चार वर्ष यता तीजको दर खाने दिन सबैभन्दा मन नपर्ने दिन मध्ये एक हो मेरा लागि। ससुराली नजिकै घर बनेदेखि दरमा आफ्नो चेलीसँगै बोलाउँछन् ससुरालीबाट। जति जान्न भनेर बस्दा नि सुख पाउन्न। 'कहाँ एक्लै' भन्दै घरै लिउन आउँछन्। कि गाउँमा बाबुआमासँगै बसेको भए आनन्द हुनेरहेछ। 'जान्न' भन्यो भने, 'एक्लै किन घर बस्ने' भन्दै बुढी पनि ठुस्सिएर हैरान पार्छे। जाम 'श्राद्धको सालो तिजको ज्वाईँ' भन्ने उखान सम्झेर साह्रै आत्मस्वाभिमान गिह्रे जस्तो लाग्छ।
- Sansar K.C., Dharmaraj Adhikari, Pragya Dhungana and 188 others like this.
- Aswini Koirala दीपकजी, बुहारी पनि छोरी नै हुन् भन्ने मान्छेले ससुरालीलाई पनि आफ्नै घर भन्न सक्नुपर्छ । जवसम्म पुरुषले ससुरालीलाई आफ्नो घर जस्तो फिल गर्दैनन्, नेपाली सासुहरुले पनि बुहारीलाई आफ्नी छोरी ठान्दैनन् कि
- रमेश कश्यप दीपक जी! अाफ्नो समस्याको बारेमा एकपटक भाउजूसँग खुलेर कुरा गर्ने हो कि । दशैंमा चाहिँ भाउजुले यहाँसँग खुलेर कुरा गर्नु भो भने माइन्ड नगर्ने सर्तमा है ।
- Dipak Bhattarai Diwakar Gnawali mero sochai ma daya dekhaunu vako ma dhanyabaad. Maile aru din hoina, yo teej ko bela jane sasuralilai liyara vaneko hun.
- Meg Thada sanshkar ra sanskritee le j jasto bhaneni aaja jhariko din daro dar khanu la khubbai bhane teeje joi bhanlan
- Binod Neupane कुरो पड्दा बानी परि सकेको देख्यो भैरे ले ; फुत्कीने हजार दाउ हुन्छन । मौका हो हान्नुस् न चोउका मा ; सबै का ससुराली नगीच हुँदैनन त , पो भन्छ भैरे ?
- Yuvraj Acharya Sir, najane bhane pachhi nagaye bhai halyo ni. Basna sughdai jhyal bata jwai le herepachhi sasurali ko man manchha ta na bolai?
- Krishna Raj Pandey Bhane pachhi yahako Sasuralima "SALEE" rainchhan ..... Sali nabhako sasurali pani ......................
- Susheel Bhattarai होइन हो बन्धु, यस्तो खतरा स्टाटस त ससुराली पक्ष र भाउजुले पनि पढ्नुहोला नि, यो स्टाटसकै कारण ससुराली आवतजावतमा नाकाबन्दी लाग्न सक्ने प्रबल सम्भावना छ है...मिलाएर गर्नुस्....जे भए पनि आत्मस्वाभिमान चाहिँ नमार्नुस् है.......
- Pradip Bagale दीपक जी,
मलाई पनि धेरै कर गरेर दर खान बोलाएका थिए, तर म त गइन है । पहिलो पटक नगएपछी अर्को पटक देखि बोलाउंदैनन । टन्टै खत्तम । - Purushottam Bohara दिपक जी, तिजमा ससुरालीगएर जत्ति हसुरे पनि हुन्छ लाज मान्नु पर्दैन !! उखान यस्तो हो " श्राद्धको सालो,तिहारको ज्वाँई" जस्तो लाग्छ मलाइ त ।
- Sheila Chhetri ससुराली पनि आफ्नै घर ठाने केहि फरक त पर्दैन त्यहि पनि यहाँ आत्मस्वाभिमानको कुरा गर्नु भा छ खान बोलाए भन्दैमा आफ्नो मनले नमानी नमानी लाजै नमानी खानु पनि त भएन । सबैको एउटै मन हुन्छ भन्ने छैन् । ससुरालीको कर्तव्य बोलाउने हो अब जुवाई चेलालाई जानै मन छैन् भने ससुरालीले पनि जबरजस्ती नगरि दिए हुने हो ।
- Krishna Basnet Bhagya यतिको मिलाएर स्टाटस ठोक्ने त्यसमा पनि पत्रकार जस्तो मान्छेले स्वाभिमान नै गिर्ने गरि यो दिन ससुराली जानबाट पनि त मिलाएर टार्न सकिन्छ नि यो त आफ्नो व्यवस्थापकीय कुरा हो नि हैन र मित्र ???
- Dikendra Dhakal स्वाभिमानको अर्को आयाम ! राष्ट्रिय स्वाभिमान छिमेकी राष्ट्रबाट खतरामा, आत्मस्वाभिमान ससुरालीबाट !!
No comments:
Post a Comment
Please leave your comment here