प्रधानमन्त्री जनताकोमा बस्न गएकोमा मलाई त रमाइलै लाइराछ। तै पनि एउटा सल्लाह, बाबुराम जी तपाई गरिब किसानकै घराँ जन्मेको हुँ भन्नुहुन्छ। गरिबको स्थिति कस्तो छ भनेर जान्न तपाईलाई गरिबका घरैमा गएर बस्न पर्छ झैं मान्दिन। बरु यसो धनीका घराँ घुम्नु, बस्नु। हामी गरिबलाई नि तिनै धनीको जस्तै व्यवस्था गरिदिनु। गरिबकाँ मात्र डुल्दा डुल्दा तपाईंले त अलिअलि भाकालाई त्यस्तै बनाइदिनुहुन्छ कि भन्ने डर भो।
- Utpal Raj Misra, Om Sharma, Manish Shrestha and 223 others like this.
- Uttam Babu Shrestha प्रधानमन्त्रीले अहिलेसम्म घुमेका गाँउहरु, बास वसेको घरहरुमा तपाईहरु जस्ता पत्रकारहरु एकपल्ट गएर प्रधानमन्त्रीको भ्रमणपछिको (केहि महिनामा) के फरक भएछ ? भ्रमणले सामाजिक रुपमा केहि परिवर्तन ल्याएको छ या छैन । वास वस्ने घरका मान्छे वा सिंगो गाँउलाई प्रमको भ्रमणपछि समाजले हेर्ने नजरमा परिवर्तन आएको छ, छैन । बुझेर एउटा रिपोर्ट तयार पारे भ्रमणको बास्तविक प्रभाव हेर्न सकिन्थ्यो । सायद उपलब्धी विहीन भएको निश्कर्ष दिएमा उनले भ्रमण नै रोक्थे कि ? उनको भ्रमणको निष्पक्ष फिडव्याक दिने त मिडियाले नै त होला । मैले अहिलेसम्म यस्तो रिपोर्ट पढ्न पाएको छैन ।
- IamBe Kas यी सबै बाबुरामका नाटक मात्र हुन् | भुक्ने कुकुरले टोक्दैन र गर्जिने बादल बर्सिदैन भन्ने सबैले सुनेको होला |
No comments:
Post a Comment
Please leave your comment here