तर माओवादी होइन । मैले माओबादीलाई भोट हालौंला भनेर सपनामा पनि सोचेको छैन । तर अब निश्चित भए हुन्छा नेपालका राजनीतिक दल र तिनका दलालहरुले यदि फेरि हिन्दु राष्ट्र फर्काउने षड्यन्त्र भयो र धर्मनिरपेक्षताको घांटी न्याक्ने काम भयो भने जसले आफ्नो मुद्दामा समर्थन गर्छ, तिनैलाई भोट हाल्नै पर्छ हामीले । चाहे त्यो माओवादी होस् वा संघिय समाजबादी वा अन्य कुनै ।.
    फेरि मेरो अनुरोध: चुनावको प्रचारको निम्ति गएका हुन महरा चर्चमा अन्य कुनै कामको निम्ति होइन, क्रिश्चियन चर्चमा गैसकेपछि त्यहाँ प्रार्थना गरिनु पनि नौलो कुरा होइन, प्रार्थना क्रिश्चियनहरुको हतियार नै हो । त्यसैले यस्तो सामान्य कुरोलाई यसरि अनलाइन मिडिया मार्फत हाउगुजी बनाउने काम नगरौं ।.
  • Khagen M. Kerung Yakthungba ma Pashupati ko mandir 1 mahina ma ekpatak jaanchhu, Baudha ko Gumba ma pani barambaar jaanchhu... Saathivai harusanga Church pani jaaanchhu...... Kirat mandir pani jaanchhu.... La bhannuhos ma kun dharma ko maanchhe ho??? ma sabailai baraabar maanchhu..... tara Nepalma yati bighna kina tauko dukheko hola hami Hindu haruko???? Neta josukai le vetos hamilai k matlab? ke Church ra Christian harulai vetdai ma Christian vainchha??? ke Gumba gaiyo vandaima Buddhist vainchha ta???? .........
  • Ramesh Sapkota · Friends with Ekal Silwal and 472 others
    म हिन्दु धर्मको कट्टर समर्थक होइन । तर, क्रिश्चियन झन् हुँदै होइन । तर, मैले बुझेको कसैलाई हिन्दु बन्न प्रभाव पारिदैन । कोही बने पनि स्वेच्छाले बन्छ । तर, प्रभाव देखाएर क्रिश्चियन बनाइन्छ । कोही जाने बुझेर स्वेच्छाले बने भने आपत्ति मान्नु पर्दैन ।
    August 12 at 1:52pm via mobile · Like · 1
  • Tek Raj Bhandari · 345 mutual friends
    Wa ! sachhai ho ra ???
  • Shrawan Bomjan · Friends with Sarju Rijal and 6 others
    सोच,र चेतनाको तौलमा भर पर्छ, सुनेको रे को कुरा त धेरै हुन्छ, चिया, पसलमा भेला भएर गरिने कुराहरुलाई यसरि रोचक बानाइन खोज्नु पनि अलिक ठिक होइन । कुनै पनि तरिकाले नेपालि इसाइहरुलाइ राजनीतिक शैलीमा गाबेर असर पुर्याउन खोज्छ भने त्यो पनि गलत नै हो । तर अब निश्चित भए हुन्छ नेपालका राजनीतिक दल र तिनका दलालहरुले यदि फेरि हिन्दु राष्ट्र फर्काउने षड्यन्त्र भयो र धर्मनिरपेक्षताको घांटी न्याक्ने काम भयो भने जसले आफ्नो मुद्दामा समर्थन गर्छ, तिनैलाई भोट हाल्नै पर्छ हामीले । लाखौ लाखको सख्यामा रहेको नेपालि ख्रीष्टियानहरुको आखा, आजको राजनीति माथि डुल्दैछन् भन्ने कुरापनि ...तपाइहरुले नभुल्नुहोला - हामि तपाइहरुलाई पनि हेर्दै छौ । ........
  • Navin Khatiwada हाहाहा हास्नु पर्ने कारण धेरै छन् ......
  • Jenish Rai ha ha aha aha aha aha aha हामी मानिसको सोच पनि मानिश जस्तै हुन्छ| हैन के प्रभाब देखायो?यो दुनियाँमा सानो कोहि छैन,जो कि मिठाई देखाएर फकिने! हैन आफ्नो जिन्दगी जिउनु आफैले होईना र?नकी कसले हामीलाई दिएको छर?अआज्को युगमा प्रेम सेलाएर गएको अनि जो प्रेम गर्नु जान्दैन उसकै मन मनितो गरेको कारण त्यहँ बाट फरक है भन्दै भन्नेलाई किन दोष नि हौ?
  • Krishna Raj Pandey Typezone पधेरे कुरा
  • Rajesh Ghimire सहि हो ! पैसा नभएर हैन है, मैले मोटरसाइकल/गाडी नचढेको। बसमा नहिंडे यस्तो गफ कहाँ सुन्न पाइन्छ र? (के गर्नु अंगुर अमिलो छ भनेर चित्त बुझाउनै परो)
  • Khagen M. Kerung Yakthungba @Ramesh Sapkota jyu... प्रभाव पार्न सक्ने कला पनि हुनुपर्छ/ यसरि प्रभाव पार्न नसकेर त हो पहिले पृथ्वी नारायण शाह र रानाहरुले जबर्जस्ति एक भाषा एक संस्कृति को नियम लागु गरेर सबै नेपालीहरुलाई एउतै धर्म मान्ने बनायो/ जो जसले एउतै धर्म मान्दैनथ्यो त्यसको या त हत्या गरिन्थ्यो कि त देश निकाला गरिन्थ्यो/ यसको साक्षिहरु अहिले को बुडापाका हरु पनि छन् / कमसेकम अरुहरुले यस्तो त गरेनन /.
  • Denish Poudyal christian haru sanga paisa xa majjale prabhaav paardaxan ni Hindu sabai garib xan k praabhaav paarxan.???dharma ko prachaar chai nagarnuni---Hindu haru pani Islam jasto hunu parne ekdum kattar...ani dekhthey saaley dharma prachaarak harley
  • Keshab Poudel These are all time passing gossip which has no sound justification.

No comments:

Post a Comment

Please leave your comment here